Archive | February 2011

जन्मँदै हत्या

जनकराज सापकोटा

जन्मँदै हत्या

२०६५ र ०६६ का २४ महिनामा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा ७० वटा बेवारसिे शव फेला परे। ती सबै भर्खरै जन्मेका शिशुका थिए। लिंग पत्ता लागेका ६६ वटामध्ये ६५ प्रतिशत छोरी थिए। त्यसैगरी, यस वर्ष मंसिरयताका चार महिनामा उपत्यकाभित्र १७ वटा त्यस्ता शव फेला परेका छन्, जसमध्ये ११ स्त्रीलिंगीय छन्।

यस तथ्यांकले सभ्य र सुसंस्कृत भनिएको सहरी समाजमा समेत छोरीप्रतिको दृष्टिकोण र भित्रभित्रै हुकिर्ंदो नवजात शिशुको हत्या गर्ने प्रवृत्तिको झलक दिन्छ। छोरी हँुदैमा जन्मनेबित्तिकै आफैँले जन्माएको सन्तानको कसरी निर्मम ढंगले हत्या गर्न सक्छन् आमाबुबा ? तर, राजधानीमा बर्सेनि हुने यस्ता हत्याका सयौँ प्रकरणले शिक्षित भनिएको सहरी समाजको खिल्ली मात्र होइन, मानवीयताकै धज्जी उडाइरहेको छ। गर्भपतनले कानुनी मान्यता पाएपछिका वर्षमा पनि ६२.२ प्रतिशत महिला साक्षर रहेको उपत्यकामा नवजात बालिका हत्या मौलाइरहेको छ। नवजात बालिका हत्याका अधिकांश प्रकृतिहरू क्रूर र पाशविक देखिन्छन्।

२ जेठमा जोरपाटीको पुलमुनि मृत अवस्थामा भेटिएकी नवजात शिशुको मुखमा पान कोचिएको थियो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल फरेन्सिक मेडिसिन विभागमा कार्यरत डा मनोज श्रेष्ठ भन्छन्, “अधिकांश नवजात बालिकाको हत्या क्रूर ढंगले गरएिको पाइन्छ।” फोक्सोमा हावा छिरेको छ वा छैन भन्ने प्रमाणका आधारमा चिकित्सकले बालिका जीवित जन्मिएको हो वा मृत भन्ने पत्ता लगाउँछन्। त्रिवि श्ािक्षण अस्पतालमा पोस्टमार्टका लागि आउने अधिकांश मृत शिशुहरूको जानीजानी हत्या भएको प्रमाणित हुने गरेको छ। Continue reading

मारिँदै सर्वसाधारण

लक्ष्मी साह/निजगढ

मारिँदै सर्वसाधारण

११ फागुनमा मालपोत कार्यालय, बाराका नायब सुब्बा माधव थापा कलैया-१० स्िथत आफ्नै निवासमा गोली प्रहारबाट मारएि। साँझ पौने ७ बजे पैदल आएका एक हतियारधारी युवकले गोली प्रहार गरेका थिए। छातीमा गोली लागी गम्भीर घाइते भएका थापाको वीरगन्जस्िथत नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। घटनाको अखिल तराई मुक्ति मोर्चाले त्यसै दिन जिम्मा लियो। Continue reading

New Nepali Lok Dohori -Jogi Ko Bhesai Ma-2011

Latest Lok Dohori Folk Song-2010 -Gaihrabari Til-Raju Pariwar

Latest Nepali look Geet Mayale Diyeko Chino By Raju Pariyar ,Devi Gharti , Kulendra

बाटैमा थुक्नेलाई- गजल

गजल
—प्रकाश ‘पुष्पक’ राई (खोटाङ्गे)
बाटैमा थुक्नेलाई
बोल्दा चुक्नेलाई ।

खोक्रो आश्वासनको
भाषण भुक्नेलाई ।

आनन्दको सन्देश छ
अशान्तिमा लुक्नेलाई ।

नमस्कार ! शान्तिको
विगुल पूmक्नेलाई ।

जनताको तिरस्कार
शत्रुदेखी भूmक्नेलाई ।
–बेल्टार–१,कल्याणचौक, उदयपुर
हाल, मौरिशस अफ्रिका