Archive | December 2007

एउटा मानव बोलि (क्याप्टेन ज्ञान लिम्बू, वेलायत)


विगत विगतनै हो जो र्फकदैन
समय यसैत गतिवान छ कतै तर्कदैन
जे जति भए आखिर भरएरै गए
के सत्य के असत्य सबै भेल बाढिसँगै गए

समयनै यस्तो रोकेर कहा रहन्छ
न छ यसको सुरुवात नत छनै अन्त
यो युगको विडम्बना सँग सम्झौता गर्नु पर्छ
जीबन बस एकवारको सहेरनै बाँच्नु पर्छ

कति धेरै भगवानहरु अनि छन धेरै दानहरु
अनि छन उत्कृष्ट प्राणी भनाउदा मानवहरु
भक्ति भाव गर्ने समय छैनविलासितामा रुमालिदा
परवाह छैन धर्ति अनमाको प्रदुषणले उमालिदा

गणना छैन को कहाँ कसरी मारिए
सुन्छु बुझ्नै नसकिने जताततै मारिए
कतै गोला बारुद त कतै यातनाले मारिए
फेरि यो के अपबाद आत्मघातिले मारिए

सबै अगृणी बन्न खोज्दा बिर्षेकाछन यथार्त र अन्त
यस्तै चपेटामा गाँजीदैछन अति विकराल मुलमन्त्र
सृष्टि र अन्त्य यथार्त हो जो आउन सक्छ
मानव मात्र एक विकल्प र समाधान ल्याउन सक्छ

बन्न नखोजौ दानब अनि भगवान
मानव नै यथार्त हो अनि आदरनै समाधान
जीबन एक एश्वर्य फलहो रमौ रमाउँ
प्रकृति बाच्ने आधार सदैब पवित्र बनाउ

आदरता नै कर्तब्यहो अनि आदर नै धर्म
आदर जहा छ त्यहा सम्मान अनि कर्म
यथार्त सत्य छ त्यो आउछ भोलि
सायद होला कतै बुझिदिने यो एक मानवको बोली

क्याप्टेन ज्ञान लिम्बू,
gyanlimbu@hotmail.co.uk
वेलायत

एकालाप (देवेन्द्र सुर्केली/मलेसिया)


अचानक पानी दर्कियो
र, उनको बढिरहेको पाइला पछाडि फर्कियो ।
म त दौडिउ भन्दै थिए
कि, बर्षातलाई छिचोलेर पारी पुँगु
के गरी उनी मेरो बाटोहुँदै आइन
र फुत्त उचालिएको मेरो पाइलालाई थच्काइन् ।

नभिज्नु मैले त
खुट्टा उचाल्दै भिजि सकेको थिए
नदेखाउने व्यहोरा त
पछाडि फर्केर देखाई सकेको थिए
को थिइन् र उनी, पछाडि फर्किए
किन आज यो बर्षात सँग तर्सिए ?

मनसँग मौन एकालाप गर्छु
के सोच्लिन् कुनै अभिनय\’
यदि एकार्कामा परस्पर
बुझ्नसक्ने भाषा भए, भनिदिन्थे
\’साच्चिकै मलाई नाटक आउँदैन
जे गरे, मैले दिलबाटै गरे ।

देवेन्द्र सुर्केली
desunone@yahoo.com
हाल: मलेसिया

निरन्तर अध्यारोमा (प्रतिभा बोहरा/बेलायत)


संसार झुठको अध्यारोमा
सुतेको बेलामा
विकाशको नया प्रयोगबाट
फुत्तफुत्त अपराधीहरु जन्मिरहन्छन्
यी व्यस्त/व्यस्त
उदास/उदासहरुको घुइचोबाट
बिहानी सधैं बाहिरिन्छ
खुशी बाहिरिन्छ
शान्ति बाहिरिन्छ
माया/दया बाहिरिन्छ
मात्र रिक्तताको अवशेष छोडेर
साचो सुख विनाका
यी पीडित लस्करहरु
दिनहु पीडामाथि पीडा भोग्छन्
व्युझन्छन् बाच्नुको नाममा
हतार-हतार
फेरि अर्को योजनामा जृट्छन्
झिलिमिलि उज्यालोमा
जीवनको उज्यालो हराएकाहरु
सधैं अध्यारो मात्रै कोरलिरहन्छन्
निरन्तर अध्यारोमा…

२. पुराना कथा

यस्तो लाग्छ रात परेपछि
त्यो ठाउमा ब्युझिउ बिहान
जहा पुराना कुनै कुराहरु पनि नभेटिउन्
अलिकति साचो, अलिकति झुठो होइन
देखिएजस्तै हुन
सबै कुराहरु सत्य हुन् ।
फूलजस्तै सुन्दर मान्छेहरुले
भोग्ने दुःख एउटै होस्
पाउने सुख एउटै होस्
अब धेरै अन्यायी नवनोस् समय
सबैले एउटै भाग्य बा“च्न पाउन्
मिठो अनुभूति बनोस् पलहरु
फेरि कोहि नबिछोडिउन् ।।
पटकपटक मान्छेले अरुलाई
हराउनलाई होइन
जिताउनलाई सिकोस्
युद्ध फैलाउन होइन
रोक्नलाई सिकोस् ।।।
अन्ततः संसार आफ्नो हुनेछ
पर्राई कोहि हुने छैनन्
पीडा/चोट/धोका/घृणा
पूराना कथा हुनेछन् ।।।।
मलाई नया नया कथा बाच्न मन लागेको छ ।।।

प्रतिभा बोहरा
हालः बेलायत

जिन्दगी (झमक घिमिरे)


समयका पानाहरुमा मानव आक्रोश पोखिए
मूर्दावाद र जिन्दावादका नारा लेखिए
थुप्रैको पुत्ला सल्काइए
जिन्दगी त्यहाँ उभियो, विना रङ्ग
ऊ शालिक जस्तै
मौन, स्थिर उभिरहेछ
अब जिन्दगीको नयाँ रङ्ग पोखिनुपर्छ ।
ऊ कञ्चन आकाश हेरिरहेछ,
जिन्दगी,
सङ्लो पानी छातीमा लिएर बगेको तमोर जस्तै बग्नुपर्छ,
सेताम्य हिऊँ पहिरिएर हाँस्ने सगरमाथा
कहिल्यै गुनासो पोख्दैन,
छाती भित्र हिमनदी बगाएर,
प्रत्येक विहान घामको रक्तिम किरणहरु पछारिएर
सँधै हाँसीरहेछ सगरमाथा
हिऊँभित्र लुकेर पनि
उसले गुनासो कहिल्यै गरेन ।
ऊ हाँसिरहेछ,सेतो गुलाफ जस्तै
घामका किरणले गर्दा
चम्किला बनेका मूर्तिवत्,
हिमशिखरहरु सामु उभिएर
प्रश्न गर्न मन लाग्छ,
जिन्दगी आक्रोश र आवेग लिएर बाँच्छ किन ?
तमोरको सङ्लो पानी
कञ्चन आकाश
शालिक जस्तो स्थिर
जिन्दगी शान्ति किन हुन सक्दैन ?
जिन्दगी आकाश जस्तै कञ्चन
तमोरजस्तै सङ्लो हुनुपर्छ ।

वालकृष्ण मगर:-यौटा बर्तमान


यौटा बर्तमान
जस्लाइ मैले भोगिरहेको छु
सबैका आखाहरुले मलै थुकिरहेका छन्
र भणिरहेछन् कि
त नलायक होस्
युसुफका दन्ते कथा हरुमा झै
मालाइ
घ्रिणाका तिखा ढुङाहरुले
किचिकिचि मार्न खोजिरहेछन्
उणिहरु भनिरहेछन् कि
त कवडिमा बिक्रिहुने माल् होस्
तेरो कुनै मुल्य छैन्
त यौटा आयतन नभयको बस्तु होस्
अझै बढि
त त्यो चिज होस्
जस्लाइ किन्नत के
छुन र हेर्न पनि डराउछन्।

नलयाक मुर्ख हरु
यौटा सत्यता यो पनि हो
तिमि ले यौटा औलाले मलाइ देखाउदा
चार-चार ओटा औला तिमितिरै
फर्किरहेकाहुन्छन्।
र तिनै औलाले तिमिलाइ
महा मुर्ख भनिरहेका हुन्छन्।

उज्ज्वल जी.सी.:- दास


‘नून’ खाने कुखुराहरू
झोक्रिन्छन्/लठ्ठिन्छन्
र,
सम्भवतः मर्छन् पनि
विवेकशून्य/चेतनाशून्य
विचरा ती कुखुराहरू
अनायास ‘नून’ खाँदै
थला पर्छन्
तर,
हामी मानिस
अर्काको ‘नून’ पाए
‘सुन’ सम्झेर खान्छौँ
टन्न खाएपछि –
झोक्रिदैनौँ/लठ्ठदिैनौँ
बन्छौँ बरु –
स्वाभिमानी —
र त,
मालिकले –
‘उठ्’ भन्दा उठ्छौँ
‘बस्’ भन्दा बस्छौँ
कसैैलाई –
‘ठोक्’ भन्दा ठोकिदिन्छौँ
कसैलाई –
‘मार’ भन्दा मारिदिन्छौँ
गजब बन्छौँ हामी
कालोलाई ‘सेतो’ भन्दा
हो हजुर !
सेतोलाई ‘कालो’ भन्दा
हो हजुर !
अर्थात्,
हामी नकार्दैनौँ- असत्यलाई
‘नून’को शिकार भएपछि
हामी –
सत्य बिर्सदैं
न्याय बिर्सदैं
बन्छौँ एक ‘तालिमे कुकुर’जस्तै
विवेक र चेतना
पुच्छरमा हल्लाउँदै
मालिकको स्यावासी लिने ।

म त फगत एउटा (भरु पल)


म त फगत एउटा भर्याङ्
– अब कहाँ जाने हजुर——?
मेरो दरिलो मेरुदन्ड समातेर
बलिष्ट करङहरुको खुटकिलो टेक्दै
कैयौं मान्छेहरु माथितिर चढे
,
केही हनुमान र सुग्रिबहरु
,
सीताको खोजी गर्दै चढे
,
र लंकातिरै मुग्लान पसे
,
केही स्याल र हाइनाहरु सिनोको केवाब छपाउदै चढे
,
र पदीय लालचको बैतरणी तर्दातर्दै मरे
,
केही बाङपाटे र पिरानाहरु मेरो कठालो समाउदै चढे
,
र सफलताको
\’बेसक्याम्प\’ तिर अगाडि बढे,
म भने फगत एउटा भर्याङ हुनुको गर्विलो छाती छाम्दै
अनुशासन र इमानदारिताको पदचापभित्र डुबिरहें
,
मैमाथि टेकिने तिनका जबरजस्त पाउहरु चुमिरहें
,
\’
जो हुकूम\’ को भारीमाथि भारी थेक्दै,
स्वाचलित यन्त्रबत उभिरहें
माथि च् ढ्दा
– उन्नतिको ओलन चाट्दै
कसैले मसंग स्वर्ग जाने कुरा गर्žयो
,
र मलाई स्वर्गको सपना देखायो
,
मेरो टाउकोमा अन्तिम पाइला बजार्दै

कसैले नर्क बस्ने योजना सुनायो
,
र मेरो नाम यमदुतमा दर्ता गरायो
,
अनि पछि उही मान्छेहरु

ममाथि भएर च् ढ्न बेहद डराउन थाले
,
दिमाखले बुढा हुन नसकेका नाबालकहरु
मलाई देख्दै तर्सेर कराउन थाले
,
बर्षौंबात

अहिले म सम्झन्छु
यत्रो निर्दयी बेमौसम समयले
अवसरको आकाश उघारिरह्यो
,
च् ढ्नेहरुको भिडबाट स्वार्थ नै स्वार्थको गन्ध आएपछि
,
म भने माथि पनि गईन
,
झर्नेहरुको भिडबाट तिरस्क्रित भएपछि
,
सांचो अर्थमा
– म तलको पनि भईन,
हजुर
,
म त फगत एउटा भर्याङ
– अब कहाँ जाने?

भरु \’पल\’
नोर्थ योर्कशायर, बेलायत।