Archive | January 2011

गजल

गजल
— प्रकाश ‘पुष्पक’ राई (खोटाङ्गे)

पूmल भएर पनि बास्ना छर्न सकिन
ईच्छा भएर नि बोटवाट झर्न सकिन ।

भदौको उर्लन्दो भेल भयो जीवन
हजारौ प्रयाश गर्दा पनि तर्न सकिन ।

चैत्र बैशाखको खडेरी जस्तो भयो जीवन
कहिलै कतै पनि हाँसो उमङग भर्न सकिन ।

झयालखानाको वन्दि जस्तै भयो जीवन
जे गरे पनि आफनो देश फर्कन सकिन ।

आँफू आफैलाई वोझ भयो यो जीवन
खोई प्रगति केही पनि गर्न सकिन ।

केवल जिउदो लाशमात्र भयो जीवन
चाहना धेरै थियो चाहेर पनि मर्न सकिन ।

बेल्टार–१, कल्याणचौक उदयपुर
हाल, मौरिशस अफ्रिका
चित्कार नेपाली न्यूज पत्रिका (सम्पादक÷प्रकाशक)