Archives

उत्श्रुङ्खल भन्छन यहाँ सिधा कुरा गरे पछि

उत्श्रुङ्खल भन्छन यहाँ सिधा कुरा गरे पछि
जन्म जातै यस्तै परियो बांगो कुरा नजानेसी

भए भरको शब्द वान हानी सके मैले उसलाई
अनि बल्ल भन्छे उसले लाज छैन तिमीलाई

अरे म पनि के कम थिए भनि दिए छैन छैन
तिमीलाई जिस्क्याएको म मुर्खले हुदै होइन

मैले भने उनलाई होलि खेल्न आउछेउत
उसले भनि सिधाकुरा साचो प्रेम लाउछौत्!!!

कमल लामिछाने!

सत्य तथ्य यो हो राजेश पायलको उपद्र हो कि हैन?

प्रदिप राई Pardip Rai जुलाई २८ क्वालालम्पुर । मलेसियामा राजेश पायल राईले उपद्रो गरे भन्ने समाचारलाई लिएर थुप्रै बहसहरु भइरहेका छन् । सत्य तथ्य जानकारी आई रहेको छ । हालसम्म पाएको जानकारी अनुसार तेरिया मगरको सम्मान कार्यक्रम खुकुरी रेष्टुरेन्टमा सम्पन्न भइरहेको बेला कार्यक्रम स्थलमा राजेश पायल राईले कुनै हो–हल्ला नगरेको, आफूलाई सम्मान नगरेको भनेर कसैप्रति असन्तुष्टि प्रकट नगरेको Continue reading

मलेसियामा किरात पुमा राई तुप्खाबाङ्खालाको गठन

प्रकाश ‘पुष्पक’ राईPk
क्वालालम्पूर मलेसिया÷ नेपालबाट रोजगार तथा बिभिन्न पेशाको शिलसिलामा आएका लगभग ५ लाख नेपालीहरु मध्य किरात पुमा राईहरुको ऐतिहासिक कथा सङ्गै जोडिएको यो मलेसियामा किरात पुमा राई तुप्खावाङ्खाको गठन गरिएको छ । Continue reading

ढुङ्गादेखि देउता सम्म

नेपालीमा लेखने जागँर चलेको छ । किन ? कसरी ? थाहा छैन ।
शायद थाहा छ, तर म भन्न चाहन्न । हा हा हा किनभने भन्ने कुरा पनि केही छैन । त्यसैले आजको योजना हो: दिल खोलेर मातृभाषामा गन्थन गर्ने । मनमा जे आउँछ्, कागजमा उतार्ने ।

गाउँको बास छ र बिजुलीको कुनै भरोसा छैन । त्यसैले एउटै काम दुई पटक गर्नु रहर नभएर वाध्यता हो । कहाँ बाट सुरु गरौँ त हाम्रो प्रेम कहाँनी ? :)

उ त्यहाँबाट सुरु गरौँ जस्तो लाग्यो, त्यो फोटोबाट । फोटोमा हामी दुई हावामा उफ्री रहेकाछौं । मुनिको खाट नदेखिए पनि मलाई याद छ । उ थोते छे, म लाटी देखिन्छु । अहिले सम्म पनि आफ्ना सबै फोटाहरु त्यसतै नै लाग्छन । :) भित्तामा एउटा पोस्टर छ, एक “रक स्टार” बिद्युतिय गीतार बजाइरहेका छन । त्यो मामाको करामत थियो ।

काठको फ्रेम भित्रको त्यो एक दसक भन्दा पुरानो तस्वीर सँगै मामाघरका केही कोसेली छन । हजुर मुवाँ र बुवाले दिएको केही होइन, हामी आँफैले उठाएर ल्याएका केही रङीचङ्गि ढुङ्गाहरु । Grey, maroon, yellowish आदि इत्यादि। एउटा अलि भिन्नै देखिन्छ । त्यो ‘ग्रे’ ढुङ्गामा पहेलो रङले पानको आकार निकालेको छ । प्रेमिको भाषामा त्यसलाई प्रेमाकार वा हृदयकार भन्ने गरिन्छ। त्यो ढुङ्गा उसले फेला पारेकी थिइ ।

हामी भोलिपल्ट काठमाडौं फर्कदैँ थियौं । राजधानीमा प्रकृतिसँगको त्यो सामिप्यता कहाँ भन्दै त्यो पुरै साँझ खोलामै बितायौं । दशैका बेला भएकाले होला खोलाको पानी घुँडासम्मको मात्र थियो । हामी दुई चन्चले फुच्चीहरु जस्तो जे पायो त्यही
गरेर हासिरहेका थियौ । घरि उ राजेश हमाल भएको अभिनय गर्थी ।
” तलाई छाड्दिन ” उ गर्जन्थी ।
म गुण्डा भएकाले अट्ट हाँसो छाड्दै अगाडि भाग्थें ।
त्यसपछि फिल्मी शैलिमा हिरो र गुण्डाको खोला ‘फाइट सिन’ हुन्थ्यो । हामी नयाँ प्लट रच्थ्यौँ । घर छाडी भाग्ने प्रेम जोडी । खोला म दौडिनुको आनन्द नै बेग्ल हुन्छ । पानीको बेगलाई चुनौती दिंदै दौडिनु पो रोमान्स! गरेका लाई सोध्नुस् न। अँ , म त त्यो भिन्न देखिने ढुङ्गाको बारे पो कुरा गरिरहेको थिँए, कहाँ बगिएछ ! :)

त्यसमै फर्कौं । कुदाई पछी ” Holiday 2006″ सम्झनका लागि एक अर्कालाई खोलाका ‘बिशेष ढुङ्गा’ दिने कुरा थियो ।

खेतका आलिहरुमा हिँड्दै गर्दा उसले त्यो ढुङ्गा मलाई थमाउँदै हाँसेर भनेकी थिइ ” यो चाँही प्रेमी फेला पारेपछि दिनु है” ।
” Marked For Life?” मैले ढुङ्गाको स्वरुप हेर्दै प्रश्न गरेँ ।
“Exactly” उसले भनी ।
” Boyfriend” हरु को त भरोसा हुँदैन, “husband” भनौं न ? म हाँसे।
” Husband” भन्दा जिब्रो नै बटारिएको जस्तो लाग्यो! आँफैले त्यो शब्द उच्चारण गरेँ भनेर पत्यार लागेन । कस्तो नमिल्ने कुरा । बिपरित ध्रुबहरुलाई एउटै बनाउने प्रयास गरे जस्तो, आकाश र धर्ती एउटै हुन्छ भने जस्तो । अनमेल कुराको पराकास्ठा नाघेजस्तो! तर स्पष्टिकरण दिइँन। उ मेरो मौनता बुझ्नसक्ने मान्छे।

क्षितिजमा सुर्य अस्ताउदैँ थियो । रामायाणमा स्याउ ठानेर हनुमानले निलेको सुर्य यही होला जस्तो लागेर आयो । त्यो गाढा रङ्को रातो आकासिय अस्तित्तवलाई अन्तिम पटक हेरेर हामी घर फर्कियौं ।

घुम्दै फिर्दै रुम्जाटार जस्तो लाग्यो होला है ? के के न लेख्ली भनेको त फेरी रोमान्स! पुरै फेब्रुअरी ‘प्रेम्’ गन्थन गरेरै मार्न आँटी भनेर त सोच्दै हुनुहुन्न ? म “होइन” भन्न पनि सक्दिन! त्यसकै कुराले मान्छे मार्ने मेरो उदेस्य नभए पनि यो चाँही stream of unconsciousness लेखै पर्‍यो त्यसैले । जे बारे , जहिले , जे पनि कुरा हुन सक्छ । ढुङ्गा देखेँ त्यसको रोमान्टिक ईतिहास पो याद आयो।मेरो के दोश प्रभु !!! :)

प्रभु भन्दा याद आयो आज त शिव रात्री है । बुढीले फोन गरेकी थिइ, उसलाई शिव साह्रै रोमान्टिक भएकाले मन पर्छ रे ! “कसरी रोमान्टिक?” भनेर के सोधेको मात्र थिएँ , “स्वसथानी पढिनस?” उसले अर्को प्रश्न पो थपी । मैले कुरा मोडी हालेँ। जे होस् “ जय शम्भो!” है सबै जनलाई । दुबिधामा नपर्नोस् म भाङ, धतुरो र गाँजा पानमा मस्त छुइन । हाम्रो त्यो भाग्य कहाँ ? सधैं झैँ शिवप्रसाद बिहिन छ यो शिव रात्री । :( हा हा हा ( but hey not advocating for it ni, explaining because I don’t want to go through that Bloggers Adverstising or advocating for sth question again!! sometimes blogging is a depressing Job man.)

हिजो कान्तिपुर टिभिमा “महा शिव रात्री” लाइव हेरिरहेका थियौं ।
“अस्ती त कोही नाङा बाबाहरु थिएनन । ” मैले सबलाई जनकारी दिएँ ।
” म्युजियम मात्र गएको होला भन्न ठानेको थिएँ, पशुपति पनि पुगेको” मम्मी ले भनिस्यो । के सुर चलेछ कुन्नी मलाई प्रश्न गरिस्यो ” अनि शिवजीले के भने त तिमीलाई ?”
बहिनी बाठी टोपलिएर भनि ” खोइ त तेरो शिव ?”
कोठामा हासोँ छायो । म पनि मज्जाले हाँसे ।
तर सबलाई उत्तर चाहिएको थियो!
“तैँ होस् त्यसैले अर्को ल्याइन” मैले शिवजी लाई उत्तर दिएँ! फेरी हाँसो ।
( Many a times home feels like psychos’ paradise! So that’s undoubtedly where my heart it :) )

जे भएनी बेलुका आगो तापिरहेको बेला मैले घरका सबजनालाई फेरी “जय शम्भो” भन्न लगाएको थिएँ । तपाईं लाई त्यसको अर्थ थाहा छ ?
साहिलले ( my Art of Living teacher) भनेका थिए त्यसको अर्थ “म तिमी भित्रको असललपनालाई नमस्कार गर्दछु” ( I salute the Goodness in you)हो रे । कस्तो राम्रो अर्थ है ?

ढुङ्गा देखि देउता सम्म को कुरा भयो है ? तपाईंलाई पनि घरि घरि यि दुई मध्य एक हुन लाग्दैन ? मलाई चाँही त्यसतै लाग्छ । कास म ढुङ्गा जस्तै जड, अचल,सम्बेदना र जीवन रहित हुन्थें । न खुट्टाले हाने फरक पर्ने न त भगवान मानेर पुजे नै । एक कठोर पषाणहृदयि व्यक्ती ।

त्यो नभए ‘देउता” हुनु नि । अरुको कथा, व्य्था सब मिथ्या भएनी बाल मत्लब हुने । रिसा, राग, द्वेश, प्रेम ,सुख, दुख सबैलाई समान देखने । मान्छे हुन त साह्रै गाह्रो रहेछ यार । घरि त्यही ढुङ्गा मुटु मा रखेर हाँस्नु पर्ने, घरि त्यसैलाई शब्द बनाई प्रहार गर्नुपर्ने त घरि त्यही प्रहार को शिकार हुनुपर्ने । कहिले कहीँ चाँही देउता सरह हुनुपर्ने । बिर्सा, हाँस्, हसाउ,बाँच,बाँच्नदेउ Idealistic हुने पर्ने ! खै के के ? संसार बुझे पनि म आफु र आफु जस्तै अरुलाई चाँही कहिले बुझ्नसक्ने छैन जस्तो लाग्छ! र फेरी त्यो ढोका पछाडिको कबिता याद आँउछ:

If you can fill the unforgiving minute
With sixty seconds worth of distance run,
Yours is the earth and everything that’s in it
And which is more-you’ll be a MAN my son.

If- by Rudyard Kipling

छरिएको पानी

-छायादत्त न्यौपाने ‘बगर’
समयजस्तै बगेर गएपछि नफर्किने पानीको स्वभाव र्सवविदितै छ । आजको मानिस व्यवहारमा चौपायाको सिको गर्न तम्सिएको भए तापनि म समाज परीक्षण गरेर निक्र्यौलमा पुग्न चाहन्छु । यही समाजको सदस्यको हैसियतले म विद्यार्थीजीवनका घनिष्ट मित्रलाई पछ्याउँछु । नजिकको मित्रलाई कोठामा पाउँदा उनले कसर नछाडेर खुसी प्रकट गरेकै हुन् । घरजमको थालनीपछि विद्यार्थीजीवन बिर्सिदिनुपर्ने विधान भने मलाई थाहा नभएको कुरा हो । त्यसैले म उनको नयाँ कोठामा पुरानै शैलीले प्रवेश गरेँ, उनै हार्दिक प्रसङ्ग कोट्याएँ पनि । बरालिने बानीले मलाई विभिन्न कार्यालय प्रमुखहरूसँग भेट्ने अवसर दिन्छ । खानेपानीमा, लथालिङ्ग, पत्रालयमा गोलमाल, राससमा थपघट र लुछाचुँडी, मन्त्रालयहरूमा परेको पसारो, धेरै बढुवा- थुप्रै सरुवा, नाई भन्ने पाखा, अँ भन्ने काखा, होइन भन्ने जेल, हो भन्ने विदेश पुर्‍याउनेजस्ता नयाँ परम्पराको विकास तीव्रगतिले भइआएको साजी खबर रहेछ । म सरकारी सङ्घ संस्था र निजी कार्यालय तथा राजनीतिदेखि घरनीतिसम्म काट्ने र जोड्ने विशेषज्ञहरूको घुइँचो नाघेर मित्रकहाँ आइपुगेको छु । मित्र विचलित मनस्थिति र हृदयमा ढुकढुकी लिएर किन आत्तिएका हुन् भन्ने बुझ्न भने मलाई निकै कठिन भएको छ, निकै कठिन ।

मलाई अतीतका क्षणहरूको रसमा देखेर आफू सचेत व्यवहारिक भएको खबर दिन उनले गरेको व्यवहारिक प्रयोगशीलता मैले समयमा चिन्न सकिनँ । गाउँटोलका सोझा जनताले भोग्दै आएको थिचोमिचो, सुकुम्बासीको दौडादौडसँगै यो गाउँ र त्यो ठाउँ यो जिल्ला र त्यो राष्ट्र, जङ्गलको छेउ र खोलाको तीरसम्म पुगेर बिसाउने गरेको छ । त्यो चिथोमिचो सहरिया सभ्यता र मानवताको खोजमा नयाँ प्रयोग भएर बिउँझेको छ । समय थरिथरि पाटा फेरेर हिँड्छ, तर भौगोलिक विकटता भन्ने या मानवस्वभावको भिन्नता मित्रले भलाकुसारीको प्रसङ्ग चुँडालेर प्याच्च “कस्तो पानीझैँ छरिएरका यी केटाकेटी भनेका हुन् ।” मलाई भने मित्रताको सूत्रले विश्वासमा पारेको छ । मेरो योजना र आवश्यकता मित्रको वास्तविकता नङ्ग्याउने थिएन । अहिले भने सत्यता ढाकेर भाकामाथि भाका थप्ने अनुहार हर्ेर्ने र को, के, किन कसरी, कहाँबाट, के को लागि कोमार्फलाई झाँक्री बोलाएर बिरामीको रोग खुट्याउने धामीको अनुकरण गर्ने साँघुरो प्रवृत्ति र रूखो भावनाले घोचेका मानसिक घाउहरू चस्किरहेका छन् । मित्रको दिउँसै लाल्टिन बालेर अनुहार चिनाउने असफल प्रयास र्छलङ्ग ऐनामा आइसकेपछि खुरुक्क छाता टिपेर बाटो समाउनुबाहेक सम्भव नै के – मजस्तो कुनै मन्त्री, राजनेता तथा फुच्चे कर्मचारीसम्म चिन्न नसकेर बरालिनेको उपचार ! पैदल सवारीको लामो यात्रापछि अकस्मात् भेटिने मित्रको तर्कले चेतना अलिकति बिउँझेको छ ।

प्रतिदिन नुन, तेल, चिनी, ग्यासका लागि लाम लागेर खर्च हुने घण्टौँ समय र छरिने पानीका सबलताका ख्याल कसले गर्ने – अस्तव्यस्त राष्ट्रको सामाजिक लदाबदी फराकिलो विसङ्गति र भित्रभित्रै चयातिएका धार्मिक खोलहरूमा पसेर जाडो छल्ने कुशल वक्ताको स्वागत गर्ने रहरले भित्र पनि मजस्तै गरी उदाङ्गो भएको गोपनीयता यहाँनेर भङ्ग हुन्छ, उनी आफूलाई परिपक्क ठान्छन् । अगाडि ढाकेर मख्ख पर्दा पछाडि फराकिएको भ्वाङ् मित्रलाई कसले देखाइदिने, खोइ मैले त केही बुझिनँ र अरूलाई त चासो पनि भएन नि । स्वयं मित्र भन्नुहुन्छ, स्वार्थका आनन्दी र अक्कलका बन्दीज्यूहरूको भनाइ नै सत्य होइन भन्दै तथ्यपर्ूण्ा भनाइ थप्नु सत्ताको उछितो हारालुछ गर्ने राजनीतिका धुरन्धरहरूको खिचलोले पार्टर्ीीत्र तानातान गरेको छ । समाजमा देखिएको हिनामिना र पारिवारिक पिरोलामा परी छरिने जुनसुकै मुद्दामामिलाको फैसला गर्ने न्यायाधीश पदमा लगनशील स्वभाव, आत्मीय व्यवहार, स्वच्छ परिवेश, स्थित मनस्थिति नियुक्त गरी टिकाउ परिचालन अनिवार्य छ, जसले गर्दा छरिएको पानी र पोखिएका पीठाको समुचित जतन हुन सकोस् । अतीतमा खिइन गएका पाइलाहरू मोडेर दिशाबोध गरी खुकुरीमा धार लगाउने जाँगरले अचानोको बेथा बुझ्ने बानी बसाले यहीदेखि स्वस्थ सामाजिक जीवनको जग बस्ने भावी पिढीको लागि उदाहरण बन्न सकिने दाबी उहाँले गर्नुभएको भए मित्रसँगको भलाकुसारी काम लागेको छ भन्न मैले हिच्कनुपर्ने थिएन मित्रको यो प्रयासमा म भित्रको चिस्यान नसुकेर कठ्याङ्ग्रिनु परे पनि मैले मित्रको प्रशंसा नगरी नहुने होला तर प्रशंसा गर्ने शैली कस्तो अपनाऊँ ! म अलपत्र छु । गोरेटोमा अभ्यास गरी राजपथ हुँदै घण्टौँ बरालिएर जुत्ता खियाउँदै थुप्रै विचारहरूसहित मित्रको घर फेला पारेको हुँ र उपलब्धि पानीमा गएर ठोक्किएको हो ।

यसको जिम्मेवार व्यक्तित्व म नै हुँ । आशा पलाउँछ, घाम झुल्कन्छन् कि तर कस्तो विसङ्गति आँखा तान्ने र पटकपटक धाउने गरे पनि अनुहार चिनाउन बाँकी रहन्छ, मध्यरात्रिको अँध्यारोले आत्मीय दैलो छेलेको छ भन्ने ठानेको त खाँचो पो भएछ । यसैले म सुइँय सुस्केराको भाषामा दिनदिनैको स्मरण र उम्लेका पानीसँग नुन खर्ुसानीका स्वाद लिएर न्रि्रादेवीको निम्तो स्वीकार गर्ने भएको छु । आखिर आफन्तको अभावमा मान्छेको प्राप्ति र छरिएका पानीका दसा पनि त यस्तै हुन्छ । मलाई संरक्षण दिने जिम्मेवारी तपाईंलाई सुम्पेर म भेद खेल्दै छु, दया गर्नुहोला । यस्तै असाधारण मित्रहरू मलाई निकै फेला पर्ने गर्छन् उस्तै साधारण कामको लागि । यहाँनेर एक अर्कामित्र भेटिनुभएको छ, प्रशस्त ऐनाहरू देखाएर अनुहारको किटान गर्न सक्ने सारै प्रशंसनीय कला उहाँसँग छ । उहाँलाई भेटेपछि म गन्तव्य बिर्सर्ेेउहाँकै बखानमा अलमलिन्छु । केही मह�वपर्ूण्ा क्षणहरू गुमेपछि फर्किँदा मेरा कर्तव्यहरू यत्र-तत्र र्सवत्र असरल्ल परेको पाउँछु । मलाई अकर्मण्यतामा बरालिएका प्रशासन कार्यालयहरू र लगाम चुँडेका वक्तव्यहरूको हाइदुहाइपर्ूण्ा चर्काचर्की बहसले भरिएका कापीकिताब र छरिएका पानीले रूझेका पाइन्ट, जुत्ताहरूमा पाइने गन्ध सुँघेर पलङमा सुस्ताउँदा भेटिने निर्ण्र्ााकुन हो भनेर सोध्न मन लाग्छ तर असाधारण मित्रसँग होइन म तपार्इंहरूसँग सोधिरहेको छु । सडकमा छरिएका पानीको मह�व अरू केही छ कि – कुनै सुश्रूषाबिना पानीले पखाल्ने, चिस्याउने गत्यात्मक स्वभाव तथा गुणत्मक स्थायित्व जोगाइराखेको हुन्छ । स्वच्छता र व्यवस्थितरूप दिए थुप्रै घाँटीहरू भिजाइ जीवनाधार बन्न सक्ने पानीको दृढताले म छक्क परेको छु । म पानीकै कल्पना गरी बग्न थाल्छु । कहिलेदेखि संगालेको मैलो पखालेर पानीको मह�व बुझे र यथार्थमा पुग्छु । पानीजस्तै छरिने जीवनका चरणहरूमा आउने विविध घुम्तीहरूको गति खिरिलो पारी भित्रसम्म घाउ पार्ने तीखा काँढाहरू पन्छाउँदै तन-मन र व्यवहारको समन्वय हुन सके छरिएको पानीलाई पाइप तथा भाँडिएको समाजलाई अनुशासनले पछ्याउनेछ । भत्केको मनस्थिति र बिथोलिएको व्यवस्थाका कारण उपवास बस्नुपरेको रात्रि खिइँदै जान्छ । र्सर्ूयले प्रकाश छरेर स्थिर, अडिलो, सौम्य, सिर्जनशील जीवनका तेजिला किरणले आउँदा क्षणहरूमा उज्यालो ल्याइदिनेछ र व्यवस्थित जीवनयात्राका घुम्तीहरू सजिलै देख्न पाइन्छ भन्ने विश्वासले चौबाटामा पर्खिबस्ने यात्री बनाउँछ, कर्तव्य नछाड्ने आत्मबल मलाई यिनै अनुभूतले दिन्छन् । समयको गतिसँग चल्ने यो चेतनशील प्राणीलाई आउने दिनहरूले दिने खुराकसम्बन्धी चर्चापरिचर्चा परिचित तथा अपरिचित मित्रहरूबीचको पुनर्मिलनपछि प्रकाशमा आउनेछ । यही सूचनालाई आधार मानेर थरिथरि मौसम र मानसिक भीडमा म पनि प्रतीक्षारत रहने निधो गरेको छु, छरिएको पानीले पाइप र भाँडिएको मानसिकताले अनुशासित व्यवहारयुक्त गतिशील जीवनशैली अँगालेको हर्ेर्ने ।

जिउदै जीवाश्म भइरहेजस्तो !

-प्रा.डा. माधवप्रसाद पोखरेल
कुनै प्रागितिहासिक जीव पृथ्वीभित्रको हलचलले गर्दा चट्टानभित्र च्याप्पियो भने, अथवा ओरिपरिको ताप र चापले शिला भयो भने, त्यसलाई जीवविज्ञानमा जीवाश्म अथवा जीवावशेष भन्दछन् । अङ्ग्रेजीमा त्यसैलाई फसिल पनि भन्दछन् । समुद्रमुनि भुइँमा थुप्रिएका जीवहरू पनि समुद्रको करोडौँ टन गरुङ्गो पानीले थिचिएर शिला बन्छन् । हाम्रो कालीगण्डकीका बगरमा पाइने साक्षात् विष्णुभगवान्को रूप शाल्रि्राम पनि प्रागितिहासिक शङ्खेकिराकै जीवाश्म हो भन्ने भर्ूगर्भविद्हरूको भनाइ छ । जुन प्र्रक्रियाबाट कुनै जीव जीवाश्म बन्छ, म पनि त्यही प्रक्रियाबाट विस्तारै जीवाश्म भइरहेजस्तो मलाई लागिरहेको छ । म दिनहुँ आफ्ना अङ्गप्रत्यङ्गहरू शिथिल भएर निकम्मा भइरहेको छु; हरदम आफ्ना कोशहरू बेकामे भएर मरिरहेको छु अनि अलिअलि गरेर आफ्ना कोशगुच्छ -टिस्यु) हरू नष्ट भएर सिद्धिइरहेको छु । ‘नेस्नल ज्योग्राफिक’, ‘एनिमल किङ्डम’ र ‘वाइल्ड अमेरिका’ मा उप|mँदा उप|mँदैको मृगलाई सिंह, बाघ, चितुवा, ब्वाँसा र हुँडारहरूले जबर्जस्ती लास बनाएभैFm समयका अड्का र छेकाहरूले जेलेर मलाई नै जिउँदै जीवावशेष बनाइरहेजस्तो मलाई लागिरहेको छ । आफ्नो क्षमतालाई पर्ूण्ातया उत्पादनमा अनुवाद गर्नै नपाई म क्रमशः जीवाश्म भइरहेको छु । मेरो समाजको उत्थान र उन्नतिका लागि मैले गरिरहेको प्रयास पनि, खालि आपैFm रमाउनलाई मात्र रहेछ, अरूले त्यसको कदर गर्ने चलन मुलुकमै नभएकाले मेरो मेहनत बालुवामा पानी खन्याएजस्तो मात्र भइरहेको भान भइरहेको छ । मेरो जन्म धरानको विजयपुर भन्ने गाउँमा भएको हो भन्ने कुरो मेरा पाठकहरू धेरैलाई थाहा छ । म केटाकेटी हुँदा धरान आजको जस्तो बहुजातीय थिएन । विजयपुर डाँडागाउँ मूलतः बाहुनहरूको बस्ती थियो; विजयपुर बजारमा चाहिँ नेवारहरू बस्तथे । धरान बजारमा नेवार र मारवाडीहरू धेरै देखिन्थे; छेत्रीबाहुनका बस्तीहरू पनि छुट्टै र छयासमिस दुवै किसिमका थिए । स्थायी बसोवास गर्ने अलिअलि मगरहरू र तामाङहरू थिए । दर्ुइचार घर र्राईलिम्बु पनि थिए होलान् । कामी, दमाईँ र सार्कीहरू त जहाँ पनि भइहाल्नुपर्ने हो जस्तो लाग्छ । तिनीहरू पनि थिए । त्यस वेला मैले चाल पाएका धरानमा स्थायी बसोवास गर्ने जाति र जनजाति त्यति नै थिए । त्यस बेला धरान पर्ूवाञ्चलको ठूलो हाट थियो । हरेक सुकबार र शनिबार पुरानो बजार र नयाँ बजारमा पालैपालो हाट लाग्थ्यो । हाट के भन्नु – त्यहाँ एक किसिमले पर्ूवाञ्चलको मेलै लाग्थ्यो । अहिलेका पहाडी र हिमाली जिल्ला धन्कुटा, तेरथुम, ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ र सोलुखुम्बुदेखि अनि तर्राईका जिल्ला मोरङ र सुन्सरीका हटुवारेहरू त्यति बेलाको धरानमा हाट गर्न आउँथे । मैले आज नाम लिएका यी जिल्लाहरू मध्ये कति जिल्लाको त त्यति बेला नामै थिएन । त्यति बेला पचहत्तर ओटा जिल्लै थिएनन् । मैले माथि उल्लेख गरेका जिल्लाहरूमा हिमाली प्रदेशका शर्ेपा, पहाडी प्रदेशका र्राई, लिम्बु र याक्खा, तर्राई प्रदेशका थारु र अरू छयासमिस गरी बाहुन, छेत्री, तामाङ, गुरुङ, मगर, र्घर्ती, कामी, दमाईँ र सार्की जस्ता अनेक जाति र जनजातिहरू धरानमा हाट गर्न भनूँ कि मेला भर्न भेला हुन्थे । पर्ूवाञ्चलका ती हटुवारेहरूले आफूसित ल्याएका बेग्लाबेग्लै पोसाक, पहिरन, गरगहना, अनुहारको बान्की र ढब, उनीहरूले बेच्न ल्याएका जातजातका सांस्कृतिक वस्तु, सीप, भाषा, मिजास, लोकगीत, लोकनृत्य र पारस्परिक मायाप्रर्ीर्ति र झैझगडाको अन्तरक्रियाबाट धरानको वर्तमान सामाजिक र सांस्कृतिक डाँफेचरी जस्तो बहुरङ्गी संस्कृतिका पत्रैपत्र अनेक जलप लाग्दै गएछन् । हटुवारेहरूले हप्तैपिच्छे छोडेका तिनै पत्रे जलपहरूले वर्तमान धरानको सांस्कृतिक जग बनेजस्तो मलाई लाग्छ । अचेल त मूलबाटाहरू धेरै बनेकाले र यातायातको सुविधाले गर्दा धरानको त्यो समन्वयात्मक हटुवारे संस्कृति नै इतिहास भइसक्यो । यति बेला मलाई सम्पर्ूण्ा नेपाल नै धराने हाट जस्तो लाग्छ । नेपालका बेलाइती सैनिकहरूलाई ‘पिल्सिङ’ -पेन्सन) थाप्न सरक परोस् भनेर धरानको भोटेचौरी र फुस्रेमा ‘मलाया क्याम्प’ -ब्रिटिस क्याम्प) बस्ता म पाँच वर्षो थिएँ हुँला । त्यसपछि ‘पिल्सिङ थाप्ने’ गोर्खा सिपाहीहरू र तिनीहरूका आफन्तहरूले विस्तारै ढाकेर धरानको जनघनत्व आजको अवस्थामा आइपुग्यो, तर धरानको पुरानो हटुवारे संस्कृतिको फूलबुट्टे बान्की त स्थायी रूपमा धरान बस्नेहरूले दिन सक्ता रहेनछन् । धरान पर्ूवाञ्चलका झन्डै झन्डै सबैजसो जनजाति पाइने रङ्गीबिरङ्गी संस्कृतिको केन्द्र भएकै छ । म त्यसै बगैँचामा हर्ुर्केको बोट हुँ । मार्क्सवादको सामान्य ज्ञान पाएपछि अनेक नेपाली जात र जनजातिलाई चिन्ने मेरो दृष्टिकोणमा आमूल परिवर्तन भयो । पारिवारिक संस्कारले गर्दा, त्यसभन्दा अगाडि मैले आफू बाहुन भएर उनीहरूलाई आफूभन्दा बेग्लै खालका मान्छेका रूपमा चिनेको थिएँ भने, त्यसपछि उनीहरूलाई आफू जस्तै मान्छेका रूपमा चिन्न थालेँ । विश्वको सामान्य ज्ञान बढाउने दिशामा म जति गहिरिँदै गएँ, उति मलाई संसारभरका हेपिने मान्छेहरू एकनासका लाग्न थालेका छन् । अन्यायमा परेका संसारभरका मान्छेहरूको कन्तबिजोक टिभीमा देख्ता अनि कथा र उपन्यासमा पढ्दा समेत मेरा आँखा नरर्साई छोड्दैनन् । डेक्कन कलेजमा पिएचडी गर्न पुगेपछि मैले नेपालका सबै मातृभाषाहरूको भाषिक विश्लेषण गर्न सक्ने हुन्, र ती सबै भाषाहरूको व्याकरण र शब्दकोश बनाउन सक्ने हुन् र ती अनेक भाषाहरूको पारस्परिक ऐतिहासिक साइनो केलाउन सक्ने हुन् जति कुरा सिक्नु अनिवार्य थियो, ती कुरा सिकेँ । नेपाली भाषामा आफूले पढेका ती सिद्धान्तहरूको प्रयोग त मैले पुनामै हुँदा गर्न थालेँ, तर नेपालका अरू भाषाहरूको अध्ययन गर्न चाहिँ मैले नेपाल आएपछि मात्र थालेँ । नेपाल आएपछि मैले अध्ययन गर्न थालेको पहिलो जनजातिको भाषा लिम्बु थियो ।

जनआन्दोलनपछि कवि वैरागी काइँला सदस्य भएपछि, नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानले इमानसिंह चेम्जोङले बनाएको ‘लिम्बु-नेपाली-अङ्ग्रेजी शब्दकोश’ लाई संशोधन, सर्ंवर्धन र परिमार्जन गरेर प्रकाशित गर्ने योजना बनाएछ । त्यसमा डा.सुभद्रा सुब्बा र डा.बल्लभमणि दाहाल सल्लाहकार हुनुहुँदो रहेछ । उहाँहरूकै सल्लाह अनुसार लिम्बु गाउँगाउँमा शब्द बटुल्न जानेहरूलाई तालिम दिने कार्यशालाहरू चलाइएका रहेछन् । त्यसैबीच कुनै दिन सम्भवतः ध्वनिविज्ञान वा वर्ण्र्ााज्ञानको तालिम दिन डा.दाहालले मलाई बोलाउनुभएको थियो । मैले एउटा क्लास लिएपछि वैरागी काइँलालाई कस्तो प्रभाव परेछ कोनि, त्यसपछिका धेरैजसो क्लास लिन उहाँले मलाई बोलाउनुभयो । त्यो कार्यशालापछि शब्दकोश प्रकाशित नहोउञ्जेल लिम्बु भाषाको वर्ण्र्ाायाकरण, शब्द-व्याकरण, वाक्य-व्याकरण, केही अर्थ-व्याकरण अनि लिम्बु भाषाका भाषिकाहरूको पारस्परिक सम्बन्ध केलाउन पनि उहाँले मुख्य रूपमा मलाई नै सामेल गराउनुभयो । लिम्बु भाषाको गोलित आकार प्रस्ट रूपमा ताप्लेजुङका लिम्बुहरूले मात्र उच्चारण गर्न सक्ने मैले पाएँ । अरूतिरका लिम्बुहरू चाहिँ नेपाली भाषा बोल्नेहरूसितको छयासमिस सर्म्पर्कले गर्दा अकारको उच्चारण गर्दा ओठ गोलो पार्दा रहेनछन्; नेपाली भाषाकै जस्तो अकार उच्चारण गर्दा रहेछन् । लिम्बु भाषाको त्यो गोलित अकारको खोजी गर्न मलाई कवि काइँलाले ताप्लेजुङसम्म पनि पुर्याउनुभयो । मैले लिम्बु वर्ण्र्ााको र शब्द-व्याकरणको विश्लेषण गर्ने कार्यशालाहरू एकेडेमीमा पनि सञ्चालन गरेँ । पन्ध्रदिनसम्म धुलाबारीमा कवि काइँलाका घरमा बसेर पनि मैले लिम्बु वर्ण्र्ाायाकरण र शब्द-व्याकरणका कार्यशालाहरू तालिम दिएँ । मैले पुनामा पढेको कोशविज्ञानको प्रयोग मैले लिम्बु भाषाकै शब्दकोशमा सबभन्दा पहिले गर्न पाएँ । यसरी उहाँको र मेरो पारस्परिक सङ्गतले गर्दा नेपालका राष्ट्रिय भाषाहरू मध्ये कुसुन्डा बाहेक लिम्बु भाषाकै विषयमा सबभन्दा बढ्ता ज्ञान मैले बढाउन पाएँ र वैरागी काइँला चाहिँ आफ्नो भाषाका विषयमा झनझन गहिरिएर जान्न खोज्ने उत्सुकताले गर्दा आज लिम्बु भाषाका विषयमा सबभन्दा बढ्ता जानकारी राख्ने अद्वितीय विद्वान्का रूपमा स्थापित हुनुभयो । यस्तै कार्यशालाको परिणामस्वरूप दिलेन्द्र सुब्बाले भाषाविज्ञानमा एमए पढेर पार लगाए । गोविन्द सुब्बाको संयोजकत्वमा ‘नेपाली राष्ट्रिय भाषा संरक्षण संस्था’ ले आयोजना गरेको लिम्बु भाषाका भाषिकाहरूको र्सर्वेक्षण गर्ने एउटा कार्यशाला पनि मैले सञ्चालन गरेँ । लिम्बुहरूको सिको नेपालका अरू कुनै पनि जनजातिले गर्न सकेको मैले चाल पाइँन । लिम्बु भाषाकै कार्यशालामा तालिम लिने एउटा व्यक्ति थिए अमृत योञ्जन । ती कार्यशालाहरूमा लिम्बु भाषाको विश्लेषण गरेको देखेर उनले पनि मलाई तामाङ भाषामा कार्यशाला सञ्चालन गरिमागे । वैरागी काइँलाले सुरुसुरुमा एकेडेमीबाटै त्यस्ता कार्यशालाको आयोजना गरिदिनुभयो । पछि अमृतले याक्सन एइड वा अरू संस्थाहरूसित आर्थिक बल मागेछन् । अमृत योञ्जन र उनका साथीहरूलाई यसरी पन्ध्र-बीस पल्ट मैले तामाङ भाषाको विश्लेषण गर्न सिकाइदिएँ । वैरागी काइँलाकै माध्यमबाट त्यसपछि मैले मगर भाषाको कार्यशाला सुरुमा एकेडेमीमै सञ्चालन गरँे । हर्षहादुर बुडा मगरले निकालेको ‘मगर व्याकरणको प्रारूप’ भन्ने किताब त्यसै कार्यशालाको परिणाम हो । पछि लोकबहादुर थापा समेत सामेल भएको कार्यशालामा देवनागरी लिपिमा मगर भाषा कसरी लेख्ने भन्ने तालिम मैले दिएँ । मगर भाषाको शब्दकोशमा पनि धेरै पल्ट सामेल भएँ । वैरागी काइँलाले त्यसपछि सुनुवार भाषाको कार्यशालाको आयोजना गरिदिनुभयो । मैले सुनुवार भाषाको पनि कार्यशाला एकेडेमीमै सञ्चालन गरेर सुनुवार भाषाको प्रारम्भिक विश्लेषण गरिदिएँ । लाल रापचा त्यसै कार्यशालाको परिणामस्वरूप भाषाविज्ञानमा अघि बढे । पछि मैले काठमाडौँ र पोखरामा ‘तमु छोँज धी’ भन्ने संस्थाले आयोजना गरेको कार्यशालामा गुरुङ भाषामा विश्लेषण गर्ने कार्यशाला सञ्चालन गरेँ । ‘तमु बौद्ध समाज’ ले आयोजना गरेको कार्यशालामा पनि ग्लोभर भन्ने अस्ट्रेलियाली भाषावैज्ञानिकसित मैले विशेषज्ञ भएर काम गरेँ । डा.रेमबहादुर गुरुङलाई गुरुङ भाषाको शब्दकोश बनाउन पनि मैले सहयोग गरेँ । त्यस्तै लालबहादुर गुरुङलाई गुरुङ भाषाका भाषिकाहरूको र्सर्वेक्षण गर्न सघाएँ । त्यसपछि मैले साम्पाङ र्राई, खालिङ र्राई, दुमी र्राई, चाम्लिङ र्राई र राजवंशी भाषाको विश्लेषण गर्ने कार्यशालाहरूको नेतृत्व गरँे । बाहिङ र्राई, मेवाहाङ र्राई, बान्तवा र्राई, शर्ेपा र व्यासी भाषाको वर्ण्र्ाार्धारण गर्ने काममा मैले सघाइदिएको छु । मैले पहरी भाषाको वर्ण्र्ाार्धारण र आलेखन गर्न बडिखेलका पहरीहरूलाई सघाएँ । थकाली र खाम भाषाको शब्दकोश र उच्चारणमा मैले विशेषज्ञ भएर काम गरेको छु । विसं २०५४ मा मैले खोटाङ जिल्लाको निगालवास भन्ने ठाउँमा रकोङ र लुलाम भन्ने दर्ुइओटा र्राईभाषा फेला पारेँ । त्यसको एक वर्षछि झापा जिल्लामा खडिया भन्ने आग्नेय परिवारको नयाँ भाषा फेला पारेँ अनि त्यसै अध्ययनमा झाँगड -कुडुँख), मेचे -बोडो), धिमाल, सतार -सन्ताल) र राजवंशी -ताजपुरिया) भाषाको पनि स्थलगत अध्ययन गरेँ । विसं २०५६ मा रामेछाप जिल्लामा हायु, माझी र सुनुवार अनि दोलखा जिल्लामा थामी, दोलखा नेवारी, शर्ेपा, जिरेल, र तामाङ भाषाको स्थलगत अध्ययन गरेर र्फकने क्रममा सङ्खुवासभा जिल्लाको तोम्याङ -अथवा चाङ्खा) र्राई भाषा फेला पारेँ । दर्ुइतीन वर्षअगाडि चितवन र तनहुँ -दमौली र पीपलटार) का दर्राई भाषाका भाषिकाहरूको स्थलगत अध्ययन गरेँ अनि एकडेढ वर्षअगाडि लोप हुनै लागेको कुसुन्डा भाषा जोगाउन जनजाति प्रतिष्ठान र भाषाविज्ञान विभागले संयुक्त रूपमा सञ्चालन गरेको तीन-महिने भाषिक अभिलेखीकरणमा सहकार्य गरेँ । मैले याक्खा भाषाको वर्ण्र्ाााकरण र शब्दव्याकरणको अध्ययन गरेको छु ।

स्थलगत र्सर्वेक्षण गरेर मैले झन्डै पैँतालीस-छयालीसओटा भाषाका तथ्याङ्कहरू बटुलेको छु । म बाहेक अर्को कुनै पनि स्वदेशी अथवा विदेशी भाषावैज्ञानिकलाई नेपालका यति धेरै भाषाहरूका विषयमा सामान्य ज्ञान छैन होला । मैले चाहिँ अर्को मान्छे भेटेको छैन । आफूले सिकेर आएको भाषाविज्ञानको सिद्धान्तको नेपालका भाषाहरू केलाउन प्रयोग गरिहर्ेदा मलाई बीजगणित, त्रिकोणमिति र क्याल्कुलसका समस्या समाधान गरेजस्तो अत्यन्त आनन्द र सन्तुष्टि मिल्छ । नेपालका कतिपय भाषाहरू केलाउँदा के पनि भेटिन्छ भने, कुसुन्डा र किराँती भाषामा जस्तै भाषाविज्ञानमै कतै पनि उल्लेख नभएका व्याकरणका नौला विशेषताहरू फेला पर्छन् । भाषाविज्ञानकै सिद्धान्तमा एउटार् इंट थप्न सक्ने यस्ता तथ्य फेला पारेपछि एउटा वैज्ञानिकलाई नयाँ तथ्यको आविष्कार हुँदा आनन्द भएभैFm अत्यन्त आनन्द र सन्तुष्टि मिल्छ । कुनै भाषाको वैज्ञानिक खोजी गर्दागर्दै त्यो भाषा बोल्ने जातिको सांस्कृतिक, भौगोलिक र मानवशास्त्रीय जानकारी पनि बढ्ने हुनाले भाषाविज्ञानका सुरबाट मलाई रङ्गीबिरङ्गी डाँफे जस्तो नेपाली संस्कृतिको ज्ञान पनि भइरहेकाले आफू एउटा सांस्कृतिक विविधताले अलबल्ले धनी मुलुकको नागरिक भएको बोध हुन्छ । जनजातिका भाषामा यति धेरै जानकारी बढाएकाले म गुरुऋणबाट त आंशिक रूपमा मुक्त भइरहेकै छु, तर मुलुक चलाउने मिसिन, विश्वविद्यालय चलाउने मिसिन र जनजातिहरूलाई चलाउने मिसिन तीनओटैेले मेरो क्षमता अनुसार मेरो पर्ूण्ा दोहन गर्न सकिरहेको मलाई अनुभव भइरहेको छैन । लिम्बुहरूले जस्तो अरू जनजातì

खाडी मुलुक साउदी अरेविया र नेपाली कामदारहरु (चिज कुमार श्रेष्ठ)

हामी नेपाल भन्दा निकै टाढा छौं अनि हाम्रो समाज, आफन्त र परिवारलाई चटक्क छाडेर यो विरानो मुलूकमा रोजीरोटीको लागि भौतारिरहेका छौं । हामीले प्रतिनिधित्व गर्ने यो जमात न त तपार्इर्र्र म मा मात्र सीमित छ, यो त उर्लेको भेल जस्तो गड्गडाएर विदेसिने क्रम अनवरत क्रममा थपिदै गएको छ । त्यसमाथि पनि गरिवीले च्यापेर होला वेरोजगारीले विवश तुल्याएर होला, ठूला राष्ट्रभन्दा पनि जान सजिलो र अन्य देशहरुको तुलनामा सस्तो आर्थिक जोह जुटाएर रोजगारीको लागि सहजै पुग्न सकिने गन्तव्य भने खाडी मुलुक भएको छ । जति सजिलै यहाँ भित्रिइन्छ त्यति नै गाह्रो छ यहाँको वातावरणमा आफूलाई समायोजन गर्न ।
आगोको लप्कामा होमिरहेका यिनै नेपालीहरुको दीनचर्या, यहाँको वातावरणलाई सत्यतथ्य समाचार, सुझाव र सूचना प्रदान गर्ने मुख्य श्रोत भनेको त यहाँका नेपालीहरु नै हुन् जो नेपाल छुटीमा फर्केर यहाँको वातावरण अवगत गराउँन सक्दछन तर छुटी लिएर नेपाल र्फकने हरकोहीले तीनसालको अवधिमा पाएको छोटो विश्रामको अवस्थामा दुःखका सागरहरु आफन्त र परिवारलाई सुनाउँन मनासिव नठान्लान । अर्को एउटा बाटो भनेको यहाँबाट प्रकाशित हुने पत्रपत्रिका तथा वेभ साइट हो । तीनवर्षो सुखा जीवन विताएर नेपाल पुग्दा धेरै परिवर्तनहरु आइसकेको हुन्छ । साना साना नानीहरु ठूला भइसक्दछन् । गाउँघर र हावापानी नै परिवर्तन भइसकेर अर्कै मुलुृक छिरे जस्तो पनि नलाग्ने होइन । नेपाल पुग्दा अलिकति हामीमा पनि परिवर्तनहरु आउँने गर्दछ नै । तीन साल खाडी मुलुक बस्दा हाम्रो शारीरिक तथा मानसिक तवरमा परिवर्तनहरु हृुनु स्वभाविक नै हो र आर्थिक अवस्था पनि केही न केही मात्रामा सुधार त हुन्छ नै । त्यसैले होला एयरपोर्टमा ओर्लने वित्तिकै डोरी लाउरेको उपाधी पनि पाउँने गर्दछन्, यिनीहरुले । गाउँ पुगेपछि सवैको नजर उनैमा हुन्छ, विदेशको रमझमका कुरा सुन्न चाहनेहरुको भीडले घरआँगन दशैंको माहौल झैंं लाग्ने गर्दछ अझ परदेशबाट लगेका सस्ता नै किन नहुन त्यस्ता सामानहरुले निकै ठूलो महत्व पाउँने गर्दछ ।
यिनै देखासिकीले गाउँघरमा वेरोजगार भएर वसेका नवयुवामा जोस जाँगर भरिएर म पनि विदेश जान्छु भीसा मिलाइ देउ न भन्नेहरुको ठूलै जमात बन्ने गर्दछ । उमेर ढल्की सकेकाहरुले पनि नयाँ जोसका साथ परदेसिने कल्पना गर्न थाल्दछन् । कल्पनामा साहुको ऋण तिरेर गैरी खेत छुटाएको सपना देख्न पुग्छ, छोरालाई राम्रो वोडिङ स्कूलमा पढाउँने सोच्न पुग्छ । ठूली भएकी छोरीको राम्रोसँग कन्यादान गर्ने मनसायले जस्तोसुकै काम भने पनि गर्ने प्रतिवद्धता गर्दछ मनमनै र भासिन पुग्छ दलदलभित्र ।
खाडी मुलुक के हो ? यहाँको परिवेश कस्तो छ ? के काम गर्नुपर्ने हो ? कस्तो योग्यताको खाँचो पर्दछ ? खान, वस्न कम्पनी तथा कपिल ?मालिक) ले दिन्छ या दिन्न ? कति पैसा कमाइन्छ ? कति वचाउँन सकिन्छ ? आदि विषय र प्रश्नहरु गौण राखेर परदेसिने गर्दछन् । म्यानपावर तथा एजेण्टहरुले पनि वास्तविकता के हो भनेर भन्नु भन्दा पनि फुरुक्क पारेर पैसा झार्ने प्रवृति देखाउँछन् । एकै सालमा करोडपति बन्ने सपना देखाइदिन्छन् । हुन त ती एजेन्डलाई पनि के दोष, खाडी मुलुकमा कस्तो अवस्था छ भन्ने बारे ती एजेण्ड र म्यानपावर खोली वस्ने पनि अनविज्ञ हुन्छन् भने कतिपयले यहाँको अवस्था थाहा पाएर पनि लुकाउँदछन् । वरु थाहा पाएर लुकाउँनु भन्दा पनि यहाँको अवस्था वारे जानकारी दिएर, ग्याँस र तेलका कुवाहरुमा कसरी काम गर्ने, कस्तो सावधानीहरु अपनाउँने, गर्मी निकै हुने हुँदा कस्तो कपडा लगाउँने, कसरी रोड दुर्घटनाबाट वच्ने आदि विषयमा टेनिङ दिएर पठाउँने व्यवस्था गर्न सके यहाँ आउने नेपालीहरुलाई केही राहत हुने थियो नै ।
विदेशको भूमिमा टेकेपछि वल्ल होस खुल्छ वास्तवमा विदेश सपना र कल्पनामा देखिएको जस्तो अग्ला आलिसान शहर नभएर अभाव र मरुभूमिय धरातलमा आफूलाई पाउँदा एकछिन त सवै विरक्तिन्छन् नै तर पनि विवशता आफूसँग त छ नै । बरु यहाँ आएर पाउने दुःख वारे पहिले नै नेपालमा नै थाहा पाउँन सके यहाँको वातावरणमा घुल्ने अभ्यासहरु त तिनले गर्दथे होला नि । गर्मीमा यहाँको तापक्रम ५० डिगीभन्दा माथि पुग्ने गर्दछ, जाडोमा कठांग्रिने जाडोको प्रलय सहनु पर्दछ । तेल र ग्याँसका कुवामा काम गर्नु निकै खतरा हुन्छ नै । समाचारहरुमा सुनिएकै कुरा हो निकै मानिसहरु यहाँ ग्याँस र तेलका कुवामा सावधानी अपनाउँन नसकेर ज्यान फाल्दछन् भने ट्राफिक नियम थाहा नपाएर दुर्घटनामा पर्नेहरुको संख्या पनि वृहद छ ।
यस्तो परिवेश हुदाँहुँदै पनि खाडी मुलुक भित्रन इच्छा गर्नेहरुको संख्या निकै छ सायद सूचनाहरु नपाएर होलान् या विवशता र वाध्यतासँसगै परिवार र घरको भित्तो टाल्न नसकेर होला । तर जव यहाँको वातावरणमा मान्छे खुट्टा टेक्न पुग्दछ । यी यावत समस्याहरुको निराकरणको उपाय भनेको एउटै छ त्यो हो, उचित शिक्षा, यहाँको वातावरण बारे सूचना, स्पष्ट जानकारी, सावधानका उपायहरु, कम्तिमा सामान्य यहाँको भाषाको ज्ञान । यहाँ आएर गर्नुपर्ने काम बारे जानकारी संगसंगै अभ्यास र टेनिङ तथा अनुभवहरु वटुल्न जरुरी छ ।
नेपाल सरकारले यहाँ भित्रने कामदारहरुको लागि विशेष टेनिङ सुविधा अनि रोजगारदाता कम्पनी तथा राष्ट्रसँग कामदारहरुको काम तथा ज्यानको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने हुन्छ । साथसाथै रोजगारदाता कम्पनीसंग नेपाली कामदारको वेतन वारे स्पष्ट संझौता हुनर्ुपर्दछ । खाडी मुलुकमा काम गर्न भने जस्तो सजिलो नहुने हुँदा सरकारले यस्ता देशमा काम गर्न जानेहरुको लागि विशेष छुट जस्तै प्रिm भिसा र प्लेन टिकट निशुल्क गर्न रोजदारदाता कम्पनीसँग संझौताका प्याकेजहरु सरकारले वनाउँनु पर्दछ । यहाँ आइसकेपछि निकै कम्पनीमा नेपालीहरुले वारम्बार धोका खाइरहेका छन् । यहाँका कम्पनी मालिकहरुले भनेको कामभन्दा अर्कै काम लगाउँने । नेपालमा भनिइएको करार भन्दा यहाँ पृथक पाइने आदि समस्याहरु निकै सुन्न पाइन्छ । हुन त कतिपय नेपालीहरुले भने सरहको काम र दाम पाउँदा पाउँदै पनि धेरै कमाइने लोभमा कम्पनी छोडेर भाग्ने गर्दछन् । यस्ता समस्याहरुको निराकरणका लागि राजदूतावासको पहलले निकै नै माने राख्दछ । तर सानो त्यसमा पनि पावरलेस राजदुतावासले साउदी अरेवियाको सम्बन्धमा गौण भूमिका मात्र खेलेको हो कि भन्ने सोच यहाँका नेपालीहृरुले राख्ने गरेको पाइएको छ ।
नेपाली राजदुतावास रियादले आफनो हैसियत, सिमा र अधिकारले भ्याएसम्मको सहयोग गरिरहेको दावी यहाँका राजदुतावास परिवारले गर्दछन् । साउदी अरेवियाका लागि नव नियुक्त राजदुत हमिद अन्सारीले प्रजातन्त्र दिवशको दिन पारेर साउदी अरेवियाका नेपालीहरको सम्रस्या समाधान गर्न यथाशक्य प्रयास गर्ने आकांक्षा राख्नुभयो । उहाँलाई साउदी अरवमा स्वागत छ उहाँले राख्नु भएको इच्छा पूरा होस भन्ने कामना हामी पनि गर्दछौं ।
गैर कानुनीरुपमा भित्रिएका नेपाली महिला घरायसी कामदारको समस्या यहाँ विकराल छ । कति महिलाहरु भागेर दाजदुतावासको शरण पुग्ने गर्दछन, तिनीहरुलाई राजदुतावासले आफनो प्रकृया पुर्‍याएर मात्र पठाउँने गर्दछ भनेर राजदुतावासबाट आएका समाचारहरुले स्पष्ट पार्दछ तर यसको लागि यो देशको नीतिनियम अनुरुप पनि जानु पर्ने भएर होला अलि समय लाग्नु स्वभाविक नै मानिने गर्दछ ।
खाडी मुलुकहरुमा सवैभन्दा वढी नेपालीहरु यहाँ छन् तर्सथ यहाँ काम गर्ने नेपालीहरुको लागि नेपाल सरकारले साउदी सरकारसँग श्रम संझौता गरी न्यून्तम ज्याला निर्धारण तथा सुरक्षाको ग्यारेण्टीका लागि पहल गर्नु नितान्त आवश्यक छ । अहिले यहाँ तल्लो दर्जामा काम गर्ने वंगलादेशीहरुको भिसामा साउदी सरकारले रोक लगाएको छ किनकी वंगलादेशीहरु वढी मात्रामा चोरीमा संलग्न रहि आएको दावी गर्दछन् । तर्सथ वंगलादेशीको तुलनामा नेपालीहरु सरल, सोझा अनि इमान्दार हुने हुँदा नेपालीहरुको भविष्य यहाँ राम्रो हुन सक्नेछ यदि नेपाल सरकारले समयमै साउदी सरकारसँग नेपालीहरुको समस्या तथा सुविधा बारे पहल गर्न सक्यो भने ।
नेपाली महिला घरेलु कामदारको लागि फेरि साउदी अरेवियामा वाटो खुल्यो, खुल्नु पनि पर्दछ तर नेपाल सरकारले यसको वारेमा टे्रनिङ, भाषाको ज्ञान र सुरक्षाको ग्यारेन्टी भने गर्न सक्नु पर्दछ ।
उनीहरु एक त यहाँको भाषा, परिवेश र अवस्था वारे जानकारी नै नपाइ भित्रिएका कारण यहाँ आएर थप समस्याहरुको चंगुलमा फस्नुपर्ने हुन्छ । काम लगाइ दिने दलाल, काममा राख्ने मालिक खराव नियतको हुदा वलात्कारका शिकार हुनु कुनै नौलो कुरा होइन । यहाँ अवैधरुपमा वलात्कार तथा लोभ लालचमा पेट वोकेर विचल्ली हुने नेपाली चेलीहरुको संख्या वृहत देखिदै आएको छ । यसमा राजदुतावासको सहयोगमा नेपालमा फर्काइएका समाचारहरु सुन्न आउँदछन् भने यहाँ गैर कानुनीरुपमा स्थापना भएका संघसंसथाहरुले पनि आफूसक्दो भूमिका खेलेको कुरामा निर्विवाद छ । तर यसको सामाञ्जस्यता, एकअर्कामा सहयोगको भूमिका र पहलका बारेमा भने यहाँका संघसंस्थाहरुले ठूलो कसरत गर्नुपर्ने खाँचो छ ।

-चिज कुमार श्रेष्ठ