सँचय कोष समितिमा नयाँ अनुहार

सँचय कोष समितिमा नयाँ अनुहार
प्रकाश ‘पुष्पक’ राई÷प्रदिप राई941209_193561007466094_1808874003_n
क्वलाम्पूर मलेसिया । गतवर्ष जुन महिनामा बाट सँचालनमा आएको सेलेङ्गोर बेरनाङ् स्थित ‘मजदुर सँचय कोष’ समितिको केही पदमा (गत शनिवार हिजो) नयाँ अनुहार परिवर्तन भएको छ ।
गतवर्ष जुन महिनामा तपेन्द्र स्वरको अध्यक्षतामा ३५ सदस्य गठन गरिएको मलेसियामा प्रवाशी जीवन बिताइरहेको बेला कसैलाइृ आफ्नो घर परिवारमा अप्ठ्यारो समस्या आइपरेको बेला सहयोग गर्ने उद्देश्यले संचाचलनमा आएको नेपाली मजदुर संचयकोष समितिमा हिजो उपाध्यक्ष र कोषाध्यक्षमा परिवर्तन गरिएको छ ।

एकवर्ष पुरा भएपछि वार्षिक कार्यक्रम संगै उपाध्यक्ष सुरेश पाख्रिन (तामाङ्) ले आफ्को कार्यभार नुतन दनुवार लाई र कोषाध्यक्ष अशोककुमार याख्खाले आफ्नो कार्यभार सविन चौधरीलाई सुम्पिएकाछन् भने अन्य समितिका अध्यक्ष महासचिव र सचिव भने परिवर्तन गरिएको छैन । प्रत्येक सदस्यबाट प्रति महिना कोषमा रकम जम्मा गरेर सँचय गर्ने निर्णय पारित गरिएको र सो रकम अहिले सम्म समस्यामा परेको सदस्यहरुको आवश्यक्तालाई पुर्ति पनि गरिरहेको छ । अहिले कार्य समितिमा उपाध्यक्षमा नुतन दनुवार, कोषाध्यक्ष सविन चौधरी महासचिव प्रकाश पुष्पक राई र सचिव धनबहादुर खड्यात रहेका छन् । प्रत्येक सदस्यबाट प्रति महिना सङ्कलन भएको उक्त रकमलाई आवश्यक अनुसार समिति भित्रका सदसयहरुले चलाउन पाउने गरि प्रस्तावना र बिधान तयार पारिएकोले उक्त रकम समिति भित्रका सदस्यहरुको लागी मात्र आवश्यक्ता अनुसार प्रयोग गरिरहेकाछन् । वार्षिक कार्यक्रममा बोल्दै कोषाध्यक्ष अशोक कुमार याख्खाले हामी बैदेशिक रोजगारका लागी मलेसिया आएका र हाम्रो समस्याहरुलाई यो सँचयकोष समितिले अचानक अप्ठ्यारो आवश्यक्ताहरुलाई पुरा गरिरहेको छ साथै आगामी दिनहरुमा पनि अझ अन्य आवश्यक्तालाई पुरा गर्ने पुरा विश्वास भएको वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)