Archive | March 2012

“पराईको माटोमाथि” – प्रतिमा के.सी.

आज भोलि पर्सि भन्दै भाका सरिराछ
पराईको माटो माथि आँशु झरिराछ

अग्लो थियो आदर्शको सगरमाथा
घरि घरि ठेस लाग्दा मन मरिराछ

बाध्यताको हुरीले प्रदेशमा धकेल्यो
गाउँघर देश सम्झी पीर परिराछ

बिर्सिएर आफन्त चर्को मजदुरीले
पसीना र आँशु बगी आल भरिराछ

हिजो अस्ति स्वाभिमान बोल्ने छातीभित्र
आज धेरै दुविधाले राज गरिराछ

बेलायत
५ फेब्रुअरी २०१२

“चिसो चुलो फुकेकै छौ चेतनाको राँको बाल” – प्रतिमा के.सी.

बन्नुपर्छ समान न्याय यहि आउदो साल
तोडनुपर्छ नारी तिमीले सामन्तीको जाल

हत्कडी लगाउदै छन् हर धर्म तिमीलाई
चिसो चुलो फुकेकै छौ चेतनाको राँको बाल

मनमस्तिष्क खार्नुपर्छ सुन्दर बन्नलाई
कुबिचारको अग्लो पर्खाल बरु आजै ढाल Continue reading

उज्यालो यात्रा – मणि लोहनी

र म उज्यालोको यात्रामा निक्लिएँ

एउटा नाङगो पानामा
देश बोकेर हिँडिरहेकी त्यो किशोरी
सडकमा तैनाथ विद्यार्थीहरू
तिनीहरूको मुठ्ठीमा कसिएको ढुङगा
र उनीहरूको पर्सको कुनै कुनामा च्यापिएर बसेको
प्रेमिकाको रङ्गीन तस्बिर – सर्वत्र छ उज्यालो । Continue reading

बीचमा म – हरिहर शर्मा

रहरहरू
नौनीजस्ता
कपासजस्ता
सिमलको भुवाजस्ता
एकातिर
सफरहरु
आगोजस्ता
पत्थरजस्ता
आँधीबेहेरीजस्ता
अर्कोतिर
र,
बीचमा म Continue reading

तिमी को हौ ? तिमी के हौ ? – बिक्रम सुब्बा

तिमीलाई पहिलोचोटि देखेपछि
मेरा हराएका घाम जून भेटेजस्तो लाग्यो
तर तिमीले भन्यौ
यी त मेरा आँखा हुन्

मेरो सपना पनि हराएको थियो
हेर्दै लाँदा त्यो पनि तिमीमा भेटेजस्तो लाग्यो
तर फेरि तिमीले भन्यौ
यो त मेरो शरीर हो
मेरो आफ्नो फैलावट हो

मेरो संगीत हराएको थियो
अचानक एकदिन
तिम्रो ढुकढुकीमा भेटेजस्तो लाग्यो
तर तिमीले प्रमाणसहित भन्यौ
यो त मेरो हृदय बोलेको हो Continue reading

कुरूप कविता – भूपिन व्याकुल

एक्लै कति
सुन्दर भएर बसिरहोस् कविता

एक्लै कति
सौंन्दर्यको एकोहोरो प्रेमी बनिरहोस् कविता

आज त्यसलाई
कुरूप पार्न मन लागिरहेको छ

सबैभन्दा कुरूप राज्यसत्तामा पनि
सबैभन्दा सुन्दर देखिदो रहेछ कविता

सबैभन्दा फोहोर
हिंसाको समुद्रमा नुहाएर
सबैभन्दा सफा भएर निस्कँदो रहेछ कविता Continue reading

हजार वर्षको निद्रा – भूपिन व्याकुल

एउटा जीवनमा
म हजारौँ वर्ष सुतिसकेको छु
अब ब्युँझन चाहन्छु निद्राबाट

मानिसलाई कोक्रोमा हालेर
लोरी गाउँछ बुद्ध
ब्युँझाउने भनेर
बुद्धले पनि मलाई सुताएरै गएको छ
हिँड्दाहिँड्दै
सपना देख्न सिकेको छ मान्छेले Continue reading