Archive | October 2012

सँधै उल्टो अर्थ लगाएकी उनले भन्ने कहानीको

गजल
–प्रदिप राई ‘अभि’
सँधै उल्टो अर्थ लगाएकी उनले भन्ने कहानीको
मैले महत्व बुभ्mनै सकीन ढल्केर जाने जवानीको

उज्यालो पछ्याई हिड्दा जून पनि ढल्की गयो
फिँजीएको शित सङ्गै आशा हुन्छ बिहानीको Continue reading

मलेसियाको गुर्खाजगाउँमा हर्सोलासाथ दशै

प्रकाश ‘पुष्पक’ राई
२४ तारिक अक्टोम्बर
मलेसिया÷ गुर्खाजहरुको गाँउ अर्थात नेपालीमूलका मलेसियालीहरुको गाँउ भनेर चिनिने चर्चित मलेसियाको गुर्खा काम्पुङ्मा यो वर्ष काम्पुङ्बासी तथा प्रवाशी नेपालीहरुले भव्यताका साथ दशै मनाएका छन् ।
यसपटकको दशै भव्यताका साथ समपन्न भएको कापुङ्बासी मलेसियन बासिन्दा बहादुर क्षेत्रीले बताएका छन् । Continue reading

आदीवासी जनजाती महासँघ मलेसियाको नियमित बैठक समपन्न

प्रकाश ‘पुष्पक’ राई
२२ तारिक अक्टोम्बर
मलेसिया÷ आदीवासी जनजाती महासँघ शाखा मलेसियाको नियमीत बैठक यहि गत आइतबार मलेसियाको राजधानी क्वालालम्पूरमा सममपन्न भएको छ ।
देशको समस्या र समाजसेवाकालागी यो महासँघ आवद्ध रहेको र विचारले मात्र नभएर बिधान अनुसार अगाडी बढ्नुपर्ने आवश्क रहेको कार्यक्रमका सभापती बिष्णु राइले बताउनु भएको थियो । Continue reading

मायामा धोका खाएपछी विरहको गीत गाउँन थाले

गजल
– प्रदिप राई ‘अभी’
मायामा धोका खाएपछी विरहको गीत गाउँन थाले
मनको व्याथा भुलाउन भट्टी पसल धाउँन थाले

अझ रक्सी मेरो लागी उनले उपहार नै दियो
लर्बराउँदै पागलसरी समाजमा एक्लै छाउँन थाले Continue reading

हरेक समय उनकै यादले सताउँछ मलाई

गजल
– प्रकाश ‘पुष्पक’ राई (खोटाङ्गे)
हरेक समय उनकै यादले सताउँछ मलाई
पल–पल मायाकै मातले मताउँछ मलाई

उनकै समिप सँधै–सँधै जान मन लाग्छ
यादमा टोलाई मेरै मुटु बर्वराउँछ मलाई

मनको कुरा भन्नलाई भेट्ने इच्छा धेरै नै छ
चाँडै भेट्न जानैपर्ने सपनाले बताउँछ मलाई

एकोहोरो एकान्तमा उनकै यादमा टोलाउँदा
हृदयले उनीसङ्गै मायागर्न फकाउँछ मलाई

बेल्टार–१, कल्याण चौक, उदयपुर
हाल मलेसिया +६०१६२७९५९३१

मलेसियामा आईएमीबाट टिकाटालो हुने

प्रकाश ‘पुष्पक’ राई
२१ तारिक अक्टोबर
मलेसिया÷ चर्चित रेमिट्यान्स कम्पनी आइएमीले यसपालीको दशैमा पनि मलेसियामा रहेको प्रवाशी नेपालीहरुलाई टिकाटालोको कार्यक्रम गर्ने भएको छ ।
गत वर्षहरु जस्तै यसपाली पनि सो कार्यक्रम गर्न लागिएको आइएमीका मलेसिया बजार प्रमुख शिव सुवेदीले बताएका छन् । Continue reading

एक नेपालीद्वारा आत्म हत्या

प्रकाश ‘पुष्पक’ राई
२१ तारिक अक्टोबर
मलेसिया÷डागीहाट–४ बाहुने मोरङ् घर भएका २० बर्षिय प्रेमबहादुर बस्नेतले गत शनिवार बिहान मलेसियामा झुण्डिएर आत्म हत्या गरेका छन् ।
रोजगारीको शिलसिलामा ६ महिना अगाडी काठमाण्डौको विराट ओभरसिजबाट मलेसियाको मुहारमा रहेको इन्सटलिङ् सोफा कम्पनीमा आएका थिए । Continue reading