Archive | November 2007

बैगुनीलाई लाज हुन्न (जोतारे धाईबा)


पस्न सक्छ भेलबाढी मनको कुनै बाँध हुन्न
आँखैअघि भागिजान बैगुनीलाई लाज हुन्न ।

थोपाथोपा रहरले खोज्छ बाँच्ने मायालु ठाउँ
साइनोको पुलबाट पुगिने हो कुन पो गाउँ
सोच्नासाथै रोज्नासाथै कुनै मन साथ हुन्न
आँखैअघि भागिजान बैगुनीलाई लाज हुन्न ।

अलिअलि उदासीले जिन्दगी यो थकाइदिन्छ
सोझो आप\\\\mनो उमेरलाई वाचाले नै छकाइदिन्छ
विश्वास गर्दा के नै ठेगान हुन्न साँच्चै घात हुन्न
आँखैअघि भागिजान बैगुनीलाई लाज हुन्न ।

जोतारे धाईबा
– उदयपुर सगरमाथा

घाउहरु छाम्न मन लाग्यो। (साजन राई)


कोरी दियौ घाउहरु छाम्न मन लाग्यो।
एकान्तमा नशामाझ रम्न मन लाग्यो।

भत्किरहे बाटाहरु फेरिरहे लक्ष्य यहाँ
विवश भई एक्लो जीवन जिउन मन लाग्यो।

गन्तब्यको खोजी गर्दै क्षितिज पुग्दै थियौ
घातको भाग लाग्दा खेरी जान्न मन लाग्यो।

वेदनाको आँशु खस्छ सधैभरी सही बस्छु
दो-धारे मन किन लियौ ? भन्न मन लाग्यो।

थाकेको यो घाउहरु छाम्न मन लाग्यो।
एकान्तमा नशामाझ रम्न मन लाग्यो।

साजन राई उपेक्षित
संखुवा-सभा दिदिङ १ बर्देउ
now Dubai

सम्झे सयपत्रीलाई (इश्वर चाम्लिङ)


गोदावरीलाई मखमलीलाई र सम्झे सयपत्रीलाई
भाईटीकामा धेरै सम्झे बैनी तिमीलाई……दीदी तिमीलाई

बर्षौ बित्यो सम्झनामै तिहार मनाएको
धेरै भयो खुशि ल्याउने भाका बढाएको
फूल रानीलाई स्यानी बैनीलाई र सम्झे सेलरोटीलाई
भाईटीकामा धेरै सम्झे बैनी तिमीलाई……दीदी तिमीलाई

यसबेला त गला भरी माला हुनुपर्ने मेरो
धेउसीरे र भैलेनीले स्वर सुक्नु पर्ने मेरो
दीपावलीलाई मेरो भागी मालालाई र सम्झे टिकालाई
भाईटीकामा धेरै सम्झे बैनी तिमीलाई……दीदी तिमीलाई

२०६४ सालको तिहारमा, बेलायत

इश्वर चाम्लिङ

सम्झनाका लहरहरु……….(कृष्ण कुमार लामा/कतार)


ओइलिएछन बसन्तका हरियाली ति पातहरु

छुटाउदै छन निस्ठुरी किन मायाका ति साथहरु।

भन्ने गर्थे तिमी आँफै घुमाउछु मायाका शारा ति शहरहरु ।

बल्झी रहन्छन आँखामा छाया बनी सम्झनाका ति लहरहरु

शोक मा होइन रमाइलो क्षणमा बजाउछन ताली पनि

तिर झै तिखो लाग्छ मलाई तिम्रो ओठको लालि पनि

भन्ने गर्थे तिमी आँफै घुमाउछु मायाका शारा ति शहरहरु ।

बल्झी रहन्छन आँखामा छाया बनी सम्झनाका ति लहरहरु

प्यारो लाग्छ आजभोलि कहलीलाग्दो रातहरु

आइ रहन्छन मानश पटलमा बिगतका यादहरु

भन्ने गर्थे तिमी आँफै घुमाउछु मायाका शारा ति शहरहरु ।

बल्झी रहन्छन आँखामा छाया बनी सम्झनाका ति लहरहरु

जिन्दगीका यात्राहरुमा धेरै पाए चोटहरु ।

पोख्थे सबै ब्यथा तिमीलाई किन राख्यो खोटहरु

भन्ने गर्थे तिमी आँफै घुमाउछु मायाका शारा ति शहरहरु ।

बल्झी रहन्छन आँखामा छाया बनी सम्झनाका ति लहरहरु

भेट हुँदा अनि टेलीफोनमा गर्थे मिठा मिठा कुराहरु

साचेको रेहेछ तिमीले भित्र भित्रै रेटिने धारिलो छुराहरु

भन्ने गर्थे तिमी आँफै घुमाउछु मायाका शारा ति शहरहरु ।

बल्झी रहन्छन आँखामा छाया बनी सम्झनाका ति लहरहरु

गर्मिमा याममा सितल दिने बर पिपलको त्यो छाया राम्रो

दुई मुटुको मिलन आजा नदिको दुई किनारा भो माया हाम्रो

भन्ने गर्थे तिमी आँफै घुमाउछु मायाका शारा ति शहरहरु ।

बल्झी रहन्छन आँखामा छाया बनी सम्झनाका ति लहरहर

कृष्ण कुमार लामा(नबिन)

दोह कतार

पुरुष त बिग्रदैन (लीला सेलीङ मावो)


झुटो आरोपमा पनि नारी बिगन्दैन, पुरुष त बिगन्दैन

जबरजस्ती करणी गरे पनि नारी नै दोषी हुन्छ, पुरुष त हुँदैन् ।

खै कसरी – उ त र्स्वर्गको अधिकारी हो भन्छन्

पैतृक सम्पतिको पनि मालिक हो भन्छन् ।

यसरी अन्धविश्वासलाई कानूनले लाहाछाप लगाए।

नारीलाई दवाव र पुरुषलाई अधिकारहरुले सजाएर

भाषामा पनि सुश्री श्रीमतिको संज्ञा दिई विभेद गरेको छ

धर्म र संस्कृतिमा पनि देवता झैं पतिको ब्रत पूजा गरेको छ

चलेको पनि धेरै भयो, समान्ता र न्यायको लागि संर्घष्ा र भाषण

किन – अपूर्ण मानव समाजको माहौल नै छ, आज सम्म

अनि त असङख्य वेश्यागमन गरे पनि पुरुषको सत्य डग्दैन

झुटो आरोपमा पनि नारी बिगन्छ, पुरुष त बिगन्दैन ।

– लीला सेलीङ मावो
प्रिफम्ली क्याम्वर्ली, बेलायत

कायरता (मकुम राइ)


विबस्ताको हिरासतमा
बाध्यताको बन्दि बनाए पछि…
राष्ट्रघाती हातहरुले
हैकमबादी पिसाचरुले
ब्वाँसाहरुको माहोलमा कैदि बनाए पछी…
दुरि बढेको म एक कैदी…
मधुवनको निम्तो, बशन्तिको आमन्त्रण,
भिर पहराको कमनामा
अनि भन्छन्…

\\\”मन\\\” मरेर होइना बाँचेर आउ
रोएर होईन हाँसेर आउ
एउटा आम परिवर्तन बोकेर ल्याउ
चाँप गुरासमा लेक फुलाउला
लहरा,पहरा, सल्ला सुसाउला
पहराका काप कापमा सुई-सुनगाभा फुलाउला
झरनाहरुमा ईन्द्रणीको माला पहिर्žयाउला
यसपाली हर तरह प्रुथक बनाउला
ककसै गरी आउ है…!

कैदि मन घरि-घरि बाहिर फाल्न खोज्छु,
द्रुष्टि सानो प्वालबाट बाहिर हुत्त्याउछु
जहा मधु जलेको देखे, बशन्ति चिच्याएको देखे
लेक ब्याँसी अग्नि पथमा छन
पात पतका जलिरा\\\’छन परररर् क्रमश:परररर
निर्दोष् किरा फट्याङ्ग्रा, कमिला देखि
दोजिया हरिणहरु समेत
चिहिल बिहिल छन् ,एया आथ्था गर्दै
आफ्नो चिता आफै देखिरहेछन्
मुटु भक-भक गर्छ, रगत तातिन्छ
तर ति फलामे भित्ताअहरु भत्किएनन
आवाजले पिल्लरहरु भाँचिएनन्
बिडम्बना भत्काउन सकिन…

क्षेण भर्मै दर्दनाक चित्करहरु निस्तेज हुदै गयो
आकाश कलो धुवाले निलि रह्यो
हेर्दा हेर्दै निर्ममता अनि बर-बर्तले हर्कत गर्यो
म केवल खुद दर्शक्, मात्र मुक दर्शका
अखिर के नै गर्न सके मेरी बशन्तिलाई
मेरी मधुलाई
तिनै निमन्त्रण शब्दहरुलाई अञ्जुलिभर माया,
दुई थोपा आँशु अनि मर्माहत श्रद्धाञ्जली
जिन्दगीका फलामे जन्जिर भित्रबाट…
भाव बिव्हल श्रद्धाञ्जली…
यिनै जिन्दगीका फलामे जन्जिर भित्रबाट…

मकुम राइ
खोटाङ
makum_rai@yahoo.com

गीत :- परिहास सुब्बा


नेपालीलाई खुशी फेरी आउने हुन् की होइनन्
सन्ततीले नेपाल भन्न पाउने हुन् की होइनन्

भावी दिनमा सारा नेपाल खरानी पो हुने हो की
नेपालीलाई सधैं चिसो सिरानी पो हुने हो की
गाथाहरु सगरमाथा धाउने हुन् की होईनन्
सन्ततीले नेपाल भन्न पाउने हुन् की होईनन्

एउटै गाथा एउटै भाकामा गाउने नेपालीले
सेतो हिमाल संग माया लाउने नेपालीले
डर छ फेरि एउटै भाका गाउने हुन् की होईनन्
सन्ततीले नेपाल भन्न पाउने हुन् की होईनन्