Archive | February 2008

डेटलाइन ठमेल

(शनिबार राति ठमेल पुगियो । जाँदा त हामी तीन जना थियौं तर एकाध घण्टापछि म एक्लैं भएँ । नजिकैको एटिमले काम गरेन । गोजीमा पैसो थिएन मनग्गे । झण्डै तीन घण्टा ठमेलको परिदृष्य निहालें । त्यही बर्णन गर्दैछु म यहाँ । )

उज्यालो पोखिएको छ बाटाभरि । मान्छेहरुको चहलपल भने खासै छैन । केही झुण्डहरु ठमेलको पूर्वी बर्णन पर्ने सञ्चयकोष् भवन वरिपरि देख्न सकिन्छ । सडक पसले र ट्‍याक्सी ड्राइभरहरुको हाँसो–ठट्टा हेर्न लायक छ । अझ भनौं, सुन्न लायक छ । छेउमा उभ्भिएको तेस्रो लिङ्गीको एउटा समूहको चर्चिकलालार्इ उनीहरुले गफ–मसला बनाइरहेका छन्‍ । महानगरीय रातको अनुपम्‍ उदाहरणका रुपमा लिइने ठमेल साँच्चै ठमेलजस्तो लाग्दैन । केही दोहोरी र पप रेष्टुरांहरुबाट भागेर सडकसम्म आइपुगेको संगीतको बेमेल मिश्रण् उदेक लाग्दो छ । हुन त मुडको प्रतिफल होला ।


मैले देखिरहेछु अघिदेखि नै – एउटी खिरिली केटी एताउता नजर दौडाइरहेछे । थोत्रो ( रङ्‍गको कारण् पनि हो कि ) हाम स्काप लगाएकी त्यो केटीसँग नशाले लत्तु परेको एउटा अधबैंसे कानेखुसी गर्‍यो । उसले आफ्‍नो अनुहारको रुपरङ्ग विगार्दै तर्कन खोजी । मैले अलिक परबाटै अनुमान लगाएँ ( केटीले नशाभत्तको कुरा नकारी । म अलिक नजिक पुगें । केटीका र मेरा आंखा जुधे । मैले आंखाले केही इशारा गरेजस्तै गरें । उ म नजिकै आइ र सोधी – ‘जाने हो त ?’ मैले टाउको हल्लाएँ । ‘ विहान ६ बजेसम्मलार्इ हो भने तीन हजार लाग्छ‘ प्रारम्भिक बागर्निङ्ग स्वरुप उसको यो मागप्रति मैले कुनै प्रतिक्रिया जनाइन । उसले फेरि जोड दिदै भनी ( नलैजाने तपार्इले ? म हांसे मात्रै । बत्त भ्‍याप्प निभ्यो । सिङ्गो ठमेल कुनै अध्याँरो कुवाजस्तै लाग्यो । ‘ यो मुला काठमाडौंको कुनै ठेगान नै छैन । बेला कुवेला लाइन जान्छ‘ रिक्साका बसेको कुनै निशाचर करायो । विस्तारै जनेरेटर र प्याट्रो मेक्सजस्ता अन्य विकल्पहरुले ठमेललार्इ उज्यालो दिन थाल्यो । विरत्त स्टिरट ल्याम्पहरुलार्इ छिचोल्दै म अघिल्लो चोकसम्म पुगें । सडक व्यापारीहरुको एकोहोर बलेको स्टोभको ध्वनीसंगै एक हुल उन्मत्तm युवाहरु सडकको वल्लोछेउ र पल्लोछेउ गर्दै हिंडिरहेका थिए । चोकभन्दा केही पर मात्रै रहेको एउटा दोहोरीभित्र ग्राहकहरु आङ्खनै पारामा रमाइरहेका देखिन्थे । महिलाको समूहले गाउ“दै थियो – ‘पोखरा माझी दाइ फेवा तालको, लाम मयाँ जुनीको नलामको ख्याल ख्यालैको …।‘ रेष्टराको पश्चभागमा रहेको स्टेज अघिल्तिर मज्जाले नाच्दै थिए कोही कोही । म उभ्भिएरै नजर डुलाइरहेको थिएँ । रेष्टुराको पूर्वी भागमा रहेको एउटा टेवुलमा टिनएजरहरुको एउटा समूह थियो । केटाकेटी एक आपसमा लपक्कै टांस्सीएर चुरोट पुत्याइरहेका थिएँ । सोचें – ठमेलको नाइट लाइफ यस्तै हो । झण्डै आधा घण्टापछि ठमलेबाट छेत्रपाटी छिनर्े एउटा गल्लिमा घुम्दै थिएं म । देखें – दुइ जना केटाले नशाले उन्मत्त एउटी महिलालाइ झ्‍यार्इकुटि पारिरहेका छन्‍ । महिला केटाहरुबाट छुट्टिन खोजेजस्तो देखिन्थ्यो । तर उ लगातार हासीरहेकी थिइ । घरिघरि उसले आफ्‍नो दाहिनेतफको केटालार्इ चुम्बन बषइरहेकी छे । लाग्यो – यो एउटा नाटकभन्दा अरु केही होइन ।ठमेलको रात्रि जीवनमा यौन, मदिरा र मोलमोलाइ मात्र छैन । जीवनको विरत्तलाग्दो पाटो, वाध्यता र सामाजिक विचलनको अछुण प्रक्रिया पनि छ त्यहाँ । यस्तै सोच्दै म फेरि पुरानै चोकमा आएँ र ट्‍याक्सीसँगको मोलमोलाइपछि लागे घरतिर …।

नो मोर प्लिज..

नारानको कुनो
हुर्कदो उमेरमा गरिने प्रेम र अध्ययनको पृष्ठभूमिमा छात्र–छात्राले कस्तो मनोबैज्ञानिक परिस्थितिसँग पौठाजोरी खेलिरहेका हुन्छन् होला ? यो विषयमा खुलेर कुराकानी गर्न एक उपयुत्त पात्रको जरुरी थियो हामीलाई। निधि खोजी गर्न सुरु गरेको एक सातामा मिनाल शर्मालाई भेट्यौं । काठमाडौंको एउटा महंगो प्लस टु स्कूलमा अध्ययनरत छात्रा हुन् मिनाल। अन्तत: विश्वासमा लिन गरिएको दुई पटकको प्रयासपछि उनी हामीसंग कुराकानी गर्न राजी भइन्। भनिन्– ‘तस्वीर नछाप्ने र परिवारको व्याकराउन्ड ओपन नहुने सर्तमा म तपाईलाई आफ्ना कुरा भन्न सक्छु ।’ हामीले उनका सर्त स्वीकार्यौं र भेटवार्ता तय भयो ।
‘रिएल्ली, आई हेभ नो वर्डस् टु एक्प्रेस माई देट कण्डिसन्’ कुराकानी सुरु हुने वित्तिकै प्लस टु पुस्ताको लवजमा उनले भनिन्– ‘कलेजमा मेरोजस्तै कण्डिसन फिल गरिरहेका त्यस्ता अरु साथी पनि छन् । उनीहरु पनि आफ्नो मनोविज्ञानका बारेमा खुलेर कुराकानी गर्न जान्दैनन्।’
थोरै संसय, केही रहस्य र केही त्रस्त भाव उनको अनुहारमा पढ्न सकिन्थ्यो । लाग्यो, उनी अभै पनि हामीसँग विश्वस्त छैनन् । स्थिति अरु सामान्य बनाउने प्रयास स्वरुप भनियो– ‘कतिपय एफएम रेडीयोमा पनि तिमी जस्ता युवाका लागि काउन्सिलिङ् टाइपका कार्यक्रमहरु छन् नि।’ सायद प्रश्न नभएर एउटा जानकारी भएर होला मुसुक्क मुस्कुराइन् उनी। आधा ललाट ढाक्ने अग्रभागको कपाल मिलाउदै उनले भनिन्– ‘एफएम सुन्ने खास फुर्सद नै हुदैन ।’ आपनो दिनचर्या बताउन गरिएको आग्रहपछि उनी अलिक खुल्दै गएजस्तो लाग्यो । कलेजका विषयमा उनले एक चरण गफ दिइन् । भनिन्– ‘कलेज लाईफ रमाइलो मात्र होइन आफूले जानिएन भने त्यतिकै नरमाइलो र दुखद पनि हुदो रहेछ।’ उनलाई अन्तर्वार्ताका लागि मनाउने क्रममै उनले हामीलाई कलेज जीवनको एउटा विरत्तलाग्दो पाटोका बारेमा केही कुरा सुनाइसकेकी थिइन् । सोही सिलासिलामै उनले आफूसँग ‘टेन्सन’को बेलामा लेखिएको डायरी रहेको र आश्यकता परे त्यसको केही अंश उपलब्ध गराउने बाचा गरेकी थिइन् । हामी सिधैं डायरीको विषयमा केन्द्रीत हुन चाह्यौं । उनले कफीको चुस्की लिइसकेपछि भनिन्– ‘डायरी चाहिं तपाईहरुलाई नदिउँ क्यारे । फेरि गडबड भयो भने ।’ हामी फेरि एक चरण उनलाई मनाउनका लागि पापड बेल्न बाध्य भयौं । पत्रकारिताका केही नम्र्स र अन्तर्वार्ताको उद्देश्यमाथि गफ भएपछि उनले भनिन्– ‘मेरो कन्टेन्डमा भएका केही कुरा चाहिं लुकाइदिनु होला । भाषा राम्रो छैन मिलाउनु होला है त ।’

……धेरै दिनपछि डायरी लेख्दै छु । अघिल्लो हप्ता सुमनसंग भेट भएपछि एकाएक तनाव बढ्यो । त्यसबेला उसको व्यवहार मेरो ‘एक्सपेक्टेसन’ भन्दा फरक थियो । सुमनले यतिविघ्न अनुनय विनय गर्यो कि मैले उसको ‘डिमाण्ड’ नकार्न सकिन । यो मेरो कमजोरी पनि हुन सक्छ ।
मैले हृदयदेखि नै चाहेर उसको डिमाण्ड पुरा गरेकी थिइन, त्यो दिन । त्यो रात त मलाई ज्वरो नै आयो । टाउको फुट्ला जस्तो भयो । पूरै शरीर थकित र क्लान्त थियो । घरमा ममी–ड्याडीले दिने गरेका उपदेश मेरो मस्तिष्कमा घुमिरहे फनफनी । ममि भन्नुहुन्छ सधैं– ‘छोरी मान्छेले आपनो अस्मिताको ख्याल गर्नुपर्छ । आफू चुकियो भने सबैले हेप्छन् ।’ अब के हुने हो, आउदा दिनमा सुमनको व्यवहार कस्तो हुने हो, कतै यो कुरा अरुले थाहा पाउने पो हो कि, त्यस्तो भयो भने कसरी फेस गर्ने ? यी र यस्तै प्रश्नले वितेको हप्तादेखि राम्ररी खाना खान पनि सकेकी छैन । आफूलाई यतिधेरै पीडा कहिल्यै महसुस भएको थिएन आजसम्म ।
कलेज पुग्ने साहस पनि छैन । साथीहरु परीक्षाको तयारीमा जुटेका छन् । आफूलाई भने पढ्न पटक्कै मन छैन । किताब देख्यो कि चक्कर चलेर आउँछ । कसरी परीक्षाको तयारी गर्नु ? कलेजमा कोर्स कहाँसम्म पुग्यो पत्तो छैन।
हिजो निलमले (कलेजकी साथी) फोन गरेकी थिइ । सुमन पनि केही दिनदेखि सिरियस मुडमा देखिएको छ रे । निलमले ‘कतै हाम्रो सम्बन्ध बिग्रेको पो हो कि ?’ भनेर सोध्न फोन गरेकी रहिछ । मैले आफू विरामी भएको भन्दै उसको कुरालाई त्यति धेरै इन्टरटेन गर्न चाहिन ।’ सुमन पनि सिरियस देखिएको छ भन्ने’ खबरले मलाई अरु आहत तुल्यायो । कता कता डर लागेर आयो । मैले सुमनलाई फोन गरें । खासै खुलेर कुराकानी भएन । विराटनगरदेखि बाबा आउनुभएको छ भन्थ्यो । कतै ढाँटेको हो कि ?
‘साइक्लोजिकल टेन्सन’ छदै्र छ त्यसैमा पनि पढाइको चिन्ताले आगोमा घिउँ थपेजस्तो भएको छ । दुई हप्ताअघि रिनुसँग लिएको बायोको नोट फिर्ता गरेकी छैन ।
मेरो यस्तो हालत देखेर ममीले चासो देखाउनुभएको छ । मैले आफू विरामी भएको भनेर भनेकी छु । दुई दिनदेखि बेफुर्सदी बाबाले पनि खुब चासो देखाउनुभएको छ । ‘विरामी भएको भए चेकअप गराउनु पर्यो’ आज बिहान अफिस हिड्नुअघि बाबाले यसै भन्दै हुनुहुन्थ्यो । मेरो कुरा कतै भुक्किएर पनि ममि–बाबाले थाहा पाए भने…
(मिनालको एउटा डायरीको सम्पादित अंश )

–––


डायरीको एउटा अंशको फोटोकपीपछि हामीले अरु थप चासो व्यत्त गर्यौं । मिनालले निधार खुम्च्याउँदै भनिन्– ‘डायरीको विषयमा ? देन् नो मोर प्लिज ।’ उनी भन्दै थिइन्– ‘एउटा सानो गल्तिले विद्यार्थीको अध्ययनमा कत्ति प्रभाव पार्दो रहेछ भन्ने उदाहरण हो यो ।’ भावनासँग जोडिएको यस्तो तनाव अरु बढ्यो भने जे पनि हुनसक्ने धारणा व्यत्त गर्दै थिइन मिनाल । यही कारण उनी प्लस टुको पहिलो सेमेस्टरको परीक्षामा सहभागी हुन नसकेकी रहेछिन् । भनिन्– ‘अहिले त म अलमोस्ट रिकभर भइसकें तर फस्ट सेमेस्टरको एक्जाम मिस गरेकोमा पछुतो भइरहन्छ ।’
अहिले पनि पुराना दिन सम्भेर कहिलेकाँही टोल्हाउछीन् रे उनी । त्यो सम्भ्यो भने पढ्न मन लाग्दैन रे उनलाई ।’ कतै आफ्नो त्यो कण्डिसन परिवारले थाहा पाउने त होइन ? भन्ने चिन्ता त अहिले पनि छ नि’ उनले भनिन्– ‘हामीजस्तो टिनएजरहरुले फ्रेन्डसीपको मिनिङ बुभ्न जरुरी रहेछ । कलेज लाईफ त्यसै गजवको हुन्छ । यस्तो परिस्थितिलाई मिस हेन्डल गर्नुहुदैन रहेछ ।’ उनको सल्लाह छ, आफ्नो उमेर समूहका साथीहरुले आफ्नो ध्यान अध्ययनमा केन्द्रीत गरुन् ।’ यो त गजब सल्लाह दियौ नि’ हामीले हल्का ठट्टैउली पारामा उनको प्रतित्रिया खोज्यौं । भनिन्– ‘मान्छेलाई पढेरभन्दा परेर थाहा हुन्छ भन्थे । इट्स रियालिटि।’ उनको अनुभवमा यसबारे सबैभन्दा पहिला सचेत हुन जरुरी छ रे ।
यही विषयमा उनीसंग यो भन्दा बढी गफिनु थिएन । केही राजनीति र केही सामाजिक विषयवस्तुमा पनि कुराकानी भयो । फरासिली र अलिक पढन्तेजस्तै लाग्ने मिनालसंग छुटिने बेलामा हामीले फेरि ठट्यौलो शैलीमा सोध्यौ– ‘अहिले सुमन भाई कहाँ होलान् हँ ? ‘उनी मज्जाले हासिन् र प्रतिप्रश्न गरिन्– तपाईलाई थाहा पाउन जरुरी छ र ?

narayan.amrit@gmail.com

प्रणय दिवसको स्वागत (प्रतिमा विवश र्राई)

एरिस्टोटलले भनेका छन्- \’जहा“ प्रेम छ त्यहा“ जीवनको सही रूप छ ।\’ हो पनि, जहा“ विश्वास त्यहा“ प्रेम । जहा प्रेम त्यहा“ शान्ति । अनि जहा शान्ति त्यहार्“र् इश्वर ।
प्रेममै संसार अडिएको छ । जति बखान गरे पनि प्रेमको परिभाषा पूरा हुदैन । प्रेमको प्रतीक ताजमहल ठडिएकै छ । लैला मज्नु, रोमियो जुलियटजस्ता जोडीको नाम त्यत्तिकै अमर बनेका होइनन् । टाइटनिक र देवदासजस्ता गियोगान्त प्रेमका फिल्मले युवालाई त्यत्तिकै धरधरी रुवाएका होइनन् ।

प्रणय दिवसका रूपमा संसारभर १४ फेब्रुअरी मनाइन्छ । त्यो विशेष दिन अधिकांश युवा प्रेम उत्सवमा झुम्छन् । यो दिनलाई युवाको उन्मत्त लहड भन्नेहरू पनि छन् । भन्नेहरूले जे भने पनि हाम्रो देशमा एक दशकयता प्रणय दिवस मनाउने क्रमले व्यापकता पाएको छ । नया“ पुस्तामा त नेटबाटै प्रेम प्रस्ताव राख्ने र राम्रा राम्रा उपहार दिने चलन बसिसकेको छ । त्यस्तै प्रेमी-पे्रमिकाबीच मह“गा उपहार साटासाट गर्ने प्रतिस्पर्धै चल्ने गरेको छ ।

यतिबेला अधिकांश कार्ड र गिफ्ट पसल झकिझकाउ बनेका छन् । दसैं र नया“ वर्षा भन्दा प्रणय दिवसका बेला धेरै बिक्री हुने गरेको धरानका पसलेहरू बताउ“छन् । धरान- ५ स्थित सोनी गिफ्ट सपकी लीला जैन भन्छिन्, \’यसपालि भ्यालेन्टाइन डेका लागि कार्ड बिक्री हुन थालेको धेरै दिन भइसक्यो ।\’ विशेषतः विदेश पठाउनेहरूले लगभग डेढ साता अघिदेखि कार्ड किन्ने गरेका छन् । भन्छिन्- १० वर्षा स्कुलेहरूसमेत कार्ड किन्न आउ“छन् ।\’ त्यसैगरी भेराइटी गिफ्ट र न्यू भेराइटी गिफ्ट पसलका नन्दकिशोर र रवि हलवाई धमाधम कार्ड बेचिरहेका छन् । \’मोबाइल एसएमएस र इन्टरनेटको प्रभावले कार्ड किनबेच कम हुन थालेको छ\’, नन्दकिशोर भन्छन्- \’तुलानात्मक हिसाबले अन्य अवसरमा भन्दा भ्यालेन्टाइन्ा डेको बिक्रीमाथि पुग्ने गरेको छ ।\’

प्रणय दिवसमा उपहार के दिने भनेर गम्नै पर्दैन । प्रेमी-प्रेमिकालाई लछित गरी विभिन्न कम्पनीले विशेष कार्ड र उपहार उत्पादन गरेका छन् । तपाईं जस्तो चाहनुहुन्छ त्यस्तै उपहार पाउनुहुनेछ । विशेषगरी \’लभ कार्ड\’ का साथमा बडी स्प्रे, परफ्युम, लकेट, ब्रासलेट र युवाको युगल \’सो पिस\’ बिक्री हुने गरेको पसलेहरू बताउ“छन् । नन्दकिशोरका अनुसार पचासदेखि अर्ढाई सय रुपैया“सम्मका कार्ड र सयदेखि दर्ुइ हजारसम्मका गिफ्ट आइटम बढी बिक्री हुन्छन् ।

प्रेमीलाई दिने उपहारबारे प्रियंका र्राई प्रष्ट छिन् । पल्स टु अध्ययनरत समीर खोजेजति रकम नपाएर पिरोलिएका छन् । उनी आर्थिक रूपमा अभिभावकस“ग निर्भर छन् । उनले मुस्कुराउ“दै सोधे-उपहार र कार्ड जति मह“गो उति राम्रो हुन्छ, हैन र –

भन्नेहरू यसो पनि भन्छन्- प्रेम दिवस हाम्रो मौलिक पर्व होइन । प्रेम आफैंमा पवित्र हुन्छ । त्यसैले प्रेम दिवसमा रमाऔं । प्रेमका नाममा मौलाउ“दै गएको विकृत्तिलाई भने हटाउनै पर्छ । शारीरिक भोक मेटाउनमात्रै प्रेम गर्ने मनोवृत्ति भएकाहरू पनि कम छैनन् समाजमा । दर्ुइ वर्षघिको एक अध्ययनअनुसार २९ प्रतिशत किशोरकिशोरीले प्रेममा यौन सम्बन्ध राख्ने गरेका छन् । त्यसले गर्दा अवैध गर्भधारण र असुरक्षित गर्भपतन हुने गरेको छ । प्रेम, यौन र विवाहलाई अन्तरसम्बन्धित एवं एउटै रूखका अलग-अलग हा“गाका रूपमा मान्न सकिन्छ । यसै प्रसंगमा डा. डीपी भण्डारीे भन्छन्- \’सन्त भ्यालेन्टाइनको मृत्यु दिवसलाई संसारका कामुक युवायुवती प्रेम दिवस र प्रेमक्रीडाको कालखण्ड भनेर मनाइरहेका छन् ।\’ स्नातकोत्तर क्याम्पस विराटनगरमा समाजशास्त्र र मानवशास्त्र पढाउ“दै आएका युवा प्राध्यापक दिलीप पोख्रेल भन्छन्-\’हाम्रोमा पश्चिमा संस्कृतिलाई ठूलो मान्ने प्रवृत्ति विकास भएको छ ।\’

\’भ्यालेन्टाइन डे\’ लाई विपरीत लिङ्गबीचको आकर्षा र प्रणयमा मात्र सीमित नराखी मानवीय प्रेम दिवसका रूपमा मनाउन सके कसो होला – उल्लेखनीय त यो पनि छ कि \’फर यु डियर ब्रदर, सिस्टर अन भ्यालेन्टाइन्स डे\’ लेखिएका कार्ड पनि बजारमा पाइन्छन् । यसले प्रणयको दायरा फराकिलो बनाएको छ ।

सूचना र सञ्चारमा आएको क्रान्तिले विश्व सानो गाउ“ बनेको छ । विकसित राष्ट्रको संस्कृत्रि्रति विकासोन्मुख देशका युवा मोहित भइरहेका छन् । हामी पनि भ्यालेन्टाइन र प|mेन्डसिप डे मनाइरहेका छौं । मनाउनु राम्रो हो तर हामीले घा“टी हेरेर हाड निल्नर्ुपर्छ । आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक वातावरण ख्याल गरेर मनाउनर्ुपर्छ । किन भने पे्रम मनले रुचाएको मान्छेस“ग गरिन्छ न कि मह“गा उपहारको लोभमा ।

प्रेम जीवनको अभिन्न अंग । बिनाप्रेमको संसार मरुभूमि बन्छ होला । सा“चो प्रेम गर्नेहरूका लागि कुनै जात, रंग, सीमा र आकार हु“दैन । यो त असीमित भावना र हृदयको उपज हो ।

from Kantipur

म टोपबहादुर (नबराज राइ/यु.के.)


कुकुरलाई कुकुर र
मान्छेलाई मान्छे भन्ने ठाउँमा जन्मिएको मान्छे

कुकुर घर बाहिर र
मान्छे घरभित्र बास बस्ने ठाउँमा हुर्किएको मान्छे

कुकुरलाई काले, ठुटे, पाङ्ग्रे र
मान्छेलाइ राम, श्याम, गोपाल भन्ने जस्तो गाउँमा बढेको मान्छे
तर महाशयको ठाउँ त अचम्मको रहेछ
कुकुर र मान्छेमा भेद छैन
कुकुर बस्ने ठाउँ र मान्छे बस्ने ठाँउमा पनि भेद छैन
मलाई पनि महाशयको चलन मन पर्यो
यसमा मेरो पनि सलाम छ
तर होईन-
महाशयको कुकुरलाइ कुकुर भन्न नपाईने
यो कस्तो कानुन हो-

टोपबहादुर
भरखरै एउटा कुकुर घरमा भित्राएँ र
नाम दिएँ टोनी
आहा टोनी
टोनी आएपछि म टोपबहादुरको घर नै अर्कै छ
जागिर त्यसपछि टोनीको रखवाली

गोठमा हुर्केको मान्छे
विहानै दुइ भारि घाँस ल्याउँदा लखतरान परेर
बेलुका दुइ मानाको ढिडो लडाउँथे
आजकाल,
यो टेस्को र स्पारमा
टोनीको भोजन छानी छानी किन्न थालेको छु
टोनी जस्तो तस्तो खाँदैन
त्यो पहिलाको लैनौ भैंसी जस्तो
तर

टोपबहादुरलाई थाहा छैन
कहिलेदेखि कुकुरको माया लाग्न थाल्यो मलाइ ?
गाउँमा हुँदा त म
पादेको रिसमा पिट्थेँ
बारी हगेको रिसमा पिट्थे
त्यो काले कुकुर मैले भात खाँदा
बाहिरबाट टुलुटुलु हेरेको रिसमा पिट्थें
तर शायद,
यो टोनी जस्तो थिएन क्यारे
त्यो काले कुकुर
कहाँ हुनु गन्हाउने थियो साला
फोहोरि गधा
जुम्राले खाईसकेको चुतिया थियो
तर थाहा छैन
त्यो गोठमा

टोपबहादुर कस्तो थिएँ ?

नबराज राइ
फोक्स्टोन, यु.के.

मनको हाल आजको रात (विनीत सानु,/ सिड्नी)


के होला मेरो मनको हाल आजको रात ?
विग्रने पो होकि कतै ताल आजको रात ?

सोच्नै सकि रहेको छैन के हुने वाला छ,
कुन्नि के भा\’थ्यो गत साल आजको रात ?

हिजो पनि सपनीमा धेरै ऐठन भा\’थ्यो,
आउने पो होकि लिन काल आजको रात ?

उथल-पुथल भा\’को छ मन नसम्हालिने,
फेरि पनि आउने होकि छाल आजको रात ?

विश्वस्त छु फस्छ विनीत नराम्ररी फेरि,
अन्धकारमा देखिँदैन जाल आजको रात ।।

विनीत सानु,
binit.sanu@gmail.com
सिड्नी

धेरै रोए जिन्‍दगी (बसन्तमोहन अधिकारी)


धेरै रोए जिन्‍दगीमा अब रून्‍न होला
जिन्‍दगीमा हाम्रो भेट यहाँ हुन्‍न होला

हाँसो छर्छु अरूलाई आँशु आफै संग
त्‍यो आँशुले यो सासलाई अब छुन्‍न होला

नीलो मेरो आकस पनि कालो हुदै गाँछ
यो आँखामा अध्‍यारोको पर्दा बुन्‍न होला

बेसहराको सेवा गर्दा पाए आज मृत्‍यू
माया अनि पिरतीको हिसाव गुन्‍न होला

दोबाटोमा आज छर्ने बुर्की छैन मलाई
अर्कै संग हाँसी बाँच्‍ने जीवन चुन्‍न होला

बसन्तमोहन अधिकारी

सम्झानाले तड्पाउदा…( लोकेश याक्थुम्बा)


सम्झानाले तड्पाउदा उसैलाई खोजी हिड्छु
खबर केही नपाऊदा उसकै बारे सोधी हिड्छु

परदेश हिड्दा बाटो छेक्दै रुएकी थिई धरधरी
आज त्यही यादले मेरो छाति पोलिरा\’छ बेसरी
मुटु माथि ढुंगा राखी हर्सलाई रोजी हिड्छु
खबर केही नपाऊदा उसकै बारे सोधी हिड्छु

घरीघरी सपनीमा देख्छु फर्कदैनौ भनी रोएको
देउरालीमा कसम खाँदै जोडी तस्बिर छोएको
सुनसान रात भरि छाया उसकै खोजी हिड्छु
खबर केही नपाऊदा उसकै बारे सोधी हिड्छु.

लोकेश याक्थुम्बा
फाकूम्बा-1,ताप्लेजुंग
हाल-मलेशिया