टिपेर आकाशकाे दिने, जूनकाे कुरा गर्दिन ।

गजल
– प्रकाश ‘पुष्पक’ राई पुमाPk
३+४+२, ३+२+३ = १७ अक्षरमा
टिपेर आकाशकाे दिने, जूनकाे कुरा गर्दिन ।
मायाकाे उपहार दिन्छु, सुनकाे कुरा गर्दिन ।।

अटल रहिरहाेस् साथ, जीवन अन्त भएनी ।
अमर भावनाकाे नाता, खुनकाे कुरा गर्दिन ।।

अहिले एकदिन रम्ने, झुटकाे खेती गरेर ।
आँफूले दुईदिने स्वार्थि, नुनकाे कुरा गर्दिन ।।

प्रेममा हँसाएर राख्छु, दुनिया सङ्ग लडेर ।
दुखित विरहमा बज्ने, धुनकाे कुरा गर्दिन ।।

बेल्टार बशाहा १, उदयपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)