Archive | July 2012

तिम्रो यादले घाइते दिल छ यहा

गजल
प्रकाश ‘पुष्पक’ राई (खोटाङ्गे)
तिम्रो यादले घाइते दिल छ यहा
तिमी बिना बाच्न मुस्कील छ यहा

मेरो मन मुटुको हरेक पल पलहरुमा
तिमी आउने बाटो झिलमिल छ यहा Continue reading

नगरवधू

नगरवधू
– डा. दीनबन्धु शर्मा

म लगातार यौनसुखमा प्रयोग भइरहेको थिएँ । अझ यसो भनूँ, मबाट लगातार शोषण भइरहेको थियो । किनभने मलाई मेरो छाप्रो अगाडिबाटै

-अचेल महललाई पनि छाप्रो भनिन्छ, ध्यान दिइयोस्)-सडकबाटै अपहरण गरिएको थियो । त्यति प्रष्ट सम्झना त होइन तर मेरो यस्तो मान्यता छ । मलाईं उसको यो क्रूर कार्य सुरूमा निकै डर लागेको भए तापनि उसको आवाजमा मेरो भयलाई विस्तारै मत्थर पार्न सक्ने सम्मोहक मधुरता थियो । यहाँ ‘थियो’ भन्नुको अर्थ मलाई यस्तो लागेको थियो भनेको हो भन्ने बुझियोस् र अब उप्रान्त यहाँ प्रयोग गरिएका निणर्ायक क्रियापदहरूको अर्थ पनि अनिणर्ायक वा सन्देहास्पद मान्न सकिन्छ भन्ने बुझियोस् । Continue reading

नझरोस् है

फुल जस्तो जोवन तिम्रो ओइलिएर नझरोस् है
चोरीलान काँडाबाट आँट कोही नगरोस् है
मोहित होलान् भमरा र माहुरीका ताँतीहरु
आउँछ कान्छो सपनीमा तगारोमा नपरोस् है Continue reading

हामिले घृणित संसार छोड्नेबेला आएको छ

—प्रकाश ‘पुष्पक’ राई
हामिले घृणित संसार छोड्नेबेला आएको छ
अव सुनौलो जीवन जोड्नेबेला आएको छ

हामि बस्ने सुनसान एकान्तको झुपडिमा
मायाको पूmलवारी गोड्नेबेला आएको छ Continue reading

हाम्रो भेटहुने रहरमा बन्दि भए म

—प्रकाश ‘पुष्पक’ राई्
हाम्रो भेटहुने रहरमा बन्दि भए म
तिम्रो मुटुको शहरमा बन्दि भए म

कस्तो नशालु मायाको जालमा पाऱ्यौ
स्वच्छ प्रेमजल नहरमा बन्दि भए म

न दिनमा भोक न त रातमा निन्द्रा
अन्धकार दोस्रो पहरमा बन्दि भए म

बन्दओठ खोली जिब्रो चलाउन खोजे
आफ्नै दाातको लहरमा बन्दि भए म
बेल्टार, उदयपुर
हाल मलेसिया ०१६२७९५९३१