Archives

नगरवधू

नगरवधू
– डा. दीनबन्धु शर्मा

म लगातार यौनसुखमा प्रयोग भइरहेको थिएँ । अझ यसो भनूँ, मबाट लगातार शोषण भइरहेको थियो । किनभने मलाई मेरो छाप्रो अगाडिबाटै

-अचेल महललाई पनि छाप्रो भनिन्छ, ध्यान दिइयोस्)-सडकबाटै अपहरण गरिएको थियो । त्यति प्रष्ट सम्झना त होइन तर मेरो यस्तो मान्यता छ । मलाईं उसको यो क्रूर कार्य सुरूमा निकै डर लागेको भए तापनि उसको आवाजमा मेरो भयलाई विस्तारै मत्थर पार्न सक्ने सम्मोहक मधुरता थियो । यहाँ ‘थियो’ भन्नुको अर्थ मलाई यस्तो लागेको थियो भनेको हो भन्ने बुझियोस् र अब उप्रान्त यहाँ प्रयोग गरिएका निणर्ायक क्रियापदहरूको अर्थ पनि अनिणर्ायक वा सन्देहास्पद मान्न सकिन्छ भन्ने बुझियोस् । Continue reading