Archive | May 2008

गजल-उपेन्द्रबहादुर ‘जिगर’

दिल फगत मैले चढाएँ थे नजर होला भनी

यो दरदले त्यो दरदमा क्यै असर होला भनी।

 

निर्दयी झैँ झन हृदय टुकडा गर्‍यौ तरवारले

थाहा थिएन दर्दले तडपी हृदय रोला भनी।

 

एक मछु कि जुल्म सब हाँसी हाँसी सही रहेछु

एक तिमी छौ कि दया गरछौ दगा होला भनी।

 

एक मछु कि नजरको आँसु पनी साँची रहेछु

एक तिमी माया बगाउने बिरहको खोला बनी।

 

आँसु तक हुन्न निघा हेर मेरो दुर्भाग्य यो

आँसुको जलले ‘जिगर’को विरह कै धोला भनी।

 

फूलको काँढा पनि भमराको निम्ति चीज छ

छैन दृष्टि यो नजरमा विरहले छोला भनी।

«««

शारदा गजल अङ्क (पूर्णाङ्क १२) बाट साभार

देश छोडेर जानेलाई

नरहरि शर्मा अधिकारी

 

माटो नेपालका यी धवल हिमचुली, कुण्ड, खोला-नदीले

गाई, डाँफे, हिमाली पवन, तरू-लता, वृक्ष नानाथरीले

छोडी देश् उड्नलाग्दा खुसखुस यिनले क्यै भनेनन् कि के हो

पक्कै क्यै भन्नुपर्ने अनसुन गरदै बुझ् पचायौ कसो हो ?

 

बूढा आमा-बुबाको मुख अब कहिल्यै देख्‍न मिल्ला-नमिल्ला

नाता-गोता कुटुम्बी जनसित कहिल्यै भेट होला नहोला

पर्दा जन्ती मलामी मरण-समयका ती सबै भुल्न लाग्यौ

क्यै चिन्ता छैन मनमा अलिकति पनि लौ कुन महान् स्वप्न देख्यौ।

 

खान्थ्यौ ऐँसेलु, चुत्रो, बडहर, अमला, अम्बके औ गुँहेली

ढुङ्गे धारा नुहाई कदममुनि बसी गीत गाई सुसेली

बाल्दैथ्यौ धूपबाती घरपरि पहरे देवता स्थान जाई

पार्थ्यौ साह्रै उज्यालो रमरउस गरी गीत गाई सुसेली।

 

केही ख्यालै नराखी कुन लहड उठी ती सबै बिर्सिएर

लाग्यौ पर्देश कान्छा ! रहरहरू पुगी पर्सि लाग्नेछ लाज

हामीलाई त्यहाँका जनहरू कहल्यै आफुझैँ सम्झदैनन्

भोका-नाङ्गा अभागी उदरभर यहाँ खान आए नि भन्छन्।

 

च्यायौ झ्यालबाट पक्कै हिमशिखर उँचा देख्‍न नेपालकै झैँ

फेवा, रारा र सुर्मासरि जलनिधिका चारू कौमार्य खोज्दै

हेर्‍यौ यात्रीहरूमा हिमगिरितिरका चेहरा छन् कि भन्दै

नेपाली शब्द सुन्ने रहर अधिक थ्यो कोही बोलेन बन्दै।

 

आकाश चुम्ने हवेली धवल रङ सबैबाट वाक्कै हुनेछौ

मान्छेका भीडभित्रै उठबस गरदै मनमनै एक्लिनेछौ

पैसा खाइन्न कान्छा सुन र डलरले धीत मर्दैन मनको

खौजौला देख्‍न झाडी, रुख, वन, पशु नेपालकै साथ मिल्दो।

 

बाली दीया उज्यालै जनमदिवसको गर्दथ्यौ पूजनादी

बल्दा बत्ती निभाई तम सृजन गरी माग है आशिषादी

पिज्जा, स्यान्डविच र बर्गरहरू अमन हुँदा सेलरोटी, फुरौला

सम्झी सिन्की र गुन्द्रुक रुचि र सितन ती राल मुखबाट झर्ला।

 

स्वप्ना नेपालका नै हररजनी त्यहाँ देखिनेछन् नि भाइ

नेपालीमै तिमीले सुन र डलरको मूल्य आँक्नु छ भाइ
खोज्थ्यौ पर्मा परेली मजदूर अब ता मजदुरी नै छ काम

बायाँ भै दैव काहीँ विपद परि गए जप्नु नेपाल आमा।

 

«««

पञ्चकन्या-४, माघे, इलाम।

छरिएको पानी

-छायादत्त न्यौपाने ‘बगर’
समयजस्तै बगेर गएपछि नफर्किने पानीको स्वभाव र्सवविदितै छ । आजको मानिस व्यवहारमा चौपायाको सिको गर्न तम्सिएको भए तापनि म समाज परीक्षण गरेर निक्र्यौलमा पुग्न चाहन्छु । यही समाजको सदस्यको हैसियतले म विद्यार्थीजीवनका घनिष्ट मित्रलाई पछ्याउँछु । नजिकको मित्रलाई कोठामा पाउँदा उनले कसर नछाडेर खुसी प्रकट गरेकै हुन् । घरजमको थालनीपछि विद्यार्थीजीवन बिर्सिदिनुपर्ने विधान भने मलाई थाहा नभएको कुरा हो । त्यसैले म उनको नयाँ कोठामा पुरानै शैलीले प्रवेश गरेँ, उनै हार्दिक प्रसङ्ग कोट्याएँ पनि । बरालिने बानीले मलाई विभिन्न कार्यालय प्रमुखहरूसँग भेट्ने अवसर दिन्छ । खानेपानीमा, लथालिङ्ग, पत्रालयमा गोलमाल, राससमा थपघट र लुछाचुँडी, मन्त्रालयहरूमा परेको पसारो, धेरै बढुवा- थुप्रै सरुवा, नाई भन्ने पाखा, अँ भन्ने काखा, होइन भन्ने जेल, हो भन्ने विदेश पुर्‍याउनेजस्ता नयाँ परम्पराको विकास तीव्रगतिले भइआएको साजी खबर रहेछ । म सरकारी सङ्घ संस्था र निजी कार्यालय तथा राजनीतिदेखि घरनीतिसम्म काट्ने र जोड्ने विशेषज्ञहरूको घुइँचो नाघेर मित्रकहाँ आइपुगेको छु । मित्र विचलित मनस्थिति र हृदयमा ढुकढुकी लिएर किन आत्तिएका हुन् भन्ने बुझ्न भने मलाई निकै कठिन भएको छ, निकै कठिन ।

मलाई अतीतका क्षणहरूको रसमा देखेर आफू सचेत व्यवहारिक भएको खबर दिन उनले गरेको व्यवहारिक प्रयोगशीलता मैले समयमा चिन्न सकिनँ । गाउँटोलका सोझा जनताले भोग्दै आएको थिचोमिचो, सुकुम्बासीको दौडादौडसँगै यो गाउँ र त्यो ठाउँ यो जिल्ला र त्यो राष्ट्र, जङ्गलको छेउ र खोलाको तीरसम्म पुगेर बिसाउने गरेको छ । त्यो चिथोमिचो सहरिया सभ्यता र मानवताको खोजमा नयाँ प्रयोग भएर बिउँझेको छ । समय थरिथरि पाटा फेरेर हिँड्छ, तर भौगोलिक विकटता भन्ने या मानवस्वभावको भिन्नता मित्रले भलाकुसारीको प्रसङ्ग चुँडालेर प्याच्च “कस्तो पानीझैँ छरिएरका यी केटाकेटी भनेका हुन् ।” मलाई भने मित्रताको सूत्रले विश्वासमा पारेको छ । मेरो योजना र आवश्यकता मित्रको वास्तविकता नङ्ग्याउने थिएन । अहिले भने सत्यता ढाकेर भाकामाथि भाका थप्ने अनुहार हर्ेर्ने र को, के, किन कसरी, कहाँबाट, के को लागि कोमार्फलाई झाँक्री बोलाएर बिरामीको रोग खुट्याउने धामीको अनुकरण गर्ने साँघुरो प्रवृत्ति र रूखो भावनाले घोचेका मानसिक घाउहरू चस्किरहेका छन् । मित्रको दिउँसै लाल्टिन बालेर अनुहार चिनाउने असफल प्रयास र्छलङ्ग ऐनामा आइसकेपछि खुरुक्क छाता टिपेर बाटो समाउनुबाहेक सम्भव नै के – मजस्तो कुनै मन्त्री, राजनेता तथा फुच्चे कर्मचारीसम्म चिन्न नसकेर बरालिनेको उपचार ! पैदल सवारीको लामो यात्रापछि अकस्मात् भेटिने मित्रको तर्कले चेतना अलिकति बिउँझेको छ ।

प्रतिदिन नुन, तेल, चिनी, ग्यासका लागि लाम लागेर खर्च हुने घण्टौँ समय र छरिने पानीका सबलताका ख्याल कसले गर्ने – अस्तव्यस्त राष्ट्रको सामाजिक लदाबदी फराकिलो विसङ्गति र भित्रभित्रै चयातिएका धार्मिक खोलहरूमा पसेर जाडो छल्ने कुशल वक्ताको स्वागत गर्ने रहरले भित्र पनि मजस्तै गरी उदाङ्गो भएको गोपनीयता यहाँनेर भङ्ग हुन्छ, उनी आफूलाई परिपक्क ठान्छन् । अगाडि ढाकेर मख्ख पर्दा पछाडि फराकिएको भ्वाङ् मित्रलाई कसले देखाइदिने, खोइ मैले त केही बुझिनँ र अरूलाई त चासो पनि भएन नि । स्वयं मित्र भन्नुहुन्छ, स्वार्थका आनन्दी र अक्कलका बन्दीज्यूहरूको भनाइ नै सत्य होइन भन्दै तथ्यपर्ूण्ा भनाइ थप्नु सत्ताको उछितो हारालुछ गर्ने राजनीतिका धुरन्धरहरूको खिचलोले पार्टर्ीीत्र तानातान गरेको छ । समाजमा देखिएको हिनामिना र पारिवारिक पिरोलामा परी छरिने जुनसुकै मुद्दामामिलाको फैसला गर्ने न्यायाधीश पदमा लगनशील स्वभाव, आत्मीय व्यवहार, स्वच्छ परिवेश, स्थित मनस्थिति नियुक्त गरी टिकाउ परिचालन अनिवार्य छ, जसले गर्दा छरिएको पानी र पोखिएका पीठाको समुचित जतन हुन सकोस् । अतीतमा खिइन गएका पाइलाहरू मोडेर दिशाबोध गरी खुकुरीमा धार लगाउने जाँगरले अचानोको बेथा बुझ्ने बानी बसाले यहीदेखि स्वस्थ सामाजिक जीवनको जग बस्ने भावी पिढीको लागि उदाहरण बन्न सकिने दाबी उहाँले गर्नुभएको भए मित्रसँगको भलाकुसारी काम लागेको छ भन्न मैले हिच्कनुपर्ने थिएन मित्रको यो प्रयासमा म भित्रको चिस्यान नसुकेर कठ्याङ्ग्रिनु परे पनि मैले मित्रको प्रशंसा नगरी नहुने होला तर प्रशंसा गर्ने शैली कस्तो अपनाऊँ ! म अलपत्र छु । गोरेटोमा अभ्यास गरी राजपथ हुँदै घण्टौँ बरालिएर जुत्ता खियाउँदै थुप्रै विचारहरूसहित मित्रको घर फेला पारेको हुँ र उपलब्धि पानीमा गएर ठोक्किएको हो ।

यसको जिम्मेवार व्यक्तित्व म नै हुँ । आशा पलाउँछ, घाम झुल्कन्छन् कि तर कस्तो विसङ्गति आँखा तान्ने र पटकपटक धाउने गरे पनि अनुहार चिनाउन बाँकी रहन्छ, मध्यरात्रिको अँध्यारोले आत्मीय दैलो छेलेको छ भन्ने ठानेको त खाँचो पो भएछ । यसैले म सुइँय सुस्केराको भाषामा दिनदिनैको स्मरण र उम्लेका पानीसँग नुन खर्ुसानीका स्वाद लिएर न्रि्रादेवीको निम्तो स्वीकार गर्ने भएको छु । आखिर आफन्तको अभावमा मान्छेको प्राप्ति र छरिएका पानीका दसा पनि त यस्तै हुन्छ । मलाई संरक्षण दिने जिम्मेवारी तपाईंलाई सुम्पेर म भेद खेल्दै छु, दया गर्नुहोला । यस्तै असाधारण मित्रहरू मलाई निकै फेला पर्ने गर्छन् उस्तै साधारण कामको लागि । यहाँनेर एक अर्कामित्र भेटिनुभएको छ, प्रशस्त ऐनाहरू देखाएर अनुहारको किटान गर्न सक्ने सारै प्रशंसनीय कला उहाँसँग छ । उहाँलाई भेटेपछि म गन्तव्य बिर्सर्ेेउहाँकै बखानमा अलमलिन्छु । केही मह�वपर्ूण्ा क्षणहरू गुमेपछि फर्किँदा मेरा कर्तव्यहरू यत्र-तत्र र्सवत्र असरल्ल परेको पाउँछु । मलाई अकर्मण्यतामा बरालिएका प्रशासन कार्यालयहरू र लगाम चुँडेका वक्तव्यहरूको हाइदुहाइपर्ूण्ा चर्काचर्की बहसले भरिएका कापीकिताब र छरिएका पानीले रूझेका पाइन्ट, जुत्ताहरूमा पाइने गन्ध सुँघेर पलङमा सुस्ताउँदा भेटिने निर्ण्र्ााकुन हो भनेर सोध्न मन लाग्छ तर असाधारण मित्रसँग होइन म तपार्इंहरूसँग सोधिरहेको छु । सडकमा छरिएका पानीको मह�व अरू केही छ कि – कुनै सुश्रूषाबिना पानीले पखाल्ने, चिस्याउने गत्यात्मक स्वभाव तथा गुणत्मक स्थायित्व जोगाइराखेको हुन्छ । स्वच्छता र व्यवस्थितरूप दिए थुप्रै घाँटीहरू भिजाइ जीवनाधार बन्न सक्ने पानीको दृढताले म छक्क परेको छु । म पानीकै कल्पना गरी बग्न थाल्छु । कहिलेदेखि संगालेको मैलो पखालेर पानीको मह�व बुझे र यथार्थमा पुग्छु । पानीजस्तै छरिने जीवनका चरणहरूमा आउने विविध घुम्तीहरूको गति खिरिलो पारी भित्रसम्म घाउ पार्ने तीखा काँढाहरू पन्छाउँदै तन-मन र व्यवहारको समन्वय हुन सके छरिएको पानीलाई पाइप तथा भाँडिएको समाजलाई अनुशासनले पछ्याउनेछ । भत्केको मनस्थिति र बिथोलिएको व्यवस्थाका कारण उपवास बस्नुपरेको रात्रि खिइँदै जान्छ । र्सर्ूयले प्रकाश छरेर स्थिर, अडिलो, सौम्य, सिर्जनशील जीवनका तेजिला किरणले आउँदा क्षणहरूमा उज्यालो ल्याइदिनेछ र व्यवस्थित जीवनयात्राका घुम्तीहरू सजिलै देख्न पाइन्छ भन्ने विश्वासले चौबाटामा पर्खिबस्ने यात्री बनाउँछ, कर्तव्य नछाड्ने आत्मबल मलाई यिनै अनुभूतले दिन्छन् । समयको गतिसँग चल्ने यो चेतनशील प्राणीलाई आउने दिनहरूले दिने खुराकसम्बन्धी चर्चापरिचर्चा परिचित तथा अपरिचित मित्रहरूबीचको पुनर्मिलनपछि प्रकाशमा आउनेछ । यही सूचनालाई आधार मानेर थरिथरि मौसम र मानसिक भीडमा म पनि प्रतीक्षारत रहने निधो गरेको छु, छरिएको पानीले पाइप र भाँडिएको मानसिकताले अनुशासित व्यवहारयुक्त गतिशील जीवनशैली अँगालेको हर्ेर्ने ।

जिउदै जीवाश्म भइरहेजस्तो !

-प्रा.डा. माधवप्रसाद पोखरेल
कुनै प्रागितिहासिक जीव पृथ्वीभित्रको हलचलले गर्दा चट्टानभित्र च्याप्पियो भने, अथवा ओरिपरिको ताप र चापले शिला भयो भने, त्यसलाई जीवविज्ञानमा जीवाश्म अथवा जीवावशेष भन्दछन् । अङ्ग्रेजीमा त्यसैलाई फसिल पनि भन्दछन् । समुद्रमुनि भुइँमा थुप्रिएका जीवहरू पनि समुद्रको करोडौँ टन गरुङ्गो पानीले थिचिएर शिला बन्छन् । हाम्रो कालीगण्डकीका बगरमा पाइने साक्षात् विष्णुभगवान्को रूप शाल्रि्राम पनि प्रागितिहासिक शङ्खेकिराकै जीवाश्म हो भन्ने भर्ूगर्भविद्हरूको भनाइ छ । जुन प्र्रक्रियाबाट कुनै जीव जीवाश्म बन्छ, म पनि त्यही प्रक्रियाबाट विस्तारै जीवाश्म भइरहेजस्तो मलाई लागिरहेको छ । म दिनहुँ आफ्ना अङ्गप्रत्यङ्गहरू शिथिल भएर निकम्मा भइरहेको छु; हरदम आफ्ना कोशहरू बेकामे भएर मरिरहेको छु अनि अलिअलि गरेर आफ्ना कोशगुच्छ -टिस्यु) हरू नष्ट भएर सिद्धिइरहेको छु । ‘नेस्नल ज्योग्राफिक’, ‘एनिमल किङ्डम’ र ‘वाइल्ड अमेरिका’ मा उप|mँदा उप|mँदैको मृगलाई सिंह, बाघ, चितुवा, ब्वाँसा र हुँडारहरूले जबर्जस्ती लास बनाएभैFm समयका अड्का र छेकाहरूले जेलेर मलाई नै जिउँदै जीवावशेष बनाइरहेजस्तो मलाई लागिरहेको छ । आफ्नो क्षमतालाई पर्ूण्ातया उत्पादनमा अनुवाद गर्नै नपाई म क्रमशः जीवाश्म भइरहेको छु । मेरो समाजको उत्थान र उन्नतिका लागि मैले गरिरहेको प्रयास पनि, खालि आपैFm रमाउनलाई मात्र रहेछ, अरूले त्यसको कदर गर्ने चलन मुलुकमै नभएकाले मेरो मेहनत बालुवामा पानी खन्याएजस्तो मात्र भइरहेको भान भइरहेको छ । मेरो जन्म धरानको विजयपुर भन्ने गाउँमा भएको हो भन्ने कुरो मेरा पाठकहरू धेरैलाई थाहा छ । म केटाकेटी हुँदा धरान आजको जस्तो बहुजातीय थिएन । विजयपुर डाँडागाउँ मूलतः बाहुनहरूको बस्ती थियो; विजयपुर बजारमा चाहिँ नेवारहरू बस्तथे । धरान बजारमा नेवार र मारवाडीहरू धेरै देखिन्थे; छेत्रीबाहुनका बस्तीहरू पनि छुट्टै र छयासमिस दुवै किसिमका थिए । स्थायी बसोवास गर्ने अलिअलि मगरहरू र तामाङहरू थिए । दर्ुइचार घर र्राईलिम्बु पनि थिए होलान् । कामी, दमाईँ र सार्कीहरू त जहाँ पनि भइहाल्नुपर्ने हो जस्तो लाग्छ । तिनीहरू पनि थिए । त्यस वेला मैले चाल पाएका धरानमा स्थायी बसोवास गर्ने जाति र जनजाति त्यति नै थिए । त्यस बेला धरान पर्ूवाञ्चलको ठूलो हाट थियो । हरेक सुकबार र शनिबार पुरानो बजार र नयाँ बजारमा पालैपालो हाट लाग्थ्यो । हाट के भन्नु – त्यहाँ एक किसिमले पर्ूवाञ्चलको मेलै लाग्थ्यो । अहिलेका पहाडी र हिमाली जिल्ला धन्कुटा, तेरथुम, ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ र सोलुखुम्बुदेखि अनि तर्राईका जिल्ला मोरङ र सुन्सरीका हटुवारेहरू त्यति बेलाको धरानमा हाट गर्न आउँथे । मैले आज नाम लिएका यी जिल्लाहरू मध्ये कति जिल्लाको त त्यति बेला नामै थिएन । त्यति बेला पचहत्तर ओटा जिल्लै थिएनन् । मैले माथि उल्लेख गरेका जिल्लाहरूमा हिमाली प्रदेशका शर्ेपा, पहाडी प्रदेशका र्राई, लिम्बु र याक्खा, तर्राई प्रदेशका थारु र अरू छयासमिस गरी बाहुन, छेत्री, तामाङ, गुरुङ, मगर, र्घर्ती, कामी, दमाईँ र सार्की जस्ता अनेक जाति र जनजातिहरू धरानमा हाट गर्न भनूँ कि मेला भर्न भेला हुन्थे । पर्ूवाञ्चलका ती हटुवारेहरूले आफूसित ल्याएका बेग्लाबेग्लै पोसाक, पहिरन, गरगहना, अनुहारको बान्की र ढब, उनीहरूले बेच्न ल्याएका जातजातका सांस्कृतिक वस्तु, सीप, भाषा, मिजास, लोकगीत, लोकनृत्य र पारस्परिक मायाप्रर्ीर्ति र झैझगडाको अन्तरक्रियाबाट धरानको वर्तमान सामाजिक र सांस्कृतिक डाँफेचरी जस्तो बहुरङ्गी संस्कृतिका पत्रैपत्र अनेक जलप लाग्दै गएछन् । हटुवारेहरूले हप्तैपिच्छे छोडेका तिनै पत्रे जलपहरूले वर्तमान धरानको सांस्कृतिक जग बनेजस्तो मलाई लाग्छ । अचेल त मूलबाटाहरू धेरै बनेकाले र यातायातको सुविधाले गर्दा धरानको त्यो समन्वयात्मक हटुवारे संस्कृति नै इतिहास भइसक्यो । यति बेला मलाई सम्पर्ूण्ा नेपाल नै धराने हाट जस्तो लाग्छ । नेपालका बेलाइती सैनिकहरूलाई ‘पिल्सिङ’ -पेन्सन) थाप्न सरक परोस् भनेर धरानको भोटेचौरी र फुस्रेमा ‘मलाया क्याम्प’ -ब्रिटिस क्याम्प) बस्ता म पाँच वर्षो थिएँ हुँला । त्यसपछि ‘पिल्सिङ थाप्ने’ गोर्खा सिपाहीहरू र तिनीहरूका आफन्तहरूले विस्तारै ढाकेर धरानको जनघनत्व आजको अवस्थामा आइपुग्यो, तर धरानको पुरानो हटुवारे संस्कृतिको फूलबुट्टे बान्की त स्थायी रूपमा धरान बस्नेहरूले दिन सक्ता रहेनछन् । धरान पर्ूवाञ्चलका झन्डै झन्डै सबैजसो जनजाति पाइने रङ्गीबिरङ्गी संस्कृतिको केन्द्र भएकै छ । म त्यसै बगैँचामा हर्ुर्केको बोट हुँ । मार्क्सवादको सामान्य ज्ञान पाएपछि अनेक नेपाली जात र जनजातिलाई चिन्ने मेरो दृष्टिकोणमा आमूल परिवर्तन भयो । पारिवारिक संस्कारले गर्दा, त्यसभन्दा अगाडि मैले आफू बाहुन भएर उनीहरूलाई आफूभन्दा बेग्लै खालका मान्छेका रूपमा चिनेको थिएँ भने, त्यसपछि उनीहरूलाई आफू जस्तै मान्छेका रूपमा चिन्न थालेँ । विश्वको सामान्य ज्ञान बढाउने दिशामा म जति गहिरिँदै गएँ, उति मलाई संसारभरका हेपिने मान्छेहरू एकनासका लाग्न थालेका छन् । अन्यायमा परेका संसारभरका मान्छेहरूको कन्तबिजोक टिभीमा देख्ता अनि कथा र उपन्यासमा पढ्दा समेत मेरा आँखा नरर्साई छोड्दैनन् । डेक्कन कलेजमा पिएचडी गर्न पुगेपछि मैले नेपालका सबै मातृभाषाहरूको भाषिक विश्लेषण गर्न सक्ने हुन्, र ती सबै भाषाहरूको व्याकरण र शब्दकोश बनाउन सक्ने हुन् र ती अनेक भाषाहरूको पारस्परिक ऐतिहासिक साइनो केलाउन सक्ने हुन् जति कुरा सिक्नु अनिवार्य थियो, ती कुरा सिकेँ । नेपाली भाषामा आफूले पढेका ती सिद्धान्तहरूको प्रयोग त मैले पुनामै हुँदा गर्न थालेँ, तर नेपालका अरू भाषाहरूको अध्ययन गर्न चाहिँ मैले नेपाल आएपछि मात्र थालेँ । नेपाल आएपछि मैले अध्ययन गर्न थालेको पहिलो जनजातिको भाषा लिम्बु थियो ।

जनआन्दोलनपछि कवि वैरागी काइँला सदस्य भएपछि, नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानले इमानसिंह चेम्जोङले बनाएको ‘लिम्बु-नेपाली-अङ्ग्रेजी शब्दकोश’ लाई संशोधन, सर्ंवर्धन र परिमार्जन गरेर प्रकाशित गर्ने योजना बनाएछ । त्यसमा डा.सुभद्रा सुब्बा र डा.बल्लभमणि दाहाल सल्लाहकार हुनुहुँदो रहेछ । उहाँहरूकै सल्लाह अनुसार लिम्बु गाउँगाउँमा शब्द बटुल्न जानेहरूलाई तालिम दिने कार्यशालाहरू चलाइएका रहेछन् । त्यसैबीच कुनै दिन सम्भवतः ध्वनिविज्ञान वा वर्ण्र्ााज्ञानको तालिम दिन डा.दाहालले मलाई बोलाउनुभएको थियो । मैले एउटा क्लास लिएपछि वैरागी काइँलालाई कस्तो प्रभाव परेछ कोनि, त्यसपछिका धेरैजसो क्लास लिन उहाँले मलाई बोलाउनुभयो । त्यो कार्यशालापछि शब्दकोश प्रकाशित नहोउञ्जेल लिम्बु भाषाको वर्ण्र्ाायाकरण, शब्द-व्याकरण, वाक्य-व्याकरण, केही अर्थ-व्याकरण अनि लिम्बु भाषाका भाषिकाहरूको पारस्परिक सम्बन्ध केलाउन पनि उहाँले मुख्य रूपमा मलाई नै सामेल गराउनुभयो । लिम्बु भाषाको गोलित आकार प्रस्ट रूपमा ताप्लेजुङका लिम्बुहरूले मात्र उच्चारण गर्न सक्ने मैले पाएँ । अरूतिरका लिम्बुहरू चाहिँ नेपाली भाषा बोल्नेहरूसितको छयासमिस सर्म्पर्कले गर्दा अकारको उच्चारण गर्दा ओठ गोलो पार्दा रहेनछन्; नेपाली भाषाकै जस्तो अकार उच्चारण गर्दा रहेछन् । लिम्बु भाषाको त्यो गोलित अकारको खोजी गर्न मलाई कवि काइँलाले ताप्लेजुङसम्म पनि पुर्याउनुभयो । मैले लिम्बु वर्ण्र्ााको र शब्द-व्याकरणको विश्लेषण गर्ने कार्यशालाहरू एकेडेमीमा पनि सञ्चालन गरेँ । पन्ध्रदिनसम्म धुलाबारीमा कवि काइँलाका घरमा बसेर पनि मैले लिम्बु वर्ण्र्ाायाकरण र शब्द-व्याकरणका कार्यशालाहरू तालिम दिएँ । मैले पुनामा पढेको कोशविज्ञानको प्रयोग मैले लिम्बु भाषाकै शब्दकोशमा सबभन्दा पहिले गर्न पाएँ । यसरी उहाँको र मेरो पारस्परिक सङ्गतले गर्दा नेपालका राष्ट्रिय भाषाहरू मध्ये कुसुन्डा बाहेक लिम्बु भाषाकै विषयमा सबभन्दा बढ्ता ज्ञान मैले बढाउन पाएँ र वैरागी काइँला चाहिँ आफ्नो भाषाका विषयमा झनझन गहिरिएर जान्न खोज्ने उत्सुकताले गर्दा आज लिम्बु भाषाका विषयमा सबभन्दा बढ्ता जानकारी राख्ने अद्वितीय विद्वान्का रूपमा स्थापित हुनुभयो । यस्तै कार्यशालाको परिणामस्वरूप दिलेन्द्र सुब्बाले भाषाविज्ञानमा एमए पढेर पार लगाए । गोविन्द सुब्बाको संयोजकत्वमा ‘नेपाली राष्ट्रिय भाषा संरक्षण संस्था’ ले आयोजना गरेको लिम्बु भाषाका भाषिकाहरूको र्सर्वेक्षण गर्ने एउटा कार्यशाला पनि मैले सञ्चालन गरेँ । लिम्बुहरूको सिको नेपालका अरू कुनै पनि जनजातिले गर्न सकेको मैले चाल पाइँन । लिम्बु भाषाकै कार्यशालामा तालिम लिने एउटा व्यक्ति थिए अमृत योञ्जन । ती कार्यशालाहरूमा लिम्बु भाषाको विश्लेषण गरेको देखेर उनले पनि मलाई तामाङ भाषामा कार्यशाला सञ्चालन गरिमागे । वैरागी काइँलाले सुरुसुरुमा एकेडेमीबाटै त्यस्ता कार्यशालाको आयोजना गरिदिनुभयो । पछि अमृतले याक्सन एइड वा अरू संस्थाहरूसित आर्थिक बल मागेछन् । अमृत योञ्जन र उनका साथीहरूलाई यसरी पन्ध्र-बीस पल्ट मैले तामाङ भाषाको विश्लेषण गर्न सिकाइदिएँ । वैरागी काइँलाकै माध्यमबाट त्यसपछि मैले मगर भाषाको कार्यशाला सुरुमा एकेडेमीमै सञ्चालन गरँे । हर्षहादुर बुडा मगरले निकालेको ‘मगर व्याकरणको प्रारूप’ भन्ने किताब त्यसै कार्यशालाको परिणाम हो । पछि लोकबहादुर थापा समेत सामेल भएको कार्यशालामा देवनागरी लिपिमा मगर भाषा कसरी लेख्ने भन्ने तालिम मैले दिएँ । मगर भाषाको शब्दकोशमा पनि धेरै पल्ट सामेल भएँ । वैरागी काइँलाले त्यसपछि सुनुवार भाषाको कार्यशालाको आयोजना गरिदिनुभयो । मैले सुनुवार भाषाको पनि कार्यशाला एकेडेमीमै सञ्चालन गरेर सुनुवार भाषाको प्रारम्भिक विश्लेषण गरिदिएँ । लाल रापचा त्यसै कार्यशालाको परिणामस्वरूप भाषाविज्ञानमा अघि बढे । पछि मैले काठमाडौँ र पोखरामा ‘तमु छोँज धी’ भन्ने संस्थाले आयोजना गरेको कार्यशालामा गुरुङ भाषामा विश्लेषण गर्ने कार्यशाला सञ्चालन गरेँ । ‘तमु बौद्ध समाज’ ले आयोजना गरेको कार्यशालामा पनि ग्लोभर भन्ने अस्ट्रेलियाली भाषावैज्ञानिकसित मैले विशेषज्ञ भएर काम गरेँ । डा.रेमबहादुर गुरुङलाई गुरुङ भाषाको शब्दकोश बनाउन पनि मैले सहयोग गरेँ । त्यस्तै लालबहादुर गुरुङलाई गुरुङ भाषाका भाषिकाहरूको र्सर्वेक्षण गर्न सघाएँ । त्यसपछि मैले साम्पाङ र्राई, खालिङ र्राई, दुमी र्राई, चाम्लिङ र्राई र राजवंशी भाषाको विश्लेषण गर्ने कार्यशालाहरूको नेतृत्व गरँे । बाहिङ र्राई, मेवाहाङ र्राई, बान्तवा र्राई, शर्ेपा र व्यासी भाषाको वर्ण्र्ाार्धारण गर्ने काममा मैले सघाइदिएको छु । मैले पहरी भाषाको वर्ण्र्ाार्धारण र आलेखन गर्न बडिखेलका पहरीहरूलाई सघाएँ । थकाली र खाम भाषाको शब्दकोश र उच्चारणमा मैले विशेषज्ञ भएर काम गरेको छु । विसं २०५४ मा मैले खोटाङ जिल्लाको निगालवास भन्ने ठाउँमा रकोङ र लुलाम भन्ने दर्ुइओटा र्राईभाषा फेला पारेँ । त्यसको एक वर्षछि झापा जिल्लामा खडिया भन्ने आग्नेय परिवारको नयाँ भाषा फेला पारेँ अनि त्यसै अध्ययनमा झाँगड -कुडुँख), मेचे -बोडो), धिमाल, सतार -सन्ताल) र राजवंशी -ताजपुरिया) भाषाको पनि स्थलगत अध्ययन गरेँ । विसं २०५६ मा रामेछाप जिल्लामा हायु, माझी र सुनुवार अनि दोलखा जिल्लामा थामी, दोलखा नेवारी, शर्ेपा, जिरेल, र तामाङ भाषाको स्थलगत अध्ययन गरेर र्फकने क्रममा सङ्खुवासभा जिल्लाको तोम्याङ -अथवा चाङ्खा) र्राई भाषा फेला पारेँ । दर्ुइतीन वर्षअगाडि चितवन र तनहुँ -दमौली र पीपलटार) का दर्राई भाषाका भाषिकाहरूको स्थलगत अध्ययन गरेँ अनि एकडेढ वर्षअगाडि लोप हुनै लागेको कुसुन्डा भाषा जोगाउन जनजाति प्रतिष्ठान र भाषाविज्ञान विभागले संयुक्त रूपमा सञ्चालन गरेको तीन-महिने भाषिक अभिलेखीकरणमा सहकार्य गरेँ । मैले याक्खा भाषाको वर्ण्र्ाााकरण र शब्दव्याकरणको अध्ययन गरेको छु ।

स्थलगत र्सर्वेक्षण गरेर मैले झन्डै पैँतालीस-छयालीसओटा भाषाका तथ्याङ्कहरू बटुलेको छु । म बाहेक अर्को कुनै पनि स्वदेशी अथवा विदेशी भाषावैज्ञानिकलाई नेपालका यति धेरै भाषाहरूका विषयमा सामान्य ज्ञान छैन होला । मैले चाहिँ अर्को मान्छे भेटेको छैन । आफूले सिकेर आएको भाषाविज्ञानको सिद्धान्तको नेपालका भाषाहरू केलाउन प्रयोग गरिहर्ेदा मलाई बीजगणित, त्रिकोणमिति र क्याल्कुलसका समस्या समाधान गरेजस्तो अत्यन्त आनन्द र सन्तुष्टि मिल्छ । नेपालका कतिपय भाषाहरू केलाउँदा के पनि भेटिन्छ भने, कुसुन्डा र किराँती भाषामा जस्तै भाषाविज्ञानमै कतै पनि उल्लेख नभएका व्याकरणका नौला विशेषताहरू फेला पर्छन् । भाषाविज्ञानकै सिद्धान्तमा एउटार् इंट थप्न सक्ने यस्ता तथ्य फेला पारेपछि एउटा वैज्ञानिकलाई नयाँ तथ्यको आविष्कार हुँदा आनन्द भएभैFm अत्यन्त आनन्द र सन्तुष्टि मिल्छ । कुनै भाषाको वैज्ञानिक खोजी गर्दागर्दै त्यो भाषा बोल्ने जातिको सांस्कृतिक, भौगोलिक र मानवशास्त्रीय जानकारी पनि बढ्ने हुनाले भाषाविज्ञानका सुरबाट मलाई रङ्गीबिरङ्गी डाँफे जस्तो नेपाली संस्कृतिको ज्ञान पनि भइरहेकाले आफू एउटा सांस्कृतिक विविधताले अलबल्ले धनी मुलुकको नागरिक भएको बोध हुन्छ । जनजातिका भाषामा यति धेरै जानकारी बढाएकाले म गुरुऋणबाट त आंशिक रूपमा मुक्त भइरहेकै छु, तर मुलुक चलाउने मिसिन, विश्वविद्यालय चलाउने मिसिन र जनजातिहरूलाई चलाउने मिसिन तीनओटैेले मेरो क्षमता अनुसार मेरो पर्ूण्ा दोहन गर्न सकिरहेको मलाई अनुभव भइरहेको छैन । लिम्बुहरूले जस्तो अरू जनजातì

गीत-नरेश माङपाहाङ

मन भन्छ हाटै बजार जाउँ

चाहानाको मायालाई भेटी आज आउँ

अजम्बरी माया साटी आँउ

मन भन्छ हाटै………

 

विरहको गीत गाँउदै दिन कति काटु म 

बन पाँखा घाँस दाउरा कति दिन गरु म

डाँडा पारी कहाँ जाउँ म 

मन भन्छ हाटै…….

  

आफनै ठाँउ छाडेर कतै बस्ती सरु कि

मिर्मिरेको बिहान संगै कतै माया छरु कि

सवै छाडी कहाँ जाँउ म

मन भन्छ हाटै बजार जाउँ

चाहानाको मायालाई भेटी आज आउँ

अजम्बरी माया साटी आउँ

मन भन्छ हाटै………

  

पाँचथर, कन्यटार

हालः यू. के.


गजल-अम्बिका गिरी

हजुरले छोडेदेखि सबै आँखा तर्छन मलाई
नानाथरी कुरा झिकी त्यसै गाली गर्दछन् मलाई

आफ्नो सोझो गर्दा पनि सारै गाह्रो भयो बाँच्न
सत्य कुरा बोले पनि उल्टै दागा धर्छन मलाइ

नबोले नी सुख छैन बोले झनै गाह्रो हुने
एउटा कुरा के बोलेथे हजार कथा भर्छन मलाई

घरभित्र के हुँदैछ केही पनि थाहा दिन्नन
केही कुरा बुझ्न खोजे उसै उसै टार्छन मलाई

साह्रै गाह्रो हुँदो रैछ आफ्नो मान्छे टाढा हुँदा
छिट्टै फर्की आउनुस् हजुर यिनीहरुले मार्छन मलाई 

भक्तपुर हालः नेदरलेण्ड  

(शब्दाञ्जली  बर्ष १, अंक १, २०६५ बाट साभार)

तरुण…..-मकुम राई

हे युगका युवा, जाग उठ सलाम
खम्वीर योद्धाहरु हो, जुट तोड लगाम
बिडम्बना ! अफ्सोच !
जब फिल्टर देखि सालबिडें सम्मा ठुटा-ठुटा हुन्छ
जब कडा देखी नरम सम्म थुप्रै बोत्तलहरु रित्तिन्छन्
अफ्सोच ! कोरिन्छ दर्जा
बेफ्वाँक ! टुट्छ उर्जा
फूल एक बासना अनेक
भुल एक तृष्णा अनेक

जब नशा भाङ्, कोक्टेलसँगै
स्वार्णिम धरहरा डुब्न थाल्छ
जब आकाश धमिलिन थाल्छ
तब आफ्नै छविले जलाउन थाल्छ
भित्र भित्रै पगाल्न थाल्छ
अनि लेखिन्छ यी दर्जा
जीवन एक दर्जा अनेक
एकै ड्याङ्को मुलो
सानो ठुलो,टर्रो पिरो

जब जिन्दगीका प्यालाहरु
एक-एक सिद्धिन्छन् क्रमश:
अनि सबै सुरा-परा
नतमस्तक लाचार सुहागरात सुरुहुन्छ
अनि लेखिन्छ यहाँ दर्जा अनेक
उर्बरा उर्जा अनेक
हो, त्यो बयस्क
हो, बेफ्वाँक ! ऊ त्यो युवा
यो युग अनि युवा