A Global Networks Of Nepal And Nepali People!Online Forum,Movies,Songs,Games,News,Nepali Chat,Ecards And Much More Entertainments....

Lekali.com Presented you by SpaceNepal.com स्पेसनेपालको नौलो प्रस्तुती….

लेख,रचना,साहित्य,समाचार,गीत,गजल,कबिता आदी इत्यदि।।।

नेपालीमा लेखने जागँर चलेको छ । किन ? कसरी ? थाहा छैन ।
शायद थाहा छ, तर म भन्न चाहन्न । हा हा हा किनभने भन्ने कुरा पनि केही छैन । त्यसैले आजको योजना हो: दिल खोलेर मातृभाषामा गन्थन गर्ने । मनमा जे आउँछ्, कागजमा उतार्ने ।

गाउँको बास छ र बिजुलीको कुनै भरोसा छैन । त्यसैले एउटै काम दुई पटक गर्नु रहर नभएर वाध्यता हो । कहाँ बाट सुरु गरौँ त हाम्रो प्रेम कहाँनी ? :)

उ त्यहाँबाट सुरु गरौँ जस्तो लाग्यो, त्यो फोटोबाट । फोटोमा हामी दुई हावामा उफ्री रहेकाछौं । मुनिको खाट नदेखिए पनि मलाई याद छ । उ थोते छे, म लाटी देखिन्छु । अहिले सम्म पनि आफ्ना सबै फोटाहरु त्यसतै नै लाग्छन । :) भित्तामा एउटा पोस्टर छ, एक “रक स्टार” बिद्युतिय गीतार बजाइरहेका छन । त्यो मामाको करामत थियो ।

काठको फ्रेम भित्रको त्यो एक दसक भन्दा पुरानो तस्वीर सँगै मामाघरका केही कोसेली छन । हजुर मुवाँ र बुवाले दिएको केही होइन, हामी आँफैले उठाएर ल्याएका केही रङीचङ्गि ढुङ्गाहरु । Grey, maroon, yellowish आदि इत्यादि। एउटा अलि भिन्नै देखिन्छ । त्यो ‘ग्रे’ ढुङ्गामा पहेलो रङले पानको आकार निकालेको छ । प्रेमिको भाषामा त्यसलाई प्रेमाकार वा हृदयकार भन्ने गरिन्छ। त्यो ढुङ्गा उसले फेला पारेकी थिइ ।

हामी भोलिपल्ट काठमाडौं फर्कदैँ थियौं । राजधानीमा प्रकृतिसँगको त्यो सामिप्यता कहाँ भन्दै त्यो पुरै साँझ खोलामै बितायौं । दशैका बेला भएकाले होला खोलाको पानी घुँडासम्मको मात्र थियो । हामी दुई चन्चले फुच्चीहरु जस्तो जे पायो त्यही
गरेर हासिरहेका थियौ । घरि उ राजेश हमाल भएको अभिनय गर्थी ।
” तलाई छाड्दिन ” उ गर्जन्थी ।
म गुण्डा भएकाले अट्ट हाँसो छाड्दै अगाडि भाग्थें ।
त्यसपछि फिल्मी शैलिमा हिरो र गुण्डाको खोला ‘फाइट सिन’ हुन्थ्यो । हामी नयाँ प्लट रच्थ्यौँ । घर छाडी भाग्ने प्रेम जोडी । खोला म दौडिनुको आनन्द नै बेग्ल हुन्छ । पानीको बेगलाई चुनौती दिंदै दौडिनु पो रोमान्स! गरेका लाई सोध्नुस् न। अँ , म त त्यो भिन्न देखिने ढुङ्गाको बारे पो कुरा गरिरहेको थिँए, कहाँ बगिएछ ! :)

त्यसमै फर्कौं । कुदाई पछी ” Holiday 2006″ सम्झनका लागि एक अर्कालाई खोलाका ‘बिशेष ढुङ्गा’ दिने कुरा थियो ।

खेतका आलिहरुमा हिँड्दै गर्दा उसले त्यो ढुङ्गा मलाई थमाउँदै हाँसेर भनेकी थिइ ” यो चाँही प्रेमी फेला पारेपछि दिनु है” ।
” Marked For Life?” मैले ढुङ्गाको स्वरुप हेर्दै प्रश्न गरेँ ।
“Exactly” उसले भनी ।
” Boyfriend” हरु को त भरोसा हुँदैन, “husband” भनौं न ? म हाँसे।
” Husband” भन्दा जिब्रो नै बटारिएको जस्तो लाग्यो! आँफैले त्यो शब्द उच्चारण गरेँ भनेर पत्यार लागेन । कस्तो नमिल्ने कुरा । बिपरित ध्रुबहरुलाई एउटै बनाउने प्रयास गरे जस्तो, आकाश र धर्ती एउटै हुन्छ भने जस्तो । अनमेल कुराको पराकास्ठा नाघेजस्तो! तर स्पष्टिकरण दिइँन। उ मेरो मौनता बुझ्नसक्ने मान्छे।

क्षितिजमा सुर्य अस्ताउदैँ थियो । रामायाणमा स्याउ ठानेर हनुमानले निलेको सुर्य यही होला जस्तो लागेर आयो । त्यो गाढा रङ्को रातो आकासिय अस्तित्तवलाई अन्तिम पटक हेरेर हामी घर फर्कियौं ।

घुम्दै फिर्दै रुम्जाटार जस्तो लाग्यो होला है ? के के न लेख्ली भनेको त फेरी रोमान्स! पुरै फेब्रुअरी ‘प्रेम्’ गन्थन गरेरै मार्न आँटी भनेर त सोच्दै हुनुहुन्न ? म “होइन” भन्न पनि सक्दिन! त्यसकै कुराले मान्छे मार्ने मेरो उदेस्य नभए पनि यो चाँही stream of unconsciousness लेखै पर्‍यो त्यसैले । जे बारे , जहिले , जे पनि कुरा हुन सक्छ । ढुङ्गा देखेँ त्यसको रोमान्टिक ईतिहास पो याद आयो।मेरो के दोश प्रभु !!! :)

प्रभु भन्दा याद आयो आज त शिव रात्री है । बुढीले फोन गरेकी थिइ, उसलाई शिव साह्रै रोमान्टिक भएकाले मन पर्छ रे ! “कसरी रोमान्टिक?” भनेर के सोधेको मात्र थिएँ , “स्वसथानी पढिनस?” उसले अर्को प्रश्न पो थपी । मैले कुरा मोडी हालेँ। जे होस् “ जय शम्भो!” है सबै जनलाई । दुबिधामा नपर्नोस् म भाङ, धतुरो र गाँजा पानमा मस्त छुइन । हाम्रो त्यो भाग्य कहाँ ? सधैं झैँ शिवप्रसाद बिहिन छ यो शिव रात्री । :( हा हा हा ( but hey not advocating for it ni, explaining because I don’t want to go through that Bloggers Adverstising or advocating for sth question again!! sometimes blogging is a depressing Job man.)

हिजो कान्तिपुर टिभिमा “महा शिव रात्री” लाइव हेरिरहेका थियौं ।
“अस्ती त कोही नाङा बाबाहरु थिएनन । ” मैले सबलाई जनकारी दिएँ ।
” म्युजियम मात्र गएको होला भन्न ठानेको थिएँ, पशुपति पनि पुगेको” मम्मी ले भनिस्यो । के सुर चलेछ कुन्नी मलाई प्रश्न गरिस्यो ” अनि शिवजीले के भने त तिमीलाई ?”
बहिनी बाठी टोपलिएर भनि ” खोइ त तेरो शिव ?”
कोठामा हासोँ छायो । म पनि मज्जाले हाँसे ।
तर सबलाई उत्तर चाहिएको थियो!
“तैँ होस् त्यसैले अर्को ल्याइन” मैले शिवजी लाई उत्तर दिएँ! फेरी हाँसो ।
( Many a times home feels like psychos’ paradise! So that’s undoubtedly where my heart it :) )

जे भएनी बेलुका आगो तापिरहेको बेला मैले घरका सबजनालाई फेरी “जय शम्भो” भन्न लगाएको थिएँ । तपाईं लाई त्यसको अर्थ थाहा छ ?
साहिलले ( my Art of Living teacher) भनेका थिए त्यसको अर्थ “म तिमी भित्रको असललपनालाई नमस्कार गर्दछु” ( I salute the Goodness in you)हो रे । कस्तो राम्रो अर्थ है ?

ढुङ्गा देखि देउता सम्म को कुरा भयो है ? तपाईंलाई पनि घरि घरि यि दुई मध्य एक हुन लाग्दैन ? मलाई चाँही त्यसतै लाग्छ । कास म ढुङ्गा जस्तै जड, अचल,सम्बेदना र जीवन रहित हुन्थें । न खुट्टाले हाने फरक पर्ने न त भगवान मानेर पुजे नै । एक कठोर पषाणहृदयि व्यक्ती ।

त्यो नभए ‘देउता” हुनु नि । अरुको कथा, व्य्था सब मिथ्या भएनी बाल मत्लब हुने । रिसा, राग, द्वेश, प्रेम ,सुख, दुख सबैलाई समान देखने । मान्छे हुन त साह्रै गाह्रो रहेछ यार । घरि त्यही ढुङ्गा मुटु मा रखेर हाँस्नु पर्ने, घरि त्यसैलाई शब्द बनाई प्रहार गर्नुपर्ने त घरि त्यही प्रहार को शिकार हुनुपर्ने । कहिले कहीँ चाँही देउता सरह हुनुपर्ने । बिर्सा, हाँस्, हसाउ,बाँच,बाँच्नदेउ Idealistic हुने पर्ने ! खै के के ? संसार बुझे पनि म आफु र आफु जस्तै अरुलाई चाँही कहिले बुझ्नसक्ने छैन जस्तो लाग्छ! र फेरी त्यो ढोका पछाडिको कबिता याद आँउछ:

If you can fill the unforgiving minute
With sixty seconds worth of distance run,
Yours is the earth and everything that’s in it
And which is more-you’ll be a MAN my son.

If- by Rudyard Kipling

प्रकास थाम्सुहाङ (ईलाम)

एसिड वर्षा र मेरो गाँउ

सुन्छु
एसिड वर्षाले भिजेपछि
मेरो प्यारो गाउँ
आजकल उजाड-उजाड भएको छ रे

विगतमा,
केही वर्षो वियोगपछि
जब म मेरो प्यारो गाउँ फर्किन्थें
ऊ हार्दिक अङ्गालो फैलाएर स्वागतमा प्रतीक्षारत हुन्थ्यो
तर सुन्छु आजकल ऊ
कान्तिहीन मुर्झाएको छ रे
एसिड वर्षाले भिजेपछि
मेरो प्यारो गाउँ
आजकल बिरानो-बिरानो भएको छ रे

बतासे डाँडामा मनमोहक फुल्ने
बुकी फूलको मधुरिमा पनि
आजकल एम्बुसमा परेर घाइते छ रे
मधुश्रीमा आफ्नो जवानीको गीत गाउने कोइली पनि
र्छराको डरले बसाइँ सर्यो  रे
सुन्छु
एसिड वर्षाले भिजेपछि
मेरो प्यारो गाउँ
आजकल शून्य-शून्य भएको छ रे

सम्झिन्छु विगत र स्मृति कोट्याउँछु
साठीमुरे खेतको सिमसारमा, असारे झरीमा
सद्भाव र प्रेमको हिलो छ्यापाछ्याप गर्ने
बाउसे र रोपाहाहरू
रामनवमीहाटमा उन्मुक्ति भावले
धाननाच नाच्ने
सोल्टा र सोल्टिनीहरू
आहा झ् त्यो पालामको मुर्च्छना
कस्तो मधुर गीत थियो त्यो
तिनीहरूको शालिन स्पर्श
कस्तो सुन्दर प्रीत थियो त्यो
तर सुन्छु आजकल
समय त्रासदीमा
सबै-सबै विलुप्त भएको छ रे
एसिड वर्षाले भिजेपछि
मेरो प्यारो गाउँ
चिहानघारीझैँ भएको छ रे ।

हाङयुग अज्ञात (हाल- हङकङ)

शहीदहरू रून थालेका छन्

ओ ! माओ जे दोङ
तिम्रा कविताका हरफहरूमा
अचेल शहीदहरू रून थालेका छन् ।

रगत उमाल्ने
तिम्रा विचारहरू बोक्दाबोक्दा
बूढो भएको कुनै मजदुरजस्तो
जीर्ण शब्दहरूले बुनेको रातो इश्वरमा पनि
अब केवल मुट्ठीभर सास मात्र बाँकी छ
तेसैले बाटोमा हिँड्दाहिँडदै
जतिबेला पनि ढल्न सक्छ
निर्माणाधीन् कुनै टावरबाट
खुट्टा चिप्लेर पनि खस्न सक्छ
कुनै सिकारू डाक्टरका हातबाट
वैधानिक रूपमै मारिन पनि सक्छ
तेसैले, ओ ! माओ जे दोङ
अचेल शहीदहरू रून थालेका छन् ।

हुनान प्रान्तबाट भागेर आएकाहरूले
यहाँ यो बन्दरगाहमा जहाजहरू रोपे
र फलाए यन्त्रहरू जस्तै देखिने मानिसहरू
ती मानिसहरूको छातीभित्र तिमीले तन्काएको
साँस्कृतिक क्रान्ति र लामो परेडका डोबहरू
जो खत बनेर बसेका छन् लहरै
तिहीँनेर पनि शहीदहरू रून थालेका छन्
र हाम्फाल्न थालेका छन् अभिभावकहरू
तिम्रा भाषणहरूको उचाइबाट
अथवा यी अग्लाअग्ला घरहरूबाट
काखीमा छोराछोरी च्यापेर आत्महत्याको छलाङ
र हाम्फाल्न थालेका छन्
तिम्रा तन्नेरी छापामारहरू
पुँजीको समुद्रमा निराशा र अभावको मृत्यु
हृवीलचियरसितै आफ्ना बाआमा अँगालेर
अन्तिम-क्रान्ति ।

हो, माओ जे दोङ !
तिम्रो आरू फुलेको गीतभरि पनि
शहीदहरू खुब रून्छन् रातो आँसु
र बगाउँछन् सिरानीमा जियाङ नदी
साँच्चै, शहीदहरू रून थालेका छन्
त्यो ताइवान, त्यो तिब्बत
त्यो तियानमेन, त्यो इँट्टाभट्टा

त्यो बन्दुकको नालबाट निस्केको राज्यसत्ता
त्यो तिम्रो फर्मेसन, ब्रिगेड र बटालियन
त्यो तिम्रो कमान्डर, मिलिसिया र जासुसहरू
सप्पैसप्पै एकैचोटि रून थालेका छन्
ओ, प्रिय माओ जे दोङ !
यसलाई विद्रोह र अराजकता नभन्नू
यसलाई प्रतिक्रान्ति पनि नठान्नू
हो ! माओ जे दोङ
तिम्रो कविताका हरफहरूमा
अचेल शहीदहरू रून थालेका छन् ।

उनीहरू तिम्रो सँस्कृतीमा
सिकारी चालले तिम्रो आउँनेछन्
र आएर तिम्रो नृत्यको प्रशंसा गर्ने छन्
तिम्रा आँखाहरूको प्रशंसामा
कथाहरु पढनेछन्
ती मानिस को हुन् ?

तिनीहरू व्यापारी हुन…
तिमी यो कुरा राम्ररि बुझ…
राम्रोसँग चिन छोरी मुर्मू तिनलाई चिन
पहाडहरूमा आगो तिनैले लगाउँछन्
तिन्कै दोकानमा तिम्रा बच्चाहरूको
बचपन चिच्याउँछ
तिनकै गाडीहरूमा राखेर
तिम्रा छोरीहरूलाई
कलकत्ता र नेपालको बजारतिर पुर्या इन्छन्
नगराका आवाजहरुलाई
कति असमर्थ तुल्याइएका छन्
कुर बुझ छोरी मुर्मू राम्ररी बुझ…

पुरुषहरूको भन्दा
स्त्रीहरुको नितान्त
एकान्तका बारेमा तिमीलाई थाहा छ?

घर, प्रेम र जातिभन्दा अलग
एक स्त्रीको आफ्नो
जमीनका बारेमा बताउँन सक्छौ?

सदियों देखि आफ्नो
घरको तलासमा
एक बेचैन स्त्रीलाई
उसको घरको ठेगान
बताउँन सक्छौ?

आफ्नो कल्पनामा
एक स्त्रीले आफुलाई
एउटै समयमा एकै चोटी
स्वयं आफुलाई
कसरी स्थापित र विस्थापित गर्न सक्छे
के तिमि बताउँन सक्छौ?

आफैसँग युद्धरत एक स्त्रीलाई
नाता-सम्बन्धहरूको कुरुक्षेत्रमा
सपनाहरूले लखेटीरहेको
कहिल्यै तिमीले देखेका छौ?
शरिरको भूगोलभन्दा पर
मनका गाठोहरु खोलेर एक स्त्रीको
ऊ भित्र खेलिरहेको इतिहास
कहिल्यै तिमीले पढेकाछौ?
उसका मौन दुनियामा बसेर
शब्दका प्रतिक्षा गरिरहेउका उसका अनुहार
पढेकाछौ कहिल्यै तिमीले?
उसले आफुभित्र वंशबीज छरिरहेको
र उसका फैलिरहेका जराहरू
के तिमीले महसुस गरेकाछौ?
एक स्त्रीका सबै सम्बन्धहरुको
व्याकरणका बारेमा
के तिमिलाई थाहाछ?

एक स्त्रीले स्त्री-दृष्टिले देख्ने
स्त्रीको परिभाषाका बारेमा
के तिमी बताउँन सक्छौ?

यदि यी यवद कुरा बताउँन सक्दैनौ भने
भन्सा घर र ओछ्यानको गणितभन्दा पर
एक स्त्रीका बारेमा
तिमी के बताउँन सक्छौ?

© All Rights Reserved SpaceNepal.Com Designs: SpaceNepal.Com