मलेसियाको गुर्खाजगाउँमा हर्सोलासाथ दशै

प्रकाश ‘पुष्पक’ राई
२४ तारिक अक्टोम्बर
मलेसिया÷ गुर्खाजहरुको गाँउ अर्थात नेपालीमूलका मलेसियालीहरुको गाँउ भनेर चिनिने चर्चित मलेसियाको गुर्खा काम्पुङ्मा यो वर्ष काम्पुङ्बासी तथा प्रवाशी नेपालीहरुले भव्यताका साथ दशै मनाएका छन् ।
यसपटकको दशै भव्यताका साथ समपन्न भएको कापुङ्बासी मलेसियन बासिन्दा बहादुर क्षेत्रीले बताएका छन् । यहाँ मलाया लाहुरे हरुको पल्टने जीवन सङ्को इतिहासमा जोडीएको यो गुर्खा काम्पुङ्राज्यमा एउटा नजिकै रहेको ३० वर्षको पुरानो दुर्गा मन्दिरमा भगवान दुार्गमातालाई बोका काटेर बलि समेत दिने प्रचलन रहेको छ ।
मलेसियाली सरकारले गुर्खाजहरुलाई त्याहा बस्ती बसाल्दा देखिको इतिहास र खुकरी बनाएको इतिहास समेत समेटेर बसेको अनुभव रहेको काम्पूङ्बासी डेङबहादुर क्षेत्री बताउछन् । लगभग मलेसियामा प्रवाशी जीवन विताइएरहेका नेपालीहरु लगभग ४ लाखको हारहारीमा छन् । यी नेपालीहरु आप्mनै होस्टेलमा बसेर आप्mनै तरिकाबाट दशै मनाएका छन् । काम्पुङ्बासीहरु नोपाली भाषा बोल्न नजाने पनी नेपाली परम्पराको जगेर्ना गर्दै आएका छन् । यसै गरी मलेसियाको बिभिन्न राज्यहरुमा चर्चित रेमिट्यान्स आइएमीको तर्फबाट टिकाटालो लिने कार्यक्रम समपन्न भएको छ । आइएमीका कार्यालय तथा शाखा कार्यालयहरुमा दशमीको दिन ठूलो घुइचो चलेको थियो । प्रमुख शहर क्वालालम्पूर, सेलेङ्गोर, जोहोर, पेनाङ्, मलक्का, ईपो, काम्पुङ्, बातुपहाङ्, मुहार लगातका प्रमुख राज्य तथा शहरहरुमा भएको आइएमीका कार्यालयहरुमा टिकाटालो लिन आउने नेपालीहरुको ठूलो भीड लागेको थियो । क्वालालम्पूर स्थीत रहेको आइएमी कार्यालयमा बिहानै १० बजेदेखी बेलुका ४ बजेसम्म उपस्थीत नेपालीहरुको लाइन रहेको प्रदिप राईले बताएका छन् । दशमीका दिन यहा विदा नभएपनी नेपालीहरु आप्mनो काम छोडेर भएपनी यो वर्षको दशै हर्सोलाकासाथ मलेसियामा मनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)