Archive | August 2012

प्रकाश नैे चाहिन्छ भन्ने छैैन मलाई

प्रकाश नैे चाहिन्छ भन्ने छैैन मलाई
केबल रोशन भैईदिए पुग्छ ।
तिम्रो तस्बीर नै चाहिन्छ भन्ने छैन मलाई
केबल पत्रमा सम्झना गरिदिए पुग्छ ।।

प्रत्येक दिन चन्द्रमा हेर्ने गर प्रिया
परदेशीको अनुहार देखिने छ,
एकदिनको प्रतिक्षा गरि बस प्रिया
परदेशी अबश्य साथ आउने छ ।। Continue reading

तिमीलाई सम्झँदा (हरिवंश आचार्य) –

तिमी बिरामी पर्थयौ, म कुरूवा बस्थे।
कति आनन्द लाग्थ्यो, म सँगै हुन्थे।।
हेरेर घडी, खुवाउँथे ओखती।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।।

चक्कु चल्थ्यो तिमीमा, मलाई दुख्थ्यो कति।
म दुखेको देखेर, निल्थ्यौ पीडा जति।।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।
बिरामीले कुरूवालाई, माया गर्थयौ कति।। Continue reading

धेरैमाया गर्छु तिमीलाई छोडि नजानु है

गजल
–प्रदिप राई ‘अभि’
धेरैमाया गर्छु तिमीलाई छोडि नजानु है
गरेका ती बाचा बन्धन तोडी नजानु है

कल्पनामै बितेका छन् कैयौ मेरा दिनहरु
सपना देखाई अन्तै पाईला मोडी नजानु है Continue reading

गाँस र बासको बेठेगान अस्थाई हुँ म

गजल
– प्रकाश ‘पुष्पक’ राई (खोटाङ्गे)
गाँस र बासको बेठेगान अस्थाई हुँ म
श्रम गर्ने मजदुर श्रमिक दाई हुँ म

बाध्यता र परिस्थितीको जन्जीर भित्र
गोँठको किलामा बाधिँएको गाई हुँ म Continue reading

यौटा नलेखेको पत्र

मैले देखिरहेकोछु
सुख्खाग्रस्त मौसम
धाँजा फाटेका खेतहरू
खेतजस्तै धाँजा फाटेका मनहरू ।

डढेलो लागेको आकाशमुनि
कालो रात

काला सर्पहरूको परिवेश । Continue reading

मान्छे, मान्छे जस्तो छैन

अभिश्राप तँलाई त्योर् इश्वरको
कुकुर !
विष्टा खान्छस तँ मान्छेको
तँलाई त्यही इश्वरको वरदान
धन्य तँ,
त्यो मान्छेभन्दा महान् छस्
गुनी छस्
इमानी छस्
विष्टा खान्छस् त के भयो ? Continue reading

सबै सङ मेरो नात टुटेको छ आज् भोलि

कोइ आफ्नत हरु सङ छूटेको छन त
कोइ पराइ सङ लुटेको छन
अनि एक मा छु जो हर् एक रीस्ता नाता सङ लुटेको छु

माया को नाम सुनायो कसैले त अन्सु गाला म आइपुग्यो
दुस्मनि को कहि कतै कुरा चल्यो त आफ्नत् हरु नै आख को सामु आइदियो Continue reading