आदीवासी जनजाती महासँघ मलेसियाको नियमित बैठक समपन्न

प्रकाश ‘पुष्पक’ राई
२२ तारिक अक्टोम्बर
मलेसिया÷ आदीवासी जनजाती महासँघ शाखा मलेसियाको नियमीत बैठक यहि गत आइतबार मलेसियाको राजधानी क्वालालम्पूरमा सममपन्न भएको छ ।
देशको समस्या र समाजसेवाकालागी यो महासँघ आवद्ध रहेको र विचारले मात्र नभएर बिधान अनुसार अगाडी बढ्नुपर्ने आवश्क रहेको कार्यक्रमका सभापती बिष्णु राइले बताउनु भएको थियो । आदीबासीहरु सिल्भरको पाता जस्तै एक छिन् तातीने र एकै छिनमा सेलिने हुनु भएन हामी जनजातीहरु जहिले पनि तातिनै राख्नु पर्छ भन्ने कुरामा जोड दिएका थिए । छलफल कार्यक्रम पछी आदिवासी जनजाती महासँघ शाखा मलेसियाले मलेसियामा रहेको आदीवासीहरुको लागी सदस्यता पत्र वितरण गर्ने भएकोले नियमित आउदो भेलामा लाग्ने रकम र पासपोर्ट साइजको फोटो साथै आप्mनो पुरा बिवरण सहित सदस्यता पत्र लिन सकिने राम आस्लामीले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)