सानु तिम्राे मायाकाे, शहरै शहरमा हराए ।

गजल
– प्रकाश ‘पुष्पक’ राई पुमाPrakash Rai

२+२+३, ३+४+३ = १७ अक्षरमा
सानु तिम्राे मायाकाे, शहरै शहमा हराए ।
हामी रम्ने प्रेमकाे, रहरै रहरमा हराए ।।

कति याद आउँछ, रुँदैछु छटपटी भएर ।
आफ्नै मेराे आशुकाे, नहरै नहरमा हराए ।।

भेट्ने दिन पर्खिन्दै, वित्दैछ प्रतिक्षाकाे समय ।
शून्य एक्लाे रातकाे, पहरै पहरमा हराए ।।

कस्ताे हाेला मिलन, दैनिकी बसेकाेछ नयन ।
पीडा संगै दुःखकाे, लहरै लहरमा हराए ।।

– बेल्टार बशाहा १ उदयपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)