RSS
 

सालाहरु

24 Jan

सुधीर क्षेत्री
सालाहरु

यो दोबाटोको मूर्ति तोडिदेऊ
साँच्चै इतिहासपुरुष थियो के,
यो मान्छे!

मेरो जलप्लावित शरीरमा
अभागोर्देका
असङ्ख्य च्याउहरु उम्रेका छन्
अनि
यो उर्वर पवित्र क्षणमा
तिमी फुक्न खोज्छौ
शब्दमेघ यज्ञको शङ्ख। Continue reading सालाहरु »

गजल

24 Jan

सुर्य चेम्जोङ
गजल

हुलाकी को साथबाट,खाम हरायो
खाम संगै पठाउनेको,नाम हरायो

बर्षौको त्यो मेरो घड़ी,थियो परिछाको
आउनै बाँकी थियो परिणाम हरायो Continue reading गजल »

विचारदंश

24 Jan

सरिता तिवारी
विचारदंश

जब रोपिन्छ हृदयमा विचारको जरा
चाहेर पनि
कहिल्यै हुन नसकिदो रहेछ
विचारहीन

वर्षौ वर्षेखि
मभित्र हुर्किरहेछ विचारको रुख
र कैयौं कैयौं दिनदेखि
मलाई डसिरहेछ लगातार

बुद्ध, कन्फ्युसियस या मार्क्स
लखेटिरहेछन् पाइला पाइला फुक्दै

सपनामा पनि
मेरा गालामा हिर्काउन आउछन्
जोन अफ् आर्क
लक्ष्मी बाई
अथवा सिल्भिया प्लाथ
र पारिजात

पूजाकोठामा, धारोमा अथवा लुगा सुकाइरहदा छतमा
बसमा, कक्षाकोठामा, भीडमा वा एकाकीमा Continue reading विचारदंश »

त्यो मान्छे

23 Jan

कृष्ण जोशी
त्यो मान्छे

जताततै मान्छेको बाक्लो हूल
औँलाझैँ फिँजिएका बाटाहरू, सडकहरू
कताबाट पसेथ्यो काठमाडौँको चोक र गल्लीहरूमा
अलमलिन्छ कहाँबाट निस्कने हो
नाक भरिन्छ अचम्मको मान्छे गन्धले
मात्तिन्छ त्यो मान्छे प्रथमपटक रक्सी पिएको मान्छेजस्तै
उसले त्यस्तो मान्छे गन्ध गाउँघरमा थाहा नै पाएको थिएन ।

गुन्यू चोलो, मिठाई, कोसेली
श्रीमती र लालाबालाहरूलाई बाँडिरहेको
दिवास्वप्न टुंगिँदा मात्र चाल पाउँछ
भव्य पसलअगाडि रगताम्य लडिरहेको हुन्छ ऊ
रमितेहरूले भनिरहेका हुन्छन्
एउटा पाङ्ग्रा आतंकले यसलाई धक्का दिएर गयो
पुरानो झोला बोकेको थियो
थोत्रा लुगाफाटा र कागजपत्रहरू सडकभरि छरिए । Continue reading त्यो मान्छे »

“उफ् ..म छापामार हैन….”

23 Jan

कुमार यात्री
“उफ् ..म छापामार हैन….”

हिजोको म छापामार
आज कसैले मलाइ छापामार भनेर बोलाउदा
म लर्बराउछु
मलाइ संकोच लाग्छ यो शब्द सँग
म डराँउछु यो अर्थ सँग
म हिचकिचाउछु छापामार हुँ भन्न
बरु म भन्छू
उफ् ..म छापामार हैन….

हिजो रगतको होली खेलेर
आफ्नै रगत सँग
आफ्नै आमाको छातीमा
बम र बारुद बर्साएर नै
भित्र्याएको जितको सलामी
आज हार लाग्छ
त्यसैले त म भन्छू
उफ् ..म छापामार हैन…. Continue reading “उफ् ..म छापामार हैन….” »

तितो सत्य (8 Sept 2011)

08 Sep

तितो सत्य (25 Aug 2011)

25 Aug