Archives

मलेसियामा नेपाली कथा

मलेसियामा नेपाली कथा
प्रकाश ‘पुष्पक’ राई
१५ तारिक सेप्टेम्बर
मलेसिया÷ नेपालबाट रोजगारको शिलसिलामा मलेसिया आएका सैयौ नेपाली कामदारहरु एजेन्ट लिन नआउदा प्रतिदिन मलेसियाको अन्तराष्टिय बिमान स्थल क्वालालाम्पुरमा चिसो सिमेन्टको भूइमा कैदि झै रात र दिन बिताउन बाध्य भइरहेका छन् ।
बिदेश जानेहरुको सङ्ख्या दिन दिनै बढ्दै गईरहेको अवस्थामा मलेसिया जानेहरुको पनि उतिकै भिड देखिन्छ । नेपालको मेनपावरहरु बाट सम्पर्क गरेर मलेसियाको एजेन्टहरुलाई नेपाली कामदार पठाईने भएको हुँदा मलेसियाको एजेन्टहरु नेपालबाट आएका नेपाली कामदारलाई बिमानस्थलमा लिन नआउदा यो समस्या झेल्नु परेको हो । Continue reading

स्कर्टमा आँखा

स्कर्टमा आँखा
सविना सुब्बा

वाउ ! क्या राम्री यार !’ जब २२ वषर्ीया एन्जिला श्रेष्ठ स्कर्टमा सजिएर हिंड्छिन्, धेरैको मुखबाट यस्तै वाक्य फुत्किन्छ । बाटोमा हिंड्दा होस् वा गाडीमा यात्रा गर्दा, उनी माथि कर्के नजर लगाउनेहरूको कमी हुँदैन । राम्री नभनुन् पनि किन ? चिरिच्याँट्ट परेपछि उनी कम्ती आकर्षक देखिन्नन् । ‘स्कर्ट लगाउँदा म स्मार्ट देखिन्छु ।’ मैतिदेवीस्थित युनिभर्सल कलेजमा अध्ययनरत श्रेष्ठले भनिन् । Continue reading

सम र उनको ‘आगो र पानी ‘

– लक्ष्मी गुरागाईं

बालकृष्ण सम -वि.सं.१९५९- २०३८) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनले नेपाली कवितामा नयाँ विचार र दर्शनबाट मानव इतिहासको व्याख्या गरेका छन् । समले नेपाली साहित्यको नाटक विधामा सगरमाथाको शिखर चुमेका छन्, त्यसका अतिरिक्त उनका कथा, कविता, निबन्ध पनि बेजोड मानिन्छ । कलम र कुची दुवैमा सम बेजोड मानिने समको आˆनै शैली र शिल्प परिष्कृत छ । आˆनो सात दशकलामो साहित्यिक साधनाको यात्रामा उनी अविच्छिन्न बग्ने महानदी हुन् । उनका पद्य र गद्य नाटक, कविता,कथा, निबन्ध, खण्डकाव्य ‘आगो र पानी’ र महाकाव्य ‘चिसो चूल्हो’ का प्रवृत्तिका भावभूमिमा समका समग्र प्रवृत्तिलाई केलाइकुलाई गर्न सकिन्छ । Continue reading

कति घाउ नबल्झिएकै जाती

– मिङ लिवाङ

बसन्तले खबरकागतको अन्तिम हरफ पनि पढ़ेर सिद्धायो, अब खबरकागतमा पढ़ने अरू केही रहेन।
गत दुई घण्टामा उसले खबरकागतको एक-एकवटा हरफ, एक-एकवटा शब्द पढ़िसकेको छ। उसले यसरी यति विघ्न लामो समयसम्म रेल कुर्नु परेको यो पहिलो पल्ट हो……यसभन्दा अघि यति पट्टाइलाग्दो गरी उसले कहिल्यै रेल कुरेको थिएन यद्यपि आजसम्म उसले कैंयौंपल्ट रेलयात्रा गरिसकेको छ। पर्खाइको फल मीठो हुन्छ भनिन्छ तर उसलाई कसैको प्रतीक्षा गर्नु जति उराठिलो काम अरू केही लाग्दैन। कसरी मानिसहरू कसैलाई कुर्छन्…..कसै-कसैले त कसैलाई जीवनभरी पनि कुर्छन् अरे…कसरी कुर्छन् होला ? ऊ सोच्छ। सायद बाध्यता होला अनि…..अनि ऊ पनि आज बाध्य छ – रेल कुर्नु। झट्टै रेल आउने अझ छाँट छैन…..वर्षा र बाढ़ीले गर्दा जम्मै रेल अनिश्चित अवधिको निम्ति लेट छ – भर्खरै गरेको घोषणाले फेरि यो कुरा दोहोरायो। Continue reading

काठमाडौंमा तीन किसिमका यौनकर्मी

अश्विनी कोइराला
yy
कार्यालय वा छिमेकीका विवाहित महिलाहरू पनि पेसेवर यौनकर्मी हुन सक्छन्। कम पढेलेखेका विवाहित महिलाहरूको आर्थिक अवस्थामा नाटकीय परिवर्तन आएको छ र उनको बाहिर देखिने गरी कुनै पेसा व्यवसाय छैन भने उनी पेसेवर यौनकर्मी हुन सक्ने सम्भावना प्रबल छ। यौनकर्मीहरूमध्ये ८८ प्रतिशतले मदिरालगायतका मादक पदार्थ सेवन गर्ने भए पनि उनीहरू आफ्नो टोलछिमेक वा आफन्तका अघि आफूलाई लुकाउन त्यस्ता पदार्थ सेवन गर्दैनन्। त्यसैले पनि टोलछिमेकमा उनीहरू यौनकर्मी हो-होइनन्, झट्टै थाहा पाउन सकिँदैन। सबैभन्दा रमाइलो कुरा टोल-छिमेकमा कसैले आफू यौनकर्मी हो भन्ने थाहा पाए भन्ने सुइँको पाउनेबित्तिकै उनीहरू रातारात डेरा सर्छन्। Continue reading

म हराएको समयकथा

शर्मिला खड्का (दाहाल)

जीवन कथा हो । कथा जीवन हो । जीवनको समुन्द्रमा कैयौँ घटनाहरू छाल बनेर सल्बलाइ रहेका हुन्छन् । म तिनीहरूलाई समेटन खोज्छु, कहिले ती आफै फुत्किएर जान्छन् कहिले म आफैँ अन्तै मोडिएको हुन्छ । गतिवान जीवन गुडिरहेको गाडीको पाङ्ग्राझैं गुडिरहेको छ । प्रत्येक पल, प्रत्येक ठाउँ नयाँनयाँ घटनाहरूसँग साक्षात्कार हुँदै अघि बढिरहेको हुन्छ । आज म मेरो जीवनको सानो घटना कथाको महासागरमा समायोजन गर्न गईरहेकी छु ।

काम विशेषले म टेम्पो चढेर न्युरोड जाँदैछु । अफिस टाइम काठमाडौंको सडकमा गाडी जाम हुनु सामान्यजस्तै भइसकेको छ । टेम्पोमा दुई जना नवयुवती, एक जना अधँवैशे महिला, एक जना ड्राइभर, म र चारजना वयस्क केटाहरू छौ – झण्डै बाइस वर्षदेखि पच्चीस वर्षसम्मका ठिटाहरू । गाडी निकै लामो समय सम्म जाममा पर्छ । म उनीहरूको वार्तालाप सुन्न बाध्य हुन्छु । एउटा केटो जो धेरै बालिरहेको छ, ऊ पातलो जीउ भएको गोरो चिटिक्क अनुहार परेको छ । ऊ झट्ट हेर्दा मङ्गोलियन जस्तो लाग्दछ । अर्को पातलो अलिक अग्लो कालोकालो केटो झट्ट हेर्दा उस्तैजस्तो लाग्दछ । त्यस्तै अरु दुई जो सुनिमात्र रहन्छन् केही बोल्दैनन् ती पनि त्यस्तै कुनै जातको जस्तो लाग्दछ । म आफ्नो सिटमा बसेर मन नलागी मन नलागी पनि त्यो धेरै बोल्ने केटोको कुरो सुन्न बाध्य हुन्छु । Continue reading

पूर्णविराम

शर्मिला खड्का (दाहाल)

उसको टाउको जोडले दुखिरहेको छ । क्रोसिनले पनि उसको टाउको दुख्न कम भएको छैन । ऊ अस्पतालबाट आएको दुई दिन भइसकेको छ । तर पनि उसको मस्तिष्क अस्तव्यस्त छ । शरीर अस्वस्थ्य छ । शरीरको मात्र विमार भए डाक्टरहरूले निको पार्न सक्थे होलान् । तर मनको विमार निको पार्ने खै कहाँ छ र ठाउँ अनि कुन छ औषिधि – यदि पाउने भए ऊ घिस्रदै जान्थी होला । तर उसलाई थाहा छैन । बरु उसलाई उसको विगतले घिसार्दै पुर्याउँछ आफ्नो गाउँ इलाममा । जनयुद्धले देश जर्जर भएको बेला थियो । बन्दव्यापार केही चल्न सकेको थिएन । युवाहरू माझ छापामार हुनुपर्ने त्रासले दिनरात सताइरहन्थ्यो । भर्खर बिहे भएको थियो उसको प्रदीपसँग । गाउँघरमा माओवादीको जनयुद्धले नयाँनयाँ सन्त्रास फैलाइरहेको हुन्थ्यो । कहिले आक्रमणको हल्ला, कहिले चन्दाको हल्ला, कहिले अपहरणको हल्ला । गाउँघरमा सबैभन्दा बढी युवाहरूलाई बस्न कठीन भएको थियो । उसको सासूससुरालाई आफ्नोभन्दा बढी लाउँलाउँ, खाउँखाउँ भएका भर्खर बिहे भएको छोराबुहारीको पिर थियो । सासूससुराको सल्लाहअनुसार दुवैजना काठमाडौँ आएर व्यवसाय गर्ने सल्लाह भयो । सासूससुराले केही रकम व्यवसाय गर्न दिएपछि दुवैजना काठमाडौ आए – प्रदीप र सिर्जना । Continue reading