Archives

मलाई हिस्टेरिया भएको त होइन ?

yumi

प्रश्नः म २० वर्षीया युवती हुँ। मेरो विवाह भएको तीन वर्ष भयो। मेरो एउटा छोरा पनि छ। हाल श्रीमान् विदेशमा हुनुहुन्छ। पहिले-पहिले मलाई त्यति यौनचाहना हुँदैनथ्यो। हिजोआज राति सुत्ने बेलामा यौनचाहनाले छटपटाउँछु। अति भएर आफ्नै औंलाका माध्यमबाट हस्तमैथुन गर्छु, तर पनि चाहना कम हुँदैन। म विवाहित नारी, अन्य पुरुषसाग सम्बन्ध राख्न पनि चाहन्नँ। मलाई हिस्टेरिया भएको त होइन ? हिस्टेरिया भनेको के हो ? जब श्रीमान् घरमा आउनुहुन्छ, कहिलेकाहीं त उहाँले मलाई सन्तुष्ट दिनुहुन्छ। म प्रायःजसो सन्तुष्टि पनि पाउँदिनँ। सम्भोग गर्ने बेलामा योनिरस पनि कम आँउछ। जब म १२ वर्षकी थिएँ, त्यो उमेरदेखि मलाई आफनै नाता पर्ने मान्छेले जबरजस्ती बलात्कार गरिरहेको थियो। आफनो र घर-परिवारको इज्जत जाने डरले मैले उक्त घटना कसैलाई पनि भनिनँ। त्यस्तो कर्म वर्षमा एकाधपटक भैरहन्थ्यो। १७ वर्षमा मैले आफैंले राम्रो केटा खोजेर विवाह गरें। उक्त कुरा श्रीमान्लाई थाहा दिएकी छैन। यही कारणले त यस्तो समस्या देखा परेको होइन ? Continue reading