२५ हजार राशीको गजल पुरस्कारको स्थापना

२५ हजार राशीको गजल पुरस्कारको स्थापना
________________________________

अष्ट्रेलियामा रहेर नेपाली कला तथा साहित्यको जगेर्नामा लागिपरेका युवा साहित्यकार प्रदिप चापागाईँले स्वर्गीय हजुरआमाको नाममा ‘जोगमाया गजल पुरस्कार’को स्थापना गरेका छन् ।

आगामी डिसेम्बरमा काठमाडौंमा आफ्नो एकल गजल एल्बम ुगुमनामु तथा तेस्रो कृति कवितासङ्रह ुफूलहरुको युद्दु को विमोचन कार्यक्रममा ुजोगमाया चापागाईँ प्रतिष्ठानु को विधिवत स्थापनाको घोषणा हुनेछ । सोही प्रतिष्ठान मार्फत नै उक्त पुरस्कार प्रदान गरिने जानकारी दिइएको छ ।

२०७१ सालको वैशाख १ देखि चैत्र मसान्तसम्म प्रकाशित भएका गजल संग्रहहरु मध्येबाट एक जना स्रष्टालाई नगद २५,००० रूपैयाँ तथा ताम्रपत्र प्रदान गरिने चापागाईँले अनलाइनखबरलाई जानकारी दिए । तिन जना वरिष्ठ गजलकारहरुको समितीले गरेको सिफारिस अनुसार जोगमाया चापागाईँ प्रतिष्ठानले हरेक वर्षको साउन ३२ गते उक्त पुरस्कार प्रदान गर्नेछ।

साथ साथै गत वर्षदेखि काठमाडौंको छैमले स्थित श्री कृष्ण माविबाट हरेक वर्ष एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याउने एक-एक जना छात्र तथा छात्रालाई जनही ११,१११ प्रदान गरिँदै आएको छात्रवृती लाई पनि प्रतिष्ठानले जारी राख्ने छ। जोरपाटी, काठमाडौंमा कार्यालय रहने प्रतिष्ठानले न्यून आर्थिक अवस्था भएका क्यान्सर रोगीहरुको उपचारको निमित्त पनि सहयोग गर्ने जानकारी दिएको छ।

२०५२ साल साउन ३२ गते क्यान्सर रोगकै कारण जोगमाया चापागाईँले निधन भएको थियो । २०६५ मा ुसिरेटो शिशिरकोु र २०६८ मा ुडाँडामा जून छु गरेर चापागाईँका दुई गजलसग्रह प्रकाशित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)