Archive | July 2008

खाओबादीकरण तर्फ माओबादी?

अन्तत,रामबरण यादब नेपालको प्रथम राष्ट्पतीमा चुनिएका छन् । यस परिणाम आउनमा माओबादी जिम्मेबार छन् भन्ने सबैको दाबी छ । निस्चित हो,उनको अन्तिम अबस्था सम्मको राजनैतिक दाउपेचको कारण यो परिणाम आएको हो । प्राय सबैले यसलाई माओबादीको राजनैतिक असफलताको रुपमा परिभाषीत गरिरहेका छन् । तर हाम्रो बुझाई छ,यो निष्कर्षमा पुग्नु अघि,समग्रमा माओबादी वा भनौ माओबाद आफैमा के हो भन्ने बुझ्नु जरुरी छ,जसतो लाग्छ ।

सिधा प्रश्न छ , के माओबादी सत्ताको राजनीति गर्न जन्मीएको हो ? के माओबादीको नीति बहुदलिय ब्यबस्थालाई स्वीकारी त्यसैमा रमाउनु हो ? हैन , उ एउटा बिषेश राजनैतिक जाती हो । जसको लक्ष , उदेश्य र सोच अरु दलहरुको भन्दा भिन्न छ । उसले आजको दिन सम्म जे जसतो राजनैतिक दाउपेचहरु गरिरहेको छ । त्यो निस्चित रुपमा उसको अल्पकालिन तथा दिर्धकालिन लक्ष अनुरुपनै छ । उ कहिले पनि एमाले जसतो हतारमा निर्णय गर्ने र पछि पछुताउने काम गर्न सक्दैन । किन भने माओबादी पार्टी भित्र निर्णयका बिभिन्न तह र जटिल प्रकि्याहरु छन् ।

आज राजराजालाई राष्ट्पती बनाउन नसक्नु माओबादीको हार भन्नु होला । तर सतहमा हो पनि । भित्र हेर्नोस त , उ रामराजालाई राष्ट्पती बनाएर , भारतलाई पनि खुशी पार्ने र महिला उपराष्ट्पती मार्फत त्यहां नियन्त्रण कायम गर्न चाहन्थ्यो । त्यस पछि सरकारमा प्रचण्डजी मार्फत ।

कसैले आजको दिनमा माओबादी पार्टी के हो भन्यो भने , निस्चित हो त्यो क्ान्तिकारी पार्टी । क्ान्तिकारी के चाहन्छ ? आमूल परिबर्तन । त्यो कसरी सम्भब हुन्छ ? जब सरकारमा पूर्णरुपमा आफ्नो नियन्त्रण कायम हुन्छ ।

निस्चित हो , नेपाली जनताले नेपाली राजनीतिबाट निराश भएर माओबादीलाई प्रचण्ड मत दिएर बिजय बनाएको । तर अन्य दलहरु लगाएत बिदेशीहरुलाई यो मान्य भएन । देश अलि बिकसित हुन्थ्यो त बिदेशी दवाब कम हुन्थे । राजनीतिमा सुझबुझ हुन्थ्यो । तर त्यस बिपरित देश अल्पबिकशित र नेताहरुको दरिद्र सोचले यहां त्यो सम्भव भएन । राजनीतीमा जे पनि सम्भब हुन्छ भन्ने कुरा सिद्ध भयो । नेपाली जनताको भावनालाई कुठाराघात गर्ने काम अन्य दलहरुले गरे ।

अबको दिन माओबादीको निम्ती झन कठिन छ । तर प्रत्येक प्रतिकूललाई अनूकूलमा बदल्नु पर्छ भन्ने मान्यता बोकेको पार्टी भएको नाताले , निस्चिय पनि उसले अब बिगतमा आफू जून मार्गबाट अगाडी बढेको हो । त्यस तर्फ पूर्नबिचार गर्नु पर्दछ भन्ने हाम्रो सोच हो ।

शान्ती प्रकि्य संगै माओबादीले बहुदलिय ब्यबस्थालाई राजनैतिक रुपमा स्विकार गर्दै आजको दिन सम्म आईपुगेको छ । आज उसले के पायो ? देश गणतन्त्र भयो रे ? नेपाली जनताले के नौलो महसूस गरेका छन् ? के सामन्तबादको अन्त भएको छ ? के बिस्तारबादीको चलखेल रोकिएको छ ? सर्बहाराबर्ग आज मटितेल नपाएर भात खान पाईरहेको छैन । पूजिबादको अन्त अब होला ? भोलीको दिनमा माओबादीलाई प्रचण्ड मत दिएर जिताएको नेपाली जनतालाई उसले यसको जवाफ दिनु पर्ने हुन्छ । आजको दिन सम्म भन्नु हुन्छ भने कंग्ेस , एमाले , तराईका पार्टीहरुले सत्ताको राजनीति गरे । उनिहरुको कुनै निस्चित उदेश्य छैन । सत्ता प्राप्त गर्ने र त्यसै वरिपरी घुमी रहने उनिहरुको लक्ष हो । तर हामीले बुझे सम्म माओबादी त्यो भन्दा फरक लक्ष लिएको पार्टी हो ।

हामीलाई लाज लाग्छ । आजको दिनमा यत्रो घिनलाग्दो खेलको बाबजुत पनि माओबादीका केही बरिष्ट नेताहरु सत्ताको उपयोेग र अन्य दलहरु संगको सहकार्यको कुरा गरिरहेका छन् भन्ने सुन्दा । अब यदि यहि कथित ब्यबस्थाको चक्ब्यूहमा माओबादी फस्ने हो भने , माओबादी खाओबादीकरण तर्फ उन्मुख हुने निस्चित छ । उसले अब सरकारमा जानु भनेको मृत्युबरण गर्नु हो । अर्थ लाभ गर्दै एमालेकरण हुनु हो । अन्तत सिद्धान्तलाई तिलान्जली दिएर माधव नेपाल जसतो बेइजतिपूर्बक प्रचण्डलाई राजनैतिक रुपमा अबसान गराउनु हो ।

त्यसैले अबको दिनमा यस ब्यबस्था भित्रको बिकृती र बिसंगतीबाट पाठ सिकेर , भण्डाफोरको राजनीतीलाई माओबादीले अगाडी बढाउनु पर्दछ । सडक र सदनमा बिदेशी दलाल र सामन्तबाद बिरुद्ध राष्ट्बादी आन्दोलनको शूरुवात गर्नु पर्दछ । जसको नेतृत्व प्रचण्ड स्वयमलेे गर्नु पर्दछ । सरकार बाहिर बसेर सरकार भित्र हुने र गरिने प्रत्येक दलाली कि्याकलापको भण्डाफोर गर्नु पर्दछ । जनताको भोट लिएर जनताको शासक हौ भन्नेहरुलाई चारदोबाटोमा नाङ्गेझार गर्नु पर्दछ ।

यसबाट प्राप्त हुने जनताको स्याबासी र ब्यस्थाप्रतीको बितृष्णालाई उपयोग गर्दै अन्तत आफ्नो लक्षित उदेश्य तर्फ उन्मूख हुन सक्यो भने मात्र माओबाद नेपालमा दिर्धजिबी हुन्छ । हैन भने , ठूल्दाईको महान लोकतन्त्रले आज सम्म नोटतन्त्रलाई जित्न नसके झै ,भोलीको दिनमा माओबादी एमालेकरण हुदै खाओबादीमा परिणत हुने निस्चित छ । आगे श्री पशुपतीनाथको इच्छा …………….

ANA २०६५ श्रावण ९ रमिला नेपाल

पेट्रोलियम पदार्थको आपूर्ति झन् कठिन हुने सङ्केत

साउन १ गते । नेपाल आयल निगमका एक अधिकारीलाई नेपालस्थित कोरियाली राजदूतावासका कर्मचारीले फोन गरे । उद्देश्य सोझो थियो, इन्धन । निगमका ती अधिकारीले टेकुस्थित नेसनल टे्रेडिङ्लाई खबर गरे र दुई सय लिटर पेट्रोल दूतावासलाई उपलब्ध गराउन भने । नेसनल ट्रेडिङ्ले पेट्रोल दिन तयार रहेको जनायो । तर, नेसनल ट्रेडिङ्का अधिकारीले दूतावासलाई इन्धन भर्न लागेको ठूलो लामबीच ड्रममा तेल भरेर लैजान सक्ने भए मात्र आउन भन्यो, जुन सम्भव थिएन । तत्काल इन्धन आपूर्ति गर्न नसकेपछि आयल निगमका अधिकारीले दूतावासलाई सुझाव दिए, “अब दूतावासभित्रै तीन हजार लिटर अटाउने स्टोर तयार गर्नूस् ।”
कूटनीतिक नियोगको त यस्तो अवस्था छ भने आमउपभोक्ताहरूको स्थिति कस्तो होला ? आयल निगमको भनाइमा अहिले ब्याङ्कहरूबाट ऋण लिने तयारी सुरु भएको छ, ऋण मिलेपछि आपूर्ति सहज हुनसक्छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)ले २०६५ साउन १ गते तय गरेको पछिल्लो मूल्यसूची अनुसार नेपाल आयल निगमले एक लिटर पेट्रोलमा ३ रुपियाँ ४६ पैसा घाटा बेहोररिहेको छ । पछिल्लोपटक मूल्य समायोजन हुँदा पेट्रोलबाट निगमले केही नाफा निकाल्न सक्थ्यो तर अब त अन्तर्राष्‍ट्रिय बजारमा पेट्रोलको मूल्य यसरी बढेको छ कि अब त्यो सम्भव छैन । ताजा मूल्यसूची अनुसार एक लिटर डिजेलमा मात्र ३३ रुपियाँ २५ पैसा र मट्टीतेलमा २३ रुपियाँ १३ पैसा घाटा छ, निगमलाई ।
घाटा दरको ठीक विपरीत छ, इन्धन आयातको परिमाण । अर्थात्, सबैभन्दा बढी घाटा पर्ने डिजेलको आयात परिमाण सबैभन्दा धेरै छ । मुलुकमा अहिले नौ अर्ब रुपियाँको मट्टीतेल र पाँच अर्ब रुपियाँको खाना पकाउने ग्यास खपत हुन्छ । पाँच अर्बकै पेट्रोल र १५ अर्ब रुपियाँको डिजेल आयात हुने गरेको छ ।
सन् २००७ मा संयुक्त राष्ट्रसङ्घले एसिया प्रशान्त मुलुकहरूमा गरेको एक अध्ययन अनुसार इन्धनको मूल्यवृद्धि हुँदा सबैभन्दा बढी प्रभाव पर्ने मुलुकभित्र पर्छ नेपाल । यस क्षेत्रका मुलुकहरूलाई तीन वर्गमा बाँडेर गरिएको अध्ययनमा नेपाल, लाओस, कम्बोडिया धेरै प्रभावित हुने मुलुकमा पर्छन् किनभने यी सबै मुलुकहरू पेट्रोलियम पदार्थमा पूर्णरूपले परनिर्भर छन् ।

अस्तव्यस्त अर्थतन्त्र
अन्तर्राष्‍ट्रिय मुद्रा कोषको नेपाल आएको मिसनले असार १९ मा दिएको रिपोर्टमा नेपालको आर्थिक विकासमा इन्धन अवरोधका रूपमा रहँदै आएको उल्लेख छ । रिपोर्टको कथन किन पनि स्वाभाविक छ भने इन्धनको ‘चेन इफेक्ट’बाट समग्र अर्थतन्त्र प्रभावित भइरहेको छ । उद्योग र कृषिमा यसको ठूलो प्रभाव देखिएको छ । दुई साताअघि डिजेल अभावका कारण किसानहरू नै आन्दोलनमा उत्रिनु त्यसको प्रमाण हो । इन्धन अभावमा रोपाइँसमेत रोकिएपछि कतिपय स्थानमा त किसानले डिजेलका ट्याङ्करहरू कब्जा लिए र डिजेल किनेर ट्याङ्कर फिर्ता गरेका थिए । त्यसबाहेक उद्योग-व्यवसाय इन्धन आपूर्ति समस्याकै कारण सुस्त भएका छन् । र्सार्वजनिक यातायातदेखि विकास निर्माणसमेत प्रभावित छन्, यस अभावले । उद्योगहरूमा विद्युत्को विकल्पका रूपमा पनि इन्धनको प्रयोग हुन्छ, जुन अहिले पूर्णतः प्रभावित छ ।
एक महिनाअघि मुद्रा कोषका प्रतिनिधिहरूले सरकारसँगको वार्तामा आर्थिक विशृङ्खलतालाई सल्ट्याउन ‘अटोमेटिक प्राइसिङ् मेकानिज्म’ खडा हुनुपर्ने सुझाव दिए । दीर्घकालीन रूपमा समस्याको समाधानका लागि यो राम्रो उपाय पनि हो । तर, राजनीतिक सङ्क्रमणको अहिलेको अवस्थामा सरकारले दिगो सोच त टाढा, तत्कालका लागि पनि पहल गर्न सकिरहेको छैन ।
सरकारको स्वामित्वमा रहेका मुलुकका ३४ र्सार्वजनिक संस्थानहरू (नेपाल टेलिकम र कृषि विकास ब्याङ्कबाहेक)को आम्दानीको ठीक दोब्बर घाटा बेहोर्दैछ, नेपाल आयल निगम । निगमको आर्थिक अवस्था यति गएगुज्रेको छ कि उसले आवश्यकता अनुसार इन्धन भित्र्याउने आफ्नै लक्ष्य पूरा गर्ने आँटसम्म गर्दैन । आईओसीलाई समयमा नै रकम तिर्न नसक्ने भएपछि निगमले महिनाको ८३ हजार किलोलिटर इन्धन भित्र्याउने आफ्नो लक्ष्यलाई हालै परविर्तन गरी ७० हजार किलोलिटरमा सीमित गरेको छ । जबकि अभाव पूर्तिबाहेक पेट्रोलियम पदार्थको माग स्वाभाविक आपूर्तिको समयभन्दा एकतिहाइले बढ्दैछ ।
अहिलेकै दरमा माग बढ्ने र सरकारले दीर्घकालीन योजना नबनाउने हो भने आर्थिक गतिको सुइ धेरै नै नकारात्मक दिशातिर मोडिने सङ्केतहरू देखा परसिकेका छन् । “०१५ सम्म प्रतिब्यारल इन्धनको मूल्य १ सय ५० अमेरिकी डलर मात्र कायम हुने हो भने पनि मुलुकले एक वर्षा निर्यातबाट कमाएको रकमको २ सय ७० प्रतिशत रकम पेट्रोलियम पदार्थमा खर्चनुपर्ने हुन्छ,” सेन्टर फर इनर्जी स्टडिजका प्राध्यापक अमृतमान नकर्मी भन्छन्, “यसलाई नियन्त्रणमा लिन समयमा नै योजना नबनाउने हो भने ठूलो क्षति बेहोर्नुपर्नेछ ।”
अन्तर्राष्‍ट्रिय बजार अनुसार नेपालले इन्धनको मूल्य कायम गर्न नसक्ने हो भने अब झनै जटिलताहरू देखिनेछन् । मुलुकको आर्थिक गति मन्द रहेका बेला सरकारले अनुदान दिइरहन सक्ने अवस्था छैन । र, जतिखेर अनुदान दिने क्रम रोकिन्छ वा अनुदानको रकम मात्र पनि घट्छ, त्यतिखेरै आपूर्तिमा असहजता उत्पन्न हुन थाल्छ । आयल निगमप्रति आईओसीको गुनासो पनि त्यही हो कि निगमले मूल्य समायोजन नगर्ने हो भने उसको पनि जोखिम बढ्छ । सन् २००७ मा आईओसीले र्सार्वजनिक गरेको ४८औँ वाषिर्क प्रतिवेदनमा नेपालसँगको व्यापारमा बक्यौता उठाउनु चुनौतीका रूपमा रहेको उल्लेख छ । तर, एक वर्षघि त्यो प्रतिवेदन र्सार्वजनिक हुने अवस्थामा निगमले मासिक रूपमा बक्यौता मिलान गर्न थालिसकेको थियो, जसले आपूर्तिलाई त्यति असहज हुन दिएन । आईओसीले असार तेस्रो सातापछि नेपाल निर्यात गररिहेको पेट्रोलियम पदार्थमा ७५ प्रतिशतभन्दा बढीले कटौती गर्‍यो । कारण थियो, नेपाल आयल निगमले सम्झौता गरे अनुरूप रकम भुक्तानी नदिनु ।
आर्थिक रूपले जर्जर भएको निगमसामु अहिले सरकारको झन्डै नौ अर्ब रुपियाँ ऋण छ भने कर्मचारी सञ्चय कोष र नागरकि लगानी कोषको साढे दुई अर्ब रुपियाँभन्दा बढी ऋण छ । आर्थिक वर्ष०६४-६५ भित्र चुक्ता गरसिक्ने र्सतमा नेपाल आयल निगमले राष्ट्रिय वाणिज्य ब्याङ्क, नबिल ब्याङ्क र माछापुच्छ्रे ब्याङ्कसँग लिएको ७५ करोड रुपियाँ ऋण समयमै तिर्‍यो । सरकारी स्वामित्वमा रहेको र आर्थिक हैसियतले पनि सबैभन्दा कमजोर मानिएको निगमले निजी क्षेत्रका ब्याङ्कहरूको ऋण चुक्ता गर्नु निःसन्देह सकारात्मक थियो ।
अहिले पनि निगममाथि विभिन्न ब्याङ्कहरूको साढे दुई अर्ब नै ऋण छ । हरेक महिना ३ करोड ६० लाख रुपियाँ त ऋणको ब्याज मात्रै बुझाउँछ, निगमले । यस्तो स्थितिमा आईओसीसँग उधारोमा तेल माग्ने हैसियतसमेत गुमाइसकेको छ उसले । जसले गर्दा क्रमिक रूपमा इन्धन आपूर्ति ठप्प हुने बाटोमा छ । इन्धन आयातमा जुन रफ्तारमा गिरावट आएको छ, यतिखेर माग त्यही रफ्तारमा बढेको छ ।
आर्थिक वर्षभत्र योजनाहरू सकिसक्नुपर्ने कारण पनि वर्षा पछिल्ला महिनाहरूमा विकास निर्माणका कामहरू तीव्र रूपमा बढ्ने गर्छन्, जुन यसपालि पनि कायम रह्यो । “ड्रोजरका लागि डिजल चाहियो भनेर यति दबाब आएका छन् कि त्यसलाई थेग्न सकिने अवस्था नै छैन,” निगमका प्रवक्ता मुकुन्द ढुङ्गेल भन्छन्, “सोर्सफोर्स नलगाई माग गर्नेहरू सायद छैनन् ।” बजेट सक्नुपर्ने बाध्यता बोकेका संस्थाहरू मात्र होइनन्, इन्धनको माग राख्नेहरूमा दातृ निकाय र कूटनीतिक नियोगहरू पनि उत्तिकै छन् । इन्धन अभावको यस अवस्थाले नेपालमाथि हुने सम्भावित लगानी प्रभावित हुने तर्क गर्छन् अर्थविद्हरू ।

विकल्प जलविद्युत्
पेट्रोलपम्पमा लागेको भीडलाई घटाउन सक्नु नै आयल निगमका लागि तत्कालको उपलब्धि हो । यसका लागि सरकारले निगमलाई ऋण वा अनुदान जे पनि दिन सक्छ । यतिसम्म कि सरकारले बजेटमा साधारण खर्चकै शीर्षकमा समेट्नुपर्ने अवस्था आइसकेको छ, पेट्रोलियम पदार्थलाई । किनभने, इन्धनप्रति अहिलेसम्मका सबै सरकारको रणनीति तत्कालको समस्या समाधान गर्नुमै केन्द्रित छ । दीर्घकालीन रूपमा इन्धनको समस्या समाधान गर्ने हो भने आयातित इन्धनको उपयोग कटौतीको विकल्प छैन । इन्धन कटौतीको अर्थ हो- बढी इन्धन खपत गर्ने सवारीसाधनमाथि नियन्त्रण । यसका लागि सरकार तयार छैन किनभने मुलुकलाई सबैभन्दा बढी राजस्व दिनेमा पर्छन् यस्ता सवारी साधनहरू । साना सवारीहरूले आयात रोकेर सरकार आफ्नो आम्दानी गुमाउन चाहँदैन । र, करको दायरा घटाएर वैकल्पिक इन्धनले चल्ने सवारी ल्याउन पनि चाहँदैन । “यस्तो अवस्था रहेसम्म इन्धन सङ्कटको सामना गररिहनुपर्छ,” प्राध्यापक नकर्मी भन्छन् । पेट्रोल र डिजेलका सवारीमा सरकारले १ सय ५० प्रतिशतभन्दा माथि भन्सार र कर उठाउँदै आएको छ, जसलाई ऊ गुमाउन चाहन्न । उत्पादनशील आर्थिक क्षेत्र धराशयी रहेको अवस्थामा मुलुक सञ्चालन गर्न पनि यस्ता करले साथ दिएको छ ।
व्यावसायिक रूपमा वैकल्पिक इन्धनको सम्भावनाबारे भएको एक अध्ययनले तत्काल पेट्रोल र डिजेललाई विस्थापित गर्न नसके पनि मट्टीतेल र खाना पकाउने ग्यासलाई विस्थापित गर्न सकिने देखाएको छ । ग्यास र मट्टीतेल गरेर हरेक वर्षझन्डै १५ अर्ब रुपियाँ नेपालबाट विदेशिन्छ । “अहिले थप ४० प्रतिशत विद्युत् उत्पादन गर्ने हो भने ग्यासको उपयोग गर्न पर्दैन,” नकर्मी भन्छन्, “थप आठ सय मेगावाट विद्युत् उत्पादन गर्ने हो भने त बर्सेनि विदेशिने १५ अर्ब रुपियाँ यहीँ बच्छ ।” तीन सय मेगावाटको जलविद्युत्का लागि झन्डै अनुमानित ३५ अर्ब रुपियाँ खर्च हुन्छ । यस आधारमा पनि इन्धनमाथि बग्ने रुपियाँलाई विद्युत्मार्फ जोगाउन सकिने देखिन्छ । किनभने, ग्यास र मट्टीतेलको मूल्यको तुलनामा अहिले विद्युत्को मूल्य सस्तो छ, जसबाट आमउपभोक्ताले पनि राहत पाउन सक्छन् (हेर्नूस्, बक्स) ।
अर्को विकल्प हो, इथानोल अर्थात् चिनी उत्पादन गर्दा उखुबाट निस्कने सहउत्पादन र बायो (जैविक) डिजेलको प्रयोग । पेट्रोलमा १५ प्रतिशत इथानोल र डिजेलमा बायो डिजेल मिसाउने हो भने इन्धन आपूर्तिमा २० प्रतिशतले कमी ल्याउन सकिने नकर्मीको दाबी छ । भारत, ब्राजिललगायतका मुलुकहरूले इन्धन बचाउन इथानोल र बायो डिजेल मिसाउन थालिसकेका छन् । तर, यसका लागि संस्थागत पहल र दीर्घकालीन सोचको भने अभाव नै छ ।

by nepal

 
 

ढुङ्गादेखि देउता सम्म

नेपालीमा लेखने जागँर चलेको छ । किन ? कसरी ? थाहा छैन ।
शायद थाहा छ, तर म भन्न चाहन्न । हा हा हा किनभने भन्ने कुरा पनि केही छैन । त्यसैले आजको योजना हो: दिल खोलेर मातृभाषामा गन्थन गर्ने । मनमा जे आउँछ्, कागजमा उतार्ने ।

गाउँको बास छ र बिजुलीको कुनै भरोसा छैन । त्यसैले एउटै काम दुई पटक गर्नु रहर नभएर वाध्यता हो । कहाँ बाट सुरु गरौँ त हाम्रो प्रेम कहाँनी ? :)

उ त्यहाँबाट सुरु गरौँ जस्तो लाग्यो, त्यो फोटोबाट । फोटोमा हामी दुई हावामा उफ्री रहेकाछौं । मुनिको खाट नदेखिए पनि मलाई याद छ । उ थोते छे, म लाटी देखिन्छु । अहिले सम्म पनि आफ्ना सबै फोटाहरु त्यसतै नै लाग्छन । :) भित्तामा एउटा पोस्टर छ, एक “रक स्टार” बिद्युतिय गीतार बजाइरहेका छन । त्यो मामाको करामत थियो ।

काठको फ्रेम भित्रको त्यो एक दसक भन्दा पुरानो तस्वीर सँगै मामाघरका केही कोसेली छन । हजुर मुवाँ र बुवाले दिएको केही होइन, हामी आँफैले उठाएर ल्याएका केही रङीचङ्गि ढुङ्गाहरु । Grey, maroon, yellowish आदि इत्यादि। एउटा अलि भिन्नै देखिन्छ । त्यो ‘ग्रे’ ढुङ्गामा पहेलो रङले पानको आकार निकालेको छ । प्रेमिको भाषामा त्यसलाई प्रेमाकार वा हृदयकार भन्ने गरिन्छ। त्यो ढुङ्गा उसले फेला पारेकी थिइ ।

हामी भोलिपल्ट काठमाडौं फर्कदैँ थियौं । राजधानीमा प्रकृतिसँगको त्यो सामिप्यता कहाँ भन्दै त्यो पुरै साँझ खोलामै बितायौं । दशैका बेला भएकाले होला खोलाको पानी घुँडासम्मको मात्र थियो । हामी दुई चन्चले फुच्चीहरु जस्तो जे पायो त्यही
गरेर हासिरहेका थियौ । घरि उ राजेश हमाल भएको अभिनय गर्थी ।
” तलाई छाड्दिन ” उ गर्जन्थी ।
म गुण्डा भएकाले अट्ट हाँसो छाड्दै अगाडि भाग्थें ।
त्यसपछि फिल्मी शैलिमा हिरो र गुण्डाको खोला ‘फाइट सिन’ हुन्थ्यो । हामी नयाँ प्लट रच्थ्यौँ । घर छाडी भाग्ने प्रेम जोडी । खोला म दौडिनुको आनन्द नै बेग्ल हुन्छ । पानीको बेगलाई चुनौती दिंदै दौडिनु पो रोमान्स! गरेका लाई सोध्नुस् न। अँ , म त त्यो भिन्न देखिने ढुङ्गाको बारे पो कुरा गरिरहेको थिँए, कहाँ बगिएछ ! :)

त्यसमै फर्कौं । कुदाई पछी ” Holiday 2006″ सम्झनका लागि एक अर्कालाई खोलाका ‘बिशेष ढुङ्गा’ दिने कुरा थियो ।

खेतका आलिहरुमा हिँड्दै गर्दा उसले त्यो ढुङ्गा मलाई थमाउँदै हाँसेर भनेकी थिइ ” यो चाँही प्रेमी फेला पारेपछि दिनु है” ।
” Marked For Life?” मैले ढुङ्गाको स्वरुप हेर्दै प्रश्न गरेँ ।
“Exactly” उसले भनी ।
” Boyfriend” हरु को त भरोसा हुँदैन, “husband” भनौं न ? म हाँसे।
” Husband” भन्दा जिब्रो नै बटारिएको जस्तो लाग्यो! आँफैले त्यो शब्द उच्चारण गरेँ भनेर पत्यार लागेन । कस्तो नमिल्ने कुरा । बिपरित ध्रुबहरुलाई एउटै बनाउने प्रयास गरे जस्तो, आकाश र धर्ती एउटै हुन्छ भने जस्तो । अनमेल कुराको पराकास्ठा नाघेजस्तो! तर स्पष्टिकरण दिइँन। उ मेरो मौनता बुझ्नसक्ने मान्छे।

क्षितिजमा सुर्य अस्ताउदैँ थियो । रामायाणमा स्याउ ठानेर हनुमानले निलेको सुर्य यही होला जस्तो लागेर आयो । त्यो गाढा रङ्को रातो आकासिय अस्तित्तवलाई अन्तिम पटक हेरेर हामी घर फर्कियौं ।

घुम्दै फिर्दै रुम्जाटार जस्तो लाग्यो होला है ? के के न लेख्ली भनेको त फेरी रोमान्स! पुरै फेब्रुअरी ‘प्रेम्’ गन्थन गरेरै मार्न आँटी भनेर त सोच्दै हुनुहुन्न ? म “होइन” भन्न पनि सक्दिन! त्यसकै कुराले मान्छे मार्ने मेरो उदेस्य नभए पनि यो चाँही stream of unconsciousness लेखै पर्‍यो त्यसैले । जे बारे , जहिले , जे पनि कुरा हुन सक्छ । ढुङ्गा देखेँ त्यसको रोमान्टिक ईतिहास पो याद आयो।मेरो के दोश प्रभु !!! :)

प्रभु भन्दा याद आयो आज त शिव रात्री है । बुढीले फोन गरेकी थिइ, उसलाई शिव साह्रै रोमान्टिक भएकाले मन पर्छ रे ! “कसरी रोमान्टिक?” भनेर के सोधेको मात्र थिएँ , “स्वसथानी पढिनस?” उसले अर्को प्रश्न पो थपी । मैले कुरा मोडी हालेँ। जे होस् “ जय शम्भो!” है सबै जनलाई । दुबिधामा नपर्नोस् म भाङ, धतुरो र गाँजा पानमा मस्त छुइन । हाम्रो त्यो भाग्य कहाँ ? सधैं झैँ शिवप्रसाद बिहिन छ यो शिव रात्री । :( हा हा हा ( but hey not advocating for it ni, explaining because I don’t want to go through that Bloggers Adverstising or advocating for sth question again!! sometimes blogging is a depressing Job man.)

हिजो कान्तिपुर टिभिमा “महा शिव रात्री” लाइव हेरिरहेका थियौं ।
“अस्ती त कोही नाङा बाबाहरु थिएनन । ” मैले सबलाई जनकारी दिएँ ।
” म्युजियम मात्र गएको होला भन्न ठानेको थिएँ, पशुपति पनि पुगेको” मम्मी ले भनिस्यो । के सुर चलेछ कुन्नी मलाई प्रश्न गरिस्यो ” अनि शिवजीले के भने त तिमीलाई ?”
बहिनी बाठी टोपलिएर भनि ” खोइ त तेरो शिव ?”
कोठामा हासोँ छायो । म पनि मज्जाले हाँसे ।
तर सबलाई उत्तर चाहिएको थियो!
“तैँ होस् त्यसैले अर्को ल्याइन” मैले शिवजी लाई उत्तर दिएँ! फेरी हाँसो ।
( Many a times home feels like psychos’ paradise! So that’s undoubtedly where my heart it :) )

जे भएनी बेलुका आगो तापिरहेको बेला मैले घरका सबजनालाई फेरी “जय शम्भो” भन्न लगाएको थिएँ । तपाईं लाई त्यसको अर्थ थाहा छ ?
साहिलले ( my Art of Living teacher) भनेका थिए त्यसको अर्थ “म तिमी भित्रको असललपनालाई नमस्कार गर्दछु” ( I salute the Goodness in you)हो रे । कस्तो राम्रो अर्थ है ?

ढुङ्गा देखि देउता सम्म को कुरा भयो है ? तपाईंलाई पनि घरि घरि यि दुई मध्य एक हुन लाग्दैन ? मलाई चाँही त्यसतै लाग्छ । कास म ढुङ्गा जस्तै जड, अचल,सम्बेदना र जीवन रहित हुन्थें । न खुट्टाले हाने फरक पर्ने न त भगवान मानेर पुजे नै । एक कठोर पषाणहृदयि व्यक्ती ।

त्यो नभए ‘देउता” हुनु नि । अरुको कथा, व्य्था सब मिथ्या भएनी बाल मत्लब हुने । रिसा, राग, द्वेश, प्रेम ,सुख, दुख सबैलाई समान देखने । मान्छे हुन त साह्रै गाह्रो रहेछ यार । घरि त्यही ढुङ्गा मुटु मा रखेर हाँस्नु पर्ने, घरि त्यसैलाई शब्द बनाई प्रहार गर्नुपर्ने त घरि त्यही प्रहार को शिकार हुनुपर्ने । कहिले कहीँ चाँही देउता सरह हुनुपर्ने । बिर्सा, हाँस्, हसाउ,बाँच,बाँच्नदेउ Idealistic हुने पर्ने ! खै के के ? संसार बुझे पनि म आफु र आफु जस्तै अरुलाई चाँही कहिले बुझ्नसक्ने छैन जस्तो लाग्छ! र फेरी त्यो ढोका पछाडिको कबिता याद आँउछ:

If you can fill the unforgiving minute
With sixty seconds worth of distance run,
Yours is the earth and everything that’s in it
And which is more-you’ll be a MAN my son.

If- by Rudyard Kipling

एसिड वर्षा र मेरो गाँउ

प्रकास थाम्सुहाङ (ईलाम)

एसिड वर्षा र मेरो गाँउ

सुन्छु
एसिड वर्षाले भिजेपछि
मेरो प्यारो गाउँ
आजकल उजाड-उजाड भएको छ रे

विगतमा,
केही वर्षो वियोगपछि
जब म मेरो प्यारो गाउँ फर्किन्थें
ऊ हार्दिक अङ्गालो फैलाएर स्वागतमा प्रतीक्षारत हुन्थ्यो
तर सुन्छु आजकल ऊ
कान्तिहीन मुर्झाएको छ रे
एसिड वर्षाले भिजेपछि
मेरो प्यारो गाउँ
आजकल बिरानो-बिरानो भएको छ रे

बतासे डाँडामा मनमोहक फुल्ने
बुकी फूलको मधुरिमा पनि
आजकल एम्बुसमा परेर घाइते छ रे
मधुश्रीमा आफ्नो जवानीको गीत गाउने कोइली पनि
र्छराको डरले बसाइँ सर्यो  रे
सुन्छु
एसिड वर्षाले भिजेपछि
मेरो प्यारो गाउँ
आजकल शून्य-शून्य भएको छ रे

सम्झिन्छु विगत र स्मृति कोट्याउँछु
साठीमुरे खेतको सिमसारमा, असारे झरीमा
सद्भाव र प्रेमको हिलो छ्यापाछ्याप गर्ने
बाउसे र रोपाहाहरू
रामनवमीहाटमा उन्मुक्ति भावले
धाननाच नाच्ने
सोल्टा र सोल्टिनीहरू
आहा झ् त्यो पालामको मुर्च्छना
कस्तो मधुर गीत थियो त्यो
तिनीहरूको शालिन स्पर्श
कस्तो सुन्दर प्रीत थियो त्यो
तर सुन्छु आजकल
समय त्रासदीमा
सबै-सबै विलुप्त भएको छ रे
एसिड वर्षाले भिजेपछि
मेरो प्यारो गाउँ
चिहानघारीझैँ भएको छ रे ।

शहीदहरू रून थालेका छन्

हाङयुग अज्ञात (हाल- हङकङ)

शहीदहरू रून थालेका छन्

ओ ! माओ जे दोङ
तिम्रा कविताका हरफहरूमा
अचेल शहीदहरू रून थालेका छन् ।

रगत उमाल्ने
तिम्रा विचारहरू बोक्दाबोक्दा
बूढो भएको कुनै मजदुरजस्तो
जीर्ण शब्दहरूले बुनेको रातो इश्वरमा पनि
अब केवल मुट्ठीभर सास मात्र बाँकी छ
तेसैले बाटोमा हिँड्दाहिँडदै
जतिबेला पनि ढल्न सक्छ
निर्माणाधीन् कुनै टावरबाट
खुट्टा चिप्लेर पनि खस्न सक्छ
कुनै सिकारू डाक्टरका हातबाट
वैधानिक रूपमै मारिन पनि सक्छ
तेसैले, ओ ! माओ जे दोङ
अचेल शहीदहरू रून थालेका छन् ।

हुनान प्रान्तबाट भागेर आएकाहरूले
यहाँ यो बन्दरगाहमा जहाजहरू रोपे
र फलाए यन्त्रहरू जस्तै देखिने मानिसहरू
ती मानिसहरूको छातीभित्र तिमीले तन्काएको
साँस्कृतिक क्रान्ति र लामो परेडका डोबहरू
जो खत बनेर बसेका छन् लहरै
तिहीँनेर पनि शहीदहरू रून थालेका छन्
र हाम्फाल्न थालेका छन् अभिभावकहरू
तिम्रा भाषणहरूको उचाइबाट
अथवा यी अग्लाअग्ला घरहरूबाट
काखीमा छोराछोरी च्यापेर आत्महत्याको छलाङ
र हाम्फाल्न थालेका छन्
तिम्रा तन्नेरी छापामारहरू
पुँजीको समुद्रमा निराशा र अभावको मृत्यु
हृवीलचियरसितै आफ्ना बाआमा अँगालेर
अन्तिम-क्रान्ति ।

हो, माओ जे दोङ !
तिम्रो आरू फुलेको गीतभरि पनि
शहीदहरू खुब रून्छन् रातो आँसु
र बगाउँछन् सिरानीमा जियाङ नदी
साँच्चै, शहीदहरू रून थालेका छन्
त्यो ताइवान, त्यो तिब्बत
त्यो तियानमेन, त्यो इँट्टाभट्टा

त्यो बन्दुकको नालबाट निस्केको राज्यसत्ता
त्यो तिम्रो फर्मेसन, ब्रिगेड र बटालियन
त्यो तिम्रो कमान्डर, मिलिसिया र जासुसहरू
सप्पैसप्पै एकैचोटि रून थालेका छन्
ओ, प्रिय माओ जे दोङ !
यसलाई विद्रोह र अराजकता नभन्नू
यसलाई प्रतिक्रान्ति पनि नठान्नू
हो ! माओ जे दोङ
तिम्रो कविताका हरफहरूमा
अचेल शहीदहरू रून थालेका छन् ।

छोरी मुर्मूको लागी कविता

उनीहरू तिम्रो सँस्कृतीमा
सिकारी चालले तिम्रो आउँनेछन्
र आएर तिम्रो नृत्यको प्रशंसा गर्ने छन्
तिम्रा आँखाहरूको प्रशंसामा
कथाहरु पढनेछन्
ती मानिस को हुन् ?

तिनीहरू व्यापारी हुन…
तिमी यो कुरा राम्ररि बुझ…
राम्रोसँग चिन छोरी मुर्मू तिनलाई चिन
पहाडहरूमा आगो तिनैले लगाउँछन्
तिन्कै दोकानमा तिम्रा बच्चाहरूको
बचपन चिच्याउँछ
तिनकै गाडीहरूमा राखेर
तिम्रा छोरीहरूलाई
कलकत्ता र नेपालको बजारतिर पुर्या इन्छन्
नगराका आवाजहरुलाई
कति असमर्थ तुल्याइएका छन्
कुर बुझ छोरी मुर्मू राम्ररी बुझ…

के तिमीलाई थाहा छ?

पुरुषहरूको भन्दा
स्त्रीहरुको नितान्त
एकान्तका बारेमा तिमीलाई थाहा छ?

घर, प्रेम र जातिभन्दा अलग
एक स्त्रीको आफ्नो
जमीनका बारेमा बताउँन सक्छौ?

सदियों देखि आफ्नो
घरको तलासमा
एक बेचैन स्त्रीलाई
उसको घरको ठेगान
बताउँन सक्छौ?

आफ्नो कल्पनामा
एक स्त्रीले आफुलाई
एउटै समयमा एकै चोटी
स्वयं आफुलाई
कसरी स्थापित र विस्थापित गर्न सक्छे
के तिमि बताउँन सक्छौ?

आफैसँग युद्धरत एक स्त्रीलाई
नाता-सम्बन्धहरूको कुरुक्षेत्रमा
सपनाहरूले लखेटीरहेको
कहिल्यै तिमीले देखेका छौ?
शरिरको भूगोलभन्दा पर
मनका गाठोहरु खोलेर एक स्त्रीको
ऊ भित्र खेलिरहेको इतिहास
कहिल्यै तिमीले पढेकाछौ?
उसका मौन दुनियामा बसेर
शब्दका प्रतिक्षा गरिरहेउका उसका अनुहार
पढेकाछौ कहिल्यै तिमीले?
उसले आफुभित्र वंशबीज छरिरहेको
र उसका फैलिरहेका जराहरू
के तिमीले महसुस गरेकाछौ?
एक स्त्रीका सबै सम्बन्धहरुको
व्याकरणका बारेमा
के तिमिलाई थाहाछ?

एक स्त्रीले स्त्री-दृष्टिले देख्ने
स्त्रीको परिभाषाका बारेमा
के तिमी बताउँन सक्छौ?

यदि यी यवद कुरा बताउँन सक्दैनौ भने
भन्सा घर र ओछ्यानको गणितभन्दा पर
एक स्त्रीका बारेमा
तिमी के बताउँन सक्छौ?