Archive | June 2008

राजा त गए अब छोटे राजा र संकार हटाउनु पर्‍यो (मुक्ति योद्धा)

सामन्ति संस्कार वा चरित्र हरेक नेपालीको चिन्तन र व्यवहारमा जरा गाडिएर रहेको छ। सहायक रथी तथा सोभन्दा माथिका अधिकृतहरुको श्रीमतिहरुलाई रानीसाप भन्नु पर्ने सामन्ती राजतन्त्रको संस्कारयुक्त सम्बोधनको भाषा उनीहरुमा कायम छ, यसले राजतन्त्रको अवशेष बोकेको हुन्छ। अझ पनि नेपाली समाजमा कुनै व्यक्तिलाई सम्मान गर्नु पर्‍यो वा श्रीमतिहरुले श्रीमानहरुलाई माया गरेर बोलाउनु पर्‍यो भने राजा भनी सम्वोधन गर्ने चलन छ यो बन्द गरिनु पर्दछ। अझै पनि धेरै स्थानको नेपाली समाजमा ठकुरीहरुलाई राजा भनी सम्वोधन गर्ने र छुट्टै सामाजिक सम्मान दिने चलन छ, त्यो तुरुन्त बन्द गर्नु पर्दछ। Ambassador को नेपाली रुपान्तरण अहिलेसम्म राजदुत भनी प्रयोगमा छ। त्यसको अर्थ अनुसारको उपयुक्त नेपाली रुपान्तर शव्द चयन गरी प्रयोगमा ल्याउनु पर्छ। Politics को नेपाली शव्दावलि राजनीति भनी प्रयोग भइरहेको छ। त्यसको उपयुक्त नेपाली रुपान्तरण शव्द खोजी प्रयोग आरम्भ गर्नु पर्दछ।

नागरिक भइसकेका राजा ज्ञानेन्द्रलाई नेपाल सरकारले उपलव्ध गराएको सुविधा, ज्ञानेन्द्रको मागहरुको बढोत्तरी, नारायणहिटी छाड्नु अघि उनले दिएको अहंकारपूर्ण अभिव्यक्ति सबै चिजलाई हेर्दा राजसंस्थाको समूल अन्त्य नभएको आभास मिल्छ। त्यति मात्र हैन, अन्य कैयन् तथ्यहरु, सामाजिक व्यवहार, राज्य व्यवस्थाभित्र र बाहिरका प्रतिकात्मक प्रयोगका वस्तुहरु छन्, जसको समूल अन्त्य नहुँदासम्म सामन्ति राजसंस्था नेपालबाट अन्त्य नभएको ठहर्छ। यसलाई परिवर्तन गर्ने तर्फ राजनैतिक पार्टी र तिनका नेताहरु, बुद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरु तथा सचेत नागरिकहरु सतर्कताका साथ लाग्नुपर्छ। हजारौँ नेपाली जनताको बलिदान सहितको सताव्दिऔको संघर्षपछि अन्त्य हुन लागेको राजतन्त्र समूल अन्त्य नहुने र कुनै पनि अवस्थामा त्यस क्रुर सामन्ति शासनको भूतले नेपाली जनतालाई तर्साइ/सताइ रहनेछ।

सामन्ती राजसंस्था बचाई राख्ने केही क्षेत्रहरु र चालिनु पर्ने कदमहरुः

१.नेताहरुमा विद्यमान अहंकारयुक्त भावना र कार्यसैलीः

सामन्ति संस्कार वा चरित्र हरेक नेपालीको चिन्तन र व्यवहारमा जवर्जस्त स्थापित/घर गरेको छ। अहंकार, मपाईत्व, उच्चताभाष, पुरुष-प्रधानता, अशहिष्णुता, विभेद आदी सामन्ति व्यवस्थाको चरीत्र हो। नेताहरुले “म” कसैसंग संझौता गर्दिन “मेरोलागि” भन्ने अहंकारी भनाई र्सवजनिक गर्नूले छोटेराजाहरुको शत्तामा स्थान पाएको प्रष्ट पार्दछ। सवैको भावनाको कदर गरी काम गर्नूको सट्टा म भन्ने चिन्तनको अन्त्य नहूदा सम्म सामन्ति व्यवस्थाको अन्त्य भएको र्ठहर्दैन।

-छूवाछूत तथा उचनिच जस्ता विभेदकारी सामाजिक व्यवस्था, पूरुष प्रधानता, खषभाषि पहाडिया राष्ट्रवादले स्थान पाउदा सम्म सामन्ति व्यवस्थाको अवशेष कायम रहि रहन्ोछ।

८ दशकका अशक्तहरु समेत कूनै उल्लेख्य त्याग/र्समर्पण र दृष्टिकोण विना दशकौदेखि निर्णायक स्थानको प्रमूख जिम्मेवारी र सत्तामा टासिरहने प्रबृत्ति नहटेसम्म नव सामन्तहरु तथा छोट राजाहरु एदय भएको र्ठहर्छ।

-आफूवाहेक अरुको अस्तित्व नस्वीकार्ने तथा आफू शक्तिवाट हटेपछि पृथ्वी नै घूम्न छोड्छ भन्ने जस्ता चिन्तन नत्यागे सम्म सामन्ति अवसेस कायम नै भएको र्ठहर्छ।

-जनतामा परिणत भइसकेको राजाका परिवारका सदस्यहरुलाई लाचारिपूर्वक नारायणहिटी दरवारमा बस्न दिएको निर्णयलाई अविलम्ब परिवर्तन गरी ज्ञानेन्द्र शाहलाई रणनीतिक रुपमा महत्वपूर्ण नागार्जुन• दरवारको वासस्थानलाई अस्थायी तुल्याई खास समयमा त्यहाँबाट निकाल्नु पर्दछ।

२.नेपाली सेना प्रहरी आदि सुरक्षा निकायः

अझ पनि नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरु शाह वा राणा परिवारका सदस्यहरु छन्। अन्य जात थरकाहरु पनि सेवा प्रवेश ताका दखि नै राजसंस्था एकमात्र नेपालीको एकताको संरक्षक, एकताको प्रतिक र राष्ट्रको मालिकको रुपमा परिचय गराउने दर्शनबाट निर्देशित भएको र सैनिक ऐन २०१६ को प्रावधानहरु पुरा गर्दै उच्च पदमा पुग्दा पूर्णतः राजतन्त्रवादी हुने भएकोले सो ऐनलाई परिवर्तन नगरी यही स्थिति कायम राखिराखेमा मौका पाएको दिन नेपाली सेनाले राजतन्त्रलाई पुनर्जीवन दिन प्रयास गर्न सक्नेछ।

सेनाको सेनाको हरेक क्याम्प भित्र राजनैतिक पार्टी तथा तिनका नेताहरुको विरुद्द वोल्ने परम्परालाई नजिकबाट थाहा पाउनेहरुले शाही हटाएर नेपाली सेना लेख्दैमा नेपाली सेना हुन नसक्ने अनुमान लगाउन सकिन्छ।

आजसम्म अधिकांस अवस्थामा रक्षामन्त्री नियुक्त नगरी सिधै राजा संग रिपोर्टिङ्ग हुने र लोकतन्त्र स्थापना पछि पनि प्रधानमन्त्रीलाई बेलावखत धम्क्याउँदै रक्षा सचिव आदिलाई वाई पास गर्दै गोप्य रिपोर्टिङ्गमा जाने चलन अरु खतरा छ।

उनीहरुमा दरवारिया भाषा तथा सामन्ति संस्कार र व्यवहार अझ कायम छ। भाषाको वर्ग कायम राखेर सामन्ति व्यवस्थाको अन्त्य तत्काल गर्न सम्भव छैन।

सहायक रथी तथा सोभन्दा माथिका अधिकृतहरुको श्रीमतिहरुलाई रानीसाप भन्नु पर्ने सामन्ती राजतन्त्रको संस्कारयुक्त सम्बोधनको भाषा उनीहरुमा कायम छ, यसले राजतन्त्रको अवशेष बोकेको हुन्छ।

लगभग जागिर खाएको ४० वर्षम्म पनि पदमा रहिरहने कारण नयां उर्जा र सोंचको अभावमा नयां परिवर्तन लाई आत्मसात गर्न नसकी पुरानै कुराको संरक्षण भइरहन्छ।

सुरक्षा निकायमा काम गर्ने तल्लो तहका कर्मचारीहरु हाकिमको रनर वा अर्दली भएर काम गर्ने परम्पराले सामन्ति व्यवस्थालाई निरन्तरता दिईराखेको छ।

नयाँ मान्यता र दर्शन सहित प्रशिक्षित हुने गरी सेनाको अविलम्ब पुनसंरचना गरिनु पर्दछ।

३. सामाजिक मान्यताः

अझ पनि नेपाली समाजमा कुनै व्यक्तिलाई सम्मान गर्नु पर्‍यो वा श्रीमतिहरुले श्रीमानहरुलाई माया गरेर बोलाउनु पर्‍यो भने राजा भनी सम्वोधन गर्ने चलन छ यो बन्द गरिनु पर्दछ।

अझै पनि धेरै स्थानको नेपाली समाजमा ठकुरीहरुलाई राजा भनी सम्वोधन गर्ने र छुट्टै सामाजिक सम्मान दिने चलन छ, त्यो तुरुन्त बन्द गर्नु पर्दछ।

राजाहरु सम्बन्धी धेरै सामाजिक कुरीतिपूर्ण मान्यताहरु प्रचलनमा छन् त्यसलाई तुरुन्त अभियानकै रुपमा बन्द गर्नेतर्फ कदमहरु चालिनु पर्छ।

ठूलालाई लम्पसार परेर ढोग्ने वा पूज्नू पर्ने सामाजिक मान्त्यताको सिकार हुन पुगी हाम्रा नेताहरु कहि सानो खोला पार गर्दा समेत अरुलाई वोकी माग्ने, समाजका जान्ने बूझ्ने भनाउदाहरु सामान्य काम पनि नोकर चाकर वाट सम्पन्न गराउने परम्परावाट ग्रस्त भएका कारणवाट छोटे सामन्तहरुले सामन्तवादलाई निरन्तरता दिइराखेको भन्न मिल्छ।

साहूलाई कूत तिर्ने जस्ता सामन्ति अर्थ व्यवस्थ्ाा अझ जिवित भएको कारण सामन्ति व्यवस्थाको अवसेस आर्थिक रुपमा पनि जिवीत रहिरहेको छ।

अझै सम्म समाजका कयौ उच्च पदस्त व्यक्तिहरु त्ाथा वूद्धिजिवी भनाउदा आफू जांड खाएर नालायक हूने अनि अर्को दिन हिजो त गोल्छे -सार्की) भईएछ भनि अरु श्ाभ्य मानिसलाई होच्याउने र आफ्नो पाप कर्म पखाल्ने दूस्साहस गर्छन। यो चिन्तन दण्डनिय नवनाउदा सम्म सामन्त्ावादको अवशेष वचेको नै र्ठहर्छ।

-हलि, हरुवा, वधूवा, कमरा वस्ने चलन सामन्ति सामाजिक व्यवस्थाको निरन्तरता हो। यी कूचलन कायम रहेसम्म सामन्ति व्यवस्था अन्त्य सम्झव छैन।

-ठूला घरहरुलाई दरवार भनिने शव्दावलीहरुको प्रयोग कम गर्नू पर्दछ।

४. कानुन र शव्दावलिहरुः

-Ambassador को नेपाली रुपान्तरण अहिलेसम्म राजदुत भनी प्रयोगमा छ। त्यसको अर्थ अनुसारको उपयुक्त नेपाली रुपान्तर शव्द चयन गरी प्रयोगमा ल्याउनु पर्छ।

-Politics को नेपाली शव्दावलि राजनीति भनी प्रयोग भइरहेको छ। त्यसको उपयुक्त नेपाली रुपान्तरण शव्द खोजी प्रयोग आरम्भ गर्नु पर्दछ।

-Palace लाई राजदरबारको सट्टा दरवार मात्र भनिनु पर्दछ। President को नेपाली रुपान्तरण राष्ट्रपतिको सट्टा राष्ट्राध्यक्ष भनिनुपर्छ।

-न्यायधिसहरुलाई श्रीमानको सट्टा अन्य कुनै उपयुक्त शव्दले सम्वोधन गरिनु पर्छ।

राज्य रजौटा ऐन अहिले सम्म कायम छ, त्यसलाई अविलम्ब खारेज गरिनु पर्दछ।

विभिन्न स्थानमा भएका टाकुरे राजाहरुको राजा पदवी तुरुन्त खोसुवा गरिनु पर्दछ।

अझसम्म अस्तित्वमा रहेको राजकाज तथा राजद्रोह सम्वन्धि ऐन तथा अन्य सामन्ति व्यवस्थालाई वचाउ गर्न वनेको कानूनि प्रवधानहरु तत्काल खारेज गरिनु पदर्छ।

हिन्दू धार्मिक चिन्तन वाट निर्देसित कानूनि प्रावधानहरु प्ारिवर्तन नगर्दा सम्म पतिदेवोभव भन्ने मान्यता तथा ४ जातको कथित सामाजिक विभेदपर्ूण्ा वर्गिकरण कायम रहने र कूनै न कूनै रुपमा सामन्ति व्यवस्थाको अवशेषलाई बचाउन कार्यको निरन्तरता कायम रहन्छ।

यसका अलावा अन्य कयौ सामन्ति संजालहरु जिवीत छन् जस्ले राजतन्त्रको अन्त्य गरेर पनि सामन्ति व्यवसथाले जरा गाड्न मद्दत पूगिरहेको छ। यसलाई तत्काल परिवर्तन नगर्ने हो भने फेरी पनि मूल सामन्तको स्थानमा सामन्ति चिन्तन सहितका छोटा राजाहरु उदाई नै रहनेछन्। र राष्ट्रलाई अग्रगमन तिर लैजानूको सट्टा पूरानै शैलिको पूनराबृत्ति गर्राई राख्ने प्रबल सम्भावना छ। सामाजिक वा लै•कि रुपबाट सवैलाई सामाजिक समानता प्राप्त नभए सम्म राजतन्त्रको अन्त्य भई लोकतन्त्रको स्थापनाको कूनै मूल्य हूने छैन। सवैलाई यो राष्ट्र मेरो हो भन्ने भावनासाथ समान अवसर प्रदान नगरी सवैलाई विकासमा समाहित नगर्दा सम्म राष्ट्रमा सामन्ति व्यस्था र छोटेराजाहरुले राज गरिनै रहने छ। सवै सचेत नागरिकमा चेतना आया।।।

मुक्ति योद्धा
mukti_yoddha@yahoo.com

अमरत्व प्रेमको (प्रतिक चाम्लिड.)

विश्वास त थिएन
तिमीले घाटीको किलकिले छोएर
खाएको कसमको
भरोसा पनि थिएन
तिमीले छाती छोएर
गरेको समर्पणको
किन कि धेरै माया गर्छन
झुठा माया लाउनेहरुले ।
तर……..
किन ?
हरेक साँझ
मनका भित्ताहरुमा
झुन्डिरहेको तिम्रो तस्विरहरु
हृवार हृवारती एक्लोपनको ज्वालोले जलाउछ ।
फेरी म तिम्रो झुठो कसमहरुको
कच्चा बैशाखी टेकेर
लंगडो जीवनलाई उठाउन खोज्छु
र फेरी
फाटेका मनलाई तान तुन पार्छ
हिर्दयको शीलामा लेखीएका
हाम्रो प्रेमका कथाहरु…….
पानाहरु पल्टाउदै जान्छु
एवम् रुपले पढ्दै जान्छु
तिम्रो बाचाहरु
फेरी अधुरोमा टुङ्गन्छ
अन्त्य नभई अन्त्य हुन्छ त्रि्रा आश्वसनहरु
गर्ल्याम्मै ढल्छ तिम्रा समर्पणहरु
अनि
सक्दो घोट्छु मेटाउन
बिझ्ने प्रेमका अक्षरहरु
तर
अमेट खात भएर बसीरहन्छ
औडाह भएर भक्कानिन्छ मुटु
फेरी म गल्दै भत्किन्दै जान्छु
म मक्किन्दै ढल्दै जान्छु ।

नचाहदा नचाहन्दै मेट्न खोजिरहन्छु
बिझाइरहने तिम्रो सम्झनाहरु
भत्काउन खोजिरहन्छु
तिमीले बनाएको भावनाको पर्खालहरु
तर…………
तिम्रो र्समर्पण ठिङ्ग उभिन्छ फेरी
मेरो आस्था अगाडी
अनि म फेरी भत्किएका सपनाहरु मिलाउन थाल्छु
मक्किएको आस्थाका पर्खाल ठड्याउन थाल्छु ।

प्रतिक चाम्लिड.

आजको रात (विनित सानु,)

के होला मेरो मनको हाल आजको रात ?
विग्रने पो होकि कतै ताल आजको रात ?

सोच्नै सकि रहेको छैन के हुने वाला छ ?
कुन्नि के भा’थ्यो गत साल आजको रात ?

हिजो पनि सपनीमा धेरै ऐठन भा’थ्यो,
आउने पो होकि लिन काल आजको रात ?

उथल-पुथल भा’को छ मन नसम्हालिने,
फेरि पनि आउने होकि छाल आजको रात ?

विश्वस्त छु फस्छ “विनीत” नराम्ररी फेरि,
अन्धकारमा देखिँदैन जाल आजको रात ।।

विनित सानु,
binit.sanu@gmail.com
सिड्नी

ढयन्द्र सेर रुम्दाली (इस्लामाबाद)

बनपाखा रमाइलो थियो, कोइलीचरी गाउदा खेरि
मनै भरि डढेलो थियो, जन्म भूमी छाड्दा खेरि।

उकाली र ओराली मा, हांस्दै खेल्दै हिड्ने गर्थ्यौं
बिहानी को ज्योतीसगैं, लुकामारी खेल्ने गर्थ्यौं।
समयले कालान्तार मा , परदेशी नै बनाइदियो
जिन्दगी को कथै कस्तो, हांस्नु नभै बाध्य जस्तो।

न्याउली चरी पनि आज, भाका फेरी कराउछ रे
परदेशी को बाटो हेरी , आउनु भनि बोलाउछ रे।
शिशीर हावा पनि त्यहा, सुस्त सुस्त बहन्छ रे
पर्ख एकछिन भनि सबलाइ, सन्देश छाडी जान्छन अरे।

खोलानाला पनि त्यहा, लुकी लुकी बहन्छ रे,
बशन्त को पालुवा पनि , छिट्टै निस्की टोहल्छ रे।
हाम्रो कथा यस्तै बन्यो, सबै लाइ दु:ख भयो
जीबन मात्र कतै रह्यो, आत्मा सधै त्यही गयो।
त्यसै ले त ,
बनपाखा रमाइलो थियो, कोइलीचरी गाउदा खेरि
मनै भरि डढेलो थियो, जन्म भूमी छाड्दा खेरि।

ढयन्द्र सेर रुम्दाली राई (दिक्तेले)
हाल :- इस्लामाबाद

तोडिदैनन् वाचाकसम ( इन्दिरा चाम्लिङ)

जति बग्छ बगोस आँसु सम्झनामा रोइदिन्छु
मनभरिका पीडा आज आँसुले नै धोइदिन्छु

तोडिदैनन् वाचाकसम, मोडिदैनन् बाटाहरु
सत्य-सत्य म आगो पनि छोइदिन्छु

माया गर्ने आधार विस्वासको स्तम्भलाई
हेरिदिए आजै हजुर मन पनि फोइदिन्छु

तस्वीर मात्रै हेरुँ कति, सम्झनाले पोल्छ छाती
भिजेका यी सिरानीमै त्यसैत्यसै खोइदिन्छु

जति बग्छ बगोस आँसु सम्झनामा रोइदिन्छु
मनभरिका पीडा आज आँसुले नै धोइदिन्छु

*पतिदेव प्रतिको र्समर्पणमा

मान्छे मान्छे जस्तो छैन

शिव प्रकाश

अभिश्राप तँलाई त्यो ईश्वरको

कुकुर !

विष्टा खान्छस तँ मान्छेको

तँलाई त्यही ईश्वरको वरदान

धन्य तँ

त्यो मान्छेभन्दा महान् छस्

गुनी छस्

इमानी छस्  

विष्टा खान्छस् त के भयो

निष्ठा छ तँभित्र

विष्टा नखाने मान्छे

निष्ठाविहिन छ

तेरो तुलनामा तुलनाहीन छ

ईश्वरको अनुपम् रचना

मान्छे !

निक्रिष्ठ छ

मान्छे मान्छे जस्तो छैन

मान्छे तँ जस्तो पनि हुन सक्दैन

तँ मान्छे भएको भए

विष्टा खान्थ्यो होला त्यो मान्छेले  

तर मान्छेले आदर्श खादैनथ्यो होला !

 

अनुदारता ईश्वरको तँमािथ

गधा !

गालीका लाजभाँड लवजहरुसँग

जोडिने सधैं तेरो नाउँ

त्यही ईश्वरको दया तँमािथ

धन्य तँ

सहनशीलताको अतुल उपमा

त्यो मान्छेभन्दा सहिष्णु छस्

िहंस्रक मान्छे  

मान्छे जस्तो छैन

तँ जस्तो पनि हुन सक्दैन

तँ मान्छे भएको भए

ढुटो खान्थ्यो होला त्यो मान्छेले

तर मान्छेले मान्छे टोक्दैथ्यो होला !

 

विवेकहीनता ईश्वरको तँमािथ

गोरु !

बुद्धिहिनतको विषेशण  

तेरो विषेशता  

त्यही ईश्वरको अनुपम कृपा तँमािथ

धन्य तँ

परिश्रमको पर्याय तेरो लगनशीलता

घाँस खाएर अन्न पोस्ने तँ मान्छेलाई

घाँस नखाने मान्छेभन्दा  

उपल्लो दर्जामा छस्  

महाबुज्रुक मान्छे

मान्छे जस्तो पनि छैन

तँ जस्तो पनि हुन सक्दैन

तँ मान्छे भइदिएको भए

घाँस खान्थ्यो होला त्यो मान्छेले

तर मान्छेले मान्छे खादैनथ्यो होला

धरानदेखि विराटनगरसम्म

नम्रता गुरागाईं

बिहानको चिसो हावासँग कावा खाँदै

दन्तकाली र बुढासुब्बालाई भाक्दै

धरान पाहुनालाई सगुन पस्कने गर्छ  

एक्काइसौ शताब्दीको बैभबसंग खेल्दै

आधुनिक भएकोमा गर्व गर्छ

फूल टिप्न भेडेटारसम्म उक्लिदैन

कपालमा गुराँश सिउरिएर

संस्कार जोगाएकोमा गर्व गर्छ ।

 

खुशी पार्न साह्रै जान्ने छ धरान

इटहरीलाई खुशी पारेर दाल चामल मगाउँछ

धनकुटालाइ खुशी पारेर तरकारी मगाउँछ

न एक चपरी माटो उक्काउँछ  न एक आँतर हलो समाउँछ

मसिना चामलमा होस कि कालो दालमा होस

धरान तराइको स्वाद भने जम्मै पाउँछ

सुन्तला मा होस कि कागतीमा

डुकुमा होस कि मुलामा

धरान पाहाडको स्वाद जिब्रोमै झुड्याउँछ ।

 

इटहरी आधा धरान र आधा विराटनगरसँग रमाउँछ

हलुवा पुरीले मातेको मुख

कहिले  कािहं

बासी नै डुकु भेटे पनि

कागती निचोरेर स्वादिलो बनाउँछ

चौरमा बसेर बदमका बोक्रा छोडाउँदै

आउने जानेलाइ हात हल्लाउँछ

चौरस्तामा बसेकोले राजधानीको खबर चाँडै पाउँछ

चित्त नबुझे चोकमै उभिएर जुलुस लाउँछ

बुढिखोलाको बुढयौली पनलाइ आफूमा राखेर

सधै दुध लिन बाल्टी बोकेर दुलारी धाउँछ ।

 

विराटनगर ठूला ठूला नेतालाई जन्माएकोमा गर्व गर्छ

सिन्को भाच्दैन आफू फूर्तिलो देखाउन

गाउलाइ बोलाएर टुडिखेल भर्छ

दिनभरीको काम खोसेर आमसभा गर्छ

नेता खुशी पार्न

सधै सधै गाउँलाई बिर्सिएर गर्व गर्छ ।

 

भारु स्वादमै मस्त छ विराटनगर

मिनीबसमा चढेर होस कि टेम्पोमा

रिक्सामा चढेर होस कि साइकलमा

दिनभरी ढाट वारी पारी गर्छ

छिमेकीलाइ खुशी पारेर वजार भर्छ

एकदिन पारी ढाट लागे

उसको दाना पानी हराउँछ

रोजी रोटी खोसिने डरले पनि  

हरहमेसा विराटनगर  

हलुवा पुरीमा होस कि छोलामा होस

समोशामा होस कि  जुलेवीमा होस

जोगवनीलाइ खुशी पारेर

आफु विराट भएको महशुस गर्छ ।

मोरंग, हाल: नेब्रास्का, अमेरिका