लोक ठट्टा (April 27, 2011)
– विजय देवकोटा
लिबर्टी स्ट्याचू !
तिमी त मूर्ति न प¥यौ,
मौनप्राय: छ्यौ,
आलंकारिक छ्यौ,
र;
लादेनको विमानले नष्ट गरेको ट्विनटावर नजिकै
फलामका डन्डीहरु र सुख्खा कंक्रिकटको सहारामा
‘स्वतन्त्रताकी प्रतिमुर्ति’ भएकी छ्यौ,
‘लिबर्टी स्ट्याचू’ भएकी छ्यौ,
जसरी तिम्रा गोलभुगोलका स्वेतहरु
अफ्रिकी निग्रोका रगत पसिना चुसेर
सोझा गाई सताउने किर्नोजस्तै मोटाएर
आफुलाइ स्वनिर्भर घोषणा गरिरहेछन्,
तिमी पनि आफुलाई स्वनिर्भर ठान्छ्यौ । Continue reading
– रुपेश राई
प्रातकालमा सौदा ल्याउन हिँड़को संजोक
एक झप्का लगाइहाल्यो गाउँको तलामुनि।
गाउँको तला साह्रै फराकिलो छ
सिङ्गै परिवार निलिदिन्छ अजिङ्गर जस्तो।
परिवार चिन्तित् छैन र…?
छैन पनि किन, गाउँ चाहिएको छ उसलाई
फेन्टासीको रस चुसाउन टमाटरहरूको घुँइचोमा।
घुँइचो, हाटबजारमा मात्र कहाँ हो र! जहाँजहाँ डाँड़ा छ
जहाँजहाँ उभिने ठाउँ छ, जहाँजहाँ माग्ने ठाउँ छ।
विनिर्माण छ यो घुँइचो, त्यही प्रथा लाजविनाको गन्हाउने
मुलाजस्तो, बर्खाको हुस्सेले पिचिक्क पारेका टमाटरहरू। Continue reading
– केवलचन्द्र लामा
घर-२५
घरले बुझ्दैछ
घाममा आइसक्रिम पग्लेजस्तो
पग्लनु हुँदैन मान्छेको मन।
तर अघिल्तिरबाट हिँड़्ने
चिन्नु न जान्नु अनुहारमा
मन छापिएको पढ़नुखोज्छ घर
घर अलि पुरानो ढॉंचेको छ।
बाली-बिरूवाको भाषा
कृषकले बुझ्छ भनेर किरिया हाल्छ घर।
फूलमा सॉंझ-बिहान पानी हाल्छ।
मुस्कानको निरङ्कुस सैन्यले
घाइते पारिहाल्छ घरलाई। Continue reading
– सुधीर छेत्री
अलि अलि हावाले हल्लाइरहने गुरॉंसका पातहरू
एक -एक झरेर जानलागेपछि
नबुझिने कविताका शल्यपरीक्षामा भेटिएका
सम्वेदनाका टुक्राटाक्री छेस्का बटुली आफैलाई खोज हिँडें म।
माइलौं कागजको यात्रा गरिसक्दा शरीरका व्यञ्जनाहरू
स्वरसितका सम्भोगमा स्खलित भइसके।
नाद सुक्ने भइसक्यो। गति, यति बरालिए।
म हिँडें, अनि धेरै टाढा आइपुगेछु
यो सुरुङभित्र,
शब्दका लुगाहरू च्यातिएछन् अनि अघिपट्टि द्रौपदीझैं अर्धनग्न
मेरा स्वरहरू, व्यञ्जनाहरू। Continue reading
– मनोज बोगटी
विचारको रुख ठाड़ो हुनै दिँदैनन्
कीराहरू
जरैबाट चड्छन्।पात खान्छन्। कोपिला खान्छन्।
बोक्रा खान्छन्
तलबाट जरा टोक्नेहरूले त्यहीँ सन्तान काड्छन्
अनि सन्तानैले टोक्छन्।
विचार लिङ्ठिङ्ग उभिन्छ
चेतनाको ढुङ्गाघारीमा।
किन ढलिहाल्दैन हँ त्यो अझ्झ?
कीराहरू स्याउँस्याउँती छन्
क्यानिबल शहरमा।
आफ्नै छाला दाह्रेर
अनुहारमा टॉंस्छन् अनि बोलाउँछन् मिडियालाई।
मिडिया पुच्छर हल्लाउँदै फर्किन्छन्
रगतले एक्सक्लुसिब लेख्न
आफ्नै जीनको लाशमाथि। Continue reading
– विश्व सिग्देल
छप्प-छप्प बहनाले
आकाश काटेर जोड्दै
मध्यरात चन्द्रमालाई
जाल हानिरहेछ माझी
सुस्तरी
आकाश नहल्लाई
पुर्लुङभरि चन्द्रमाको आश
बटुल्दछ केवल, दुईचार तारा
दूर झुपडीको धमिलो टुकी हेर्छ
फुस्फुसाउँछ, कुर्छन् किन मध्यरातसम्म पनि
थाहा छ, भोको पेटमा निद्रा कहाँ, तैपनि
प्रत्येक बिहान माझीको
हुन्छ सुरु
डुङ्गा उसको -यात्रा अर्काको
पाखुरी उसको-जित अर्काको Continue reading