एकोहोरो मेरोमन

गजल प्रकाश ‘पुष्पक’ राई पुमा
४+४, ४+२+३ = १७ अक्षरPk

जलेकोछ तिम्रै नाममा ।
चारैतिर चियोचर्चा,
चलेकोछ तिम्रै नाममा ।
पर्खिरहे दोवाटोमा,
बितिसक्यो अव समय ।
चौतारीको एक्लेवर,
ढलेकोछ तिम्रै नाममा ।।
वर्षौवर्ष बितिगयो,
जिन्दगीले कोल्टे फेरेछ ।

जवानीको बेमौशमी,
फलेकोछ तिम्रै नाममा ।
प्रतिक्षामा रहेकोछु,
उज्यालो दिने आशामा ।
दीपपनि धपधपी,
बलेकोछ तिमै नाममा ।
विपनीमा नभेटेनी,
अजम्वरी चोखो मायाले ।
छायावनी सपनाले,
छलेकोछ तिम्रै नाममा ।
– बेल्टार बशाहा १ उदयपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)