Archive | April 2008

बघेनीका सन्तानहरु (गोपाल बिरही/बुटवल)

साना र सानी खै गए कता देख्दिन अचेल

सहिद भए भन्छन् नि सबै लाग्दैन पत्यार ।

हिजोझै लाग्छ सानाको मुहार आफैले देखेका

अस्तिझै लाग्छ सानीका कुरा कानैमा परेको ।।

आकाश रोयो चितालाई देखी सहर माझमा

धरती रोइन् सानालाई देखी अचल हालमा ।

मुखले बोल्न सक्दैन केही आवाज निस्कन्न

हातले गर्न सक्दैन केही तागत निस्कन्न ।।

नदी र नाला रोएर सबै बेहाल भैसक

खोलाका पानी चिसा न चिसा रोएर भैसके ।

बसन्त भयो शिशिरजस्तै कक्रक्क परेका

लागेन घाम फुलेन फूल सुकेर गैसक्यो ।।

शोकले आज रुखका पात हल्लन मान्दैनन

दुःखले होला मान्छेका आखा जुध्न नै सक्दैनन् ।

बजेन बाजा रोकियो बिहे मन्दिर शान्त भा

पाकेन भात झुप्रामा आज भोक नै हरायो ।।

खोलाका पानी बेगले बग्छन् छट्पटी लिएर

माथिका तारा पिल्पिल गर्छन् आसुमा भिजेर ।

भुइचालो आयो पहिरो खस्यो धर्ती छ रोएका

पहाडबाट चट्टान खस्यो ढुङ्गा छ रोएको ।।

बाटामा हिड्दा घरैमा बस्दा सानालाई सम्झन्छ

एकान्त जादा एक्लैमा रुदा सानीलाई सम्झन्छु ।

सम्झन्छु खाली चिताको आगो दन्दनी बलेका

ती मेरा प्यारा सानाको जीउ आगाले पोलेको ।।

यै देशमा जन्मे यै देशमा हुर्के असल भएर

यै माटो खेले यसैमा हासे सज्जन बनेर ।

के भयो साना के भयो सानी यस्तो यो के भयो –

कसरी भयो किन यो भयो वैरीले के गर्‍यो —

देशको झण्डा झुकेछ आज सानाको शोकल

सानाका साथी रोएछन् आज एकान्त-बोधले ।

सबैका दुःख बुझेका साना के भयो आज यो ?

त्रि्रा ती साथी रोएर मर्लान् भनन के भयो ?

आर्यको घाट सानाको लास कसरी हेरु म ?

सानीको मृत शरीर आज के गरी हेरु म ?

साना र सानी जलेको हेरे क्यै गर्न सकिन

मरु“ कि बाचू“ टाउकाले मेरो क्यै भन्न सकेन ।।

सानाका बाबु सानीकी आमा रोएको देखेर

बूढापाकाले यसरी आसु झारेको देखेर ।

संसार सारा सानालाई खोज्छ बोलाउछ सानीलाइ

डाफेले सोध्छ गुरासलाई के भयो सानीलाई – ।।

गोपाल बिरही
बुटवल, रुपन्देही, नेपाल

(दोरम्बा हत्याकाण्डमा मारिएका नेपाली नागरिकहरुप्रति समर्पित)

पिञ्जडाको कैदी (चन्द्र मादेन/ हङकङ )

रुन्छ आत्मा, दुख्छ मुटु, जल्छ मन

हे मनुखे ! कसरी वुझाऊ तिमी आफै भन

कुन जुनीमा पाप गरेथे थाहै नपाइकन ।

वुझाइ देउ मलाइ

कुन जन्ममा मैले तिम्रा

के विगार गरेथे ?

आकाश सम्झे धर्ति सम्झे

सम्झे मैले सारा संसार ।

फलामे पिञ्जडामा कैद वनाउने

हामी निर्दोष पंक्षीलाई फसाउने

आफ्नो स्वार्थको लागि अरुलाई सताउने

आफैले आफैलाई मानव र्सवश्रेष्ठ वताउने

कसरी भयौ र तिमी वुद्धिमानी र र्सवश्रेष्ठ ?

अरुको आत्मा रुवाउने

घर संसार डढेलो लगाउने

निर्दोष अवला मेरो

वाल वचेरालाई भोक भोकै मार्ने

के तिमी नै हौ मानव विवेकी दयालु ?

दया, माया, कोमल स्नेह

करुणामयको सवै शब्द भण्डार

स्वयं तिमीले रचेर

तिमीले आफै उलङघन गर्‍यौ

सवैलाई धोती लगाई दियौं

नत पिञ्जडाको जेलमा कैदी वनाएर

कुनै विजयप्राप्त गछौं

न तिम्रो कुनै अनगन्ति सदिच्छा पुरा गछौं

न कुने आर्थिक उन्नती नै गछौ

नत काटेर खाँदा तिम्रो पेट भरिन्छ

न मेरो प्वाँखहरुले त्रि्रो अङ्ग ढाकिन्छ

न मेरो मुटु कलेजोले त्रि्रो घाउ नै निको हुन्छ ,

न मेरा रगतले तिम्रो धमनी भरिन्छ

न मेरो आँखा पहिरेर दान लिन्छौ ।

त्रि्रो जस्तो लैला मजनु रोमियो जुलिट,

प्रेमी साथी थिए मेरा

त्रि्रो जस्तो सुन्दर महल प्यारो गुड थिए मेरा

तिम्रो जस्तो अवला वालवच्चा

आँखाका नानी वचेराहरु थिए मेरा

तिम्रो जस्तो रमाइलो संसार

खुल्ला आकाश थिए मेरा ।

वुझ्दै नौ मेरो भाषा

सुन्दैनौ मेरो आवाज

देख्दैनौ मेरो व्याथा

सम्भिmदैनौ मेरो पीडा

स्वीकार्दैनौ मेरो वेदना ।

यदि तिमीमा दयाको जिजीविसा भए

मलाई स्वतन्त्र भएर

खुल्ला संसारमा उड्न देउ

मलाई मेरो प्रिये प्राणेशवर

र मायालु वच्चालाइ भेट्न देउ ।

तर त्यो समय धेरै टाढा भयो होला

मेरा कलिला चिचिला मुनाहरु

मेरो पखाईमा कारुणीक रोनदले थाके होला

प्यासले तिर्खाएर वालसुलम आवाज सुक्दै सुक्दै घटेहोला

रातमा मेरो न्यानो अङ्गमालको खोजीमा रहेहोला

मध्यरातमा जाडोले कठ्याङ्गदिै निकै छटपटयाए होला

भोकले तड्पिदै तड्पिदै संसारवाट विदा लिएहोला ।

मेरो प्रेये सखा भने

हामी घुम्ने ठाउँहरु

भौतारिदै खोजे होला

हामी लुकामारी गर्ने

छहारीहरु पल पल चहारेहोला

शुरिलो आवाजले हरेकपल मलाइ

पिना सुकुञ्जेल वोलाएहोला

मेरो अनुपस्थितिमा कयौं दिन

भोकभोकै व्रतवन्द वसेहोला

हराएको साथी नभेटेपछि निरास वन्दै

झ्रोक्राएर थकित भएर वसेहोला

विछोडको पीडाले व्याकुलभएर

होस गुमाएर वसे होला ।

त्यसैले अब मेरो निम्ति

एक आपसमा अकल्पनिय ग्रह जुधेझ

संसारको विनास संगै

श्रृष्टिको पूर्ण अन्त्य भएको छ

पृथ्वी महाप्रलय भएको छ

आकाश सवै फाटेको छ

धर्तिभरी विस्फोटन भएको छ

आत्मा जलेर छियाछिया भएको छ

निस्पट अन्धकार छाएको छ !!

चन्द्र मादेन, हङकङ
maden_family@yahoo.com

(प्रस्तुत कविता गत सरस्वती पूजाको अवसरमा अनलाइन नेपाली साहित्य मंचद्धारा आयोजित अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६४ को निमित्त प्राप्त भएको हो ।)

बिलासी मन (यशोदा अधिकारी)

वास्तविकता नबुझने मान्छ

लाटोकोसेरो जस्त

पीडाले छट्पटाउँछ

समयलाई नबुझने मान्छ

विना औचित्य

झयाउँकिरीजस्तै चिच्याउछ

अँध्यारोलाई उज्यालोमा

बदल्नुको साटा

अरूले उज्यालो पारिदिएको जिन्दगीलाइ

उल्टै धकेल्छ अन्धकारतिर ।

आङ्भरि एकसरो लुगा हाल्न नपाएर

कठ्याङग्रिदो् जाडोमा

लुगलुग काप्ने ढाक्रेको भन्दा पनि

बेकम्मा हुदो रहेछ

सम्पन्नताको विल्ला पाएकाहरूको जिन्दगी

समयको रफ्तारल

एक घडीमै पलायन हुदारहेछन

सम्पन्नताको रबाफजति सबै एकाएक ।

हजारौं पैतालाल

कुल्चेको दुबो मौलाए जस्त

उसले तिरस्कार गरेको मन

शिखर चढ्दै गदा

भारिकाभारि पीडा बोकेर

पहाडमुनि खस्न पुग्छ

सम्पन्नताले भरिएको लोभी मन ।

कष्ट पाएपछि

धेरै कष्ट पाएपछि

मात्र अनूभुत हन्छ उसलाइ

बेकार रहेछ धन दौलत

धिक्कार रहेछ

प्रदर्शन गर्ने बानी पनि ।

-यशोदा अधिकारी

एक आपसमा सम्मान गरेर बांचौं (नगेन्द्र ईङनाम /आठराईली)

एउटै घरका परिवार हौं हामी
भान्सा छुट्याउन किन पर्यो र
चुलो अनि भॉडो एउटै छन हाम्रा
खाने थालमा झगडा किन गर्ने र

साना र ठूला सबै भेद् भाव त्यागी
एकताको बलियो बन्धनभित्र बॉधिउं
सत्कर्महरु गरेर देशको गौरब बढाई दिउं
कोहि होइनौ पराय हामी सबै आफन्त हौं

छैनौ पराधीन सबै क्रान्ति जितेका छौं
मेचि काली ऑगनिमा,संगै रम्ने बाचा गरौं
हाम्रो फाटो,शत्रुको हांसो,बरू सबै जुटौं
गाउं,बस्ति र शहरबाट देश बनाउन उठौं

उपयोगी छन
बन,जंगल र नदीनालाहरु हाम्रा
यिनलाई सोसिन बेचिनबाट जोगाऔं
सांघुरो छ हाम्रो गौरबको जमिन
संधियारको मिचाईबाट सधैं बचाऔं

हिमाली स्वच्छ हावा,पानी हामीलाई
ताजा पहाडी फलफूल बांडिचुंडि खाऔं
रुखो जमिनहरुमा घर,शहर बसालेर
मलिलो मधेस अन्न फलाउन जोगाऔं

अस्तित्वका थुप्रै मातृ भाषाहरू हाम्रा
एकताको सूत्र हाम्रो एउटै राष्ट्र भाषा
सयौं जातका एउटै जाति हामी नेपाली
निष्पक्ष नेपाल आमा,छैन काखापाखा

शिरमा नेपाली टोपी सगरमाथा
मुटुभरि सधैं नेपालको मायां साचौं
राष्ट्र प्रेमको भावनाले ओत प्रोत हुंदै
एक आपसमा सम्मान गरेर बांचौं

(यो कविता आउने \”प र दे श बा ट\” कविता सङग्रहभित्र छापिईने छ । )

म फूल (भीमा खजुम मुसुम)

म,
मनभरि गुलाफ फक्रे
रत्ताम्‍मे पाखा उजेल्‍ने
सुन्‍दर गुँरास फूले
फूल्‍नु हुन्‍थ्‍यो या हुन्‍थेन
बिना सोच फूले
बक्र नजर नि हुँदारहेछन्‌
यो मैले सोच्‍नै भुले

ऋतुसँग लिएथे मैलै
थोरै खुसी सापट
बसन्‍तको मनमोहक
मुस्‍कान चोर्ने दाउमा
धेरथोर अन्‍जानैमा
शीतसँग खेल्‍ने रहरसँगै
एकाबिहानै म
टिपिनुको रागमा फक्रे
दर्द के हो थाहै नपाई
भमराको रोजाईमा परी
चुसिनुको चोटमा फूले

जान-अन्‍जान, समय-असमय
बेली, चमेली, सुनगाभा, मखमली
आदि-इत्‍यादि नाम भिरेर
फूल्‍नुको प्रश्‍नै प्रश्‍नबिच फक्रे
र आखिर,
टिपिएर फ्‍याकिनुको
अभिसापबिच फूले
म फूल
यसैगरी फूले
यसरी नै फूले ।।

भीमा खजुम मुसुम
धनकुटा, नेपाल

गजल

-निमेष निखिल

कांडा पाए त के भो फूल हुर्काएँ मैले

शाखा मर्यो त के भो मूल हुर्काएँ मैले ।

  

बाँच्न खोजेँ सम्बन्धको एउटा सेतु बनाएर 

तिमीलाई आफ्नो ठान्ने भूल हुर्काएँ मैले ।

  

रोइनँ समेटेँ सारा व्यथाका पत्रपत्रहरु

आफैँलाई पीडा दिने शूल हुर्काएँ मैले ।

  

ढाँट्न सकिनँ कालोलाई कालै भनी चिच्याए 

वरिपरि आलोचकहरुको हूल हुर्काए मैले । 

गजल

-गीता ढुङ्गेल

संयोगका भाकाहरु बोल्न पाए हुन्थ्यो

तिम्रासामु मनका बह खोल्न पाए हुन्थ्यो ।

 

एक्लो जीवन बाँच्न यहाँ धेरै गाह्रो भयो  

हामी मिली हार जति पोल्न पाए हुन्थ्यो ।

 

भाग्य सबै बिलाएर गए क्यार छोडी  

बटुलेर मिलनमा घोल्न पाए हुन्थ्यो ।

 

के हो जीवन कस्तो हुन्छ मूल्यै बुझिएन

दुई मुटु सजाएर मोल्न पाए हुन्थ्यो ।

नयाँ बजार, इलाम