सम्झनाले नयनका, आँशु छल्कीएर रोएको छु

गजल
–प्रकाश ‘पुष्पक’ राईPrakash Rai
सम्झनाले नयनका, आँशु छल्कीएर रोएको छु
विछोडले छातिभित्र, आँगो सल्कीएर रोएको छु

बाध्यताको समयनी, कस्तो नबुझिने निष्ठूरी यो
प्रतिदिन मुटुमाझ, घाउँ बल्झीएर रोएको छु

ममताले सताउँछ, मन एकान्तमा आतुर छ
समीपमा जाँदाजाँदै, खुट्टा अल्झीएर रोएको छु

विबशको जन्जीरमा, बन्द स्पन्दनको बाटोमा नै
जीवनको उपहार, फूल कुल्चीएर रोएको छु
– बेल्टार, उदयपुर
हाल मलेसिया ००६०१४९६५७६३४

One thought on “सम्झनाले नयनका, आँशु छल्कीएर रोएको छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)