रहर र चाहना अनेक थुपार्छ मान्छे

रहर र चाहना अनेक थुपार्छ मान्छे
अन्तत आफुलाई नै धिकार्छ मान्छे
रहरहरु मनमा लादेर
ओतिलो घरको खोजीमा
भौतारिन्छ मान्छे
खोइ के पायो / पाई उसले
ओत कि खोट उसलाई थाहा छ
शिखर चुम्ने रहरमा

धर्तिबाट टाढा पुगेको हुन्छ
उसलाई तब महसुस हुन्छ
उ केवल उ एक्लो हुन्छ
अनि केवल बर्बराउदै सोच्छ
गल्ति यताबाट भयो कि उताबाट
जानेर कि नजानी
यस्तै यस्तै सोचबाट सक्रिण
बन्न पुग्छ मान्छे अनि
समयले साथ बिस्तारै
डु बाउ दै गर्दा खाली
खिस्स खिस्स मात्र हास्छ मान्छे
रहर र चाहना अनेक थुपार्छ मान्छे …….अनेक थुपार्छ मान्छे ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enable Google Transliteration.(To type in English, press Ctrl+g)