प्रकाश ‘पुष्पक’ राई
३० तारिक डिसेम्बर
मलेसिया÷ मलेसियाको राजधानी क्वालालम्पूरको चौतारी रेष्टुरेन्टनको सभाहलमा आज ताप्लेजुङ् प्रवाश समितिको चौथो अधिवेसन समपन्न भएको छ ।
पञ्च थलङ्को सभापतित्वमा समपन्न कार्यक्रममा साघुँ २ ताप्लेजुङ्का बिश्व साइकल यात्री लोकबन्धु कार्कीलाई खादा ओढाइ सम्मान कार्यक्रम समेत गरिएको थियो । गत २००४ डिसेम्बर ७ तारिक बाट सगरमाथा र गौतम बुद्धको देश भएको ब्यानर लिएर यात्रा शुरु गरेका कार्की थाइल्याण्ड हुँदै मलेसिया आइपुगेका छन् । Continue reading
Archive | December 2012
मलेसयिामा निधन भएका दिलिप राईको परिवारलाई आर्थिक सहयोग प्राप्त हुने
प्रकाश ‘पुष्पक’ राई
मलेसिया /गएको मँसिर १७ गते डिसेम्वर २ तारिकमा मलेसयिामा निधन भएका हलेसी महादेवस्थान ६ कात्तिकेका दिलिप राईको परिवारलाई सहयोग रकम आज पठाईयको छ ।
मलेसियामा रहेका प्रवासी नेपालीहरुको सहयोग र खोटाङ सेवा समाज युवा एकता मलेसियाको सहयोगर्थमा सहयोग प्राप्त हुने भएको हो । खोटाङ्ग महादेवस्थान ६ कात्तिकेमा रहेको राई परिवारलाई तत्कालको लागी नेपाली रुपैयाँ चालिस हजार सहयोग आज पठाईयको खोटाङ्ग सेवा समाज युवा एकता मलेसियाका अध्यक्ष प्रदिप राईले बताउनु भयो । Continue reading
तिमीलाई पर्खि आत्माको चौतारीमा बस्दै गर्छु
गजल
–प्रकाश ‘पुष्पक’ राई
तिमीलाई पर्खि आत्माको चौतारीमा बस्दै गर्छु
सपनिमा सँधै तिम्रै मन मन्दिर भित्र पस्दै गर्छु
सम्झनाको सागरमा धेरै डुब्छु म त क्यारे
यहाँ तिम्रो तस्विरलाई अङ्गालोमा कस्दै गर्छु
दिनमा नआए पनि म हरेक रातको समय
घरको वरिपरि चिसो शित वनी खस्दै गर्छु
संसारमा सवै भन्दा धेरैमाया तिमीलाई लाग्छ
माया तिमीलाई मदनले मुनालाई गरे जस्तै गर्छु
बेल्टार, उदयपुर
हाल मलेसिया +६०१४९६५७६३४
विरहको सङ्गीतमा गीत गाउँदैछु पनि
गजल
–अनिता राई ‘अनु’
विरहको सङ्गीतमा गीत गाउँदैछु पनि
पूmलसरी माया हृदयमा सजाउँदैछु म पनि
प्रतिक्षामा भत्किएको बाटो कुर्दा कुर्दै
मन मुटुको घरलाई छाउँदैछु म पनि
कठिनाइको यो यात्रामा धेरै भोक लाग्यो
भोेकाएको मनलाई भोजन ख्वाउँदैछु म पनि
तिमै्र यादमा छटपट्एिर एक्लै आँफै रुदा
हाँसो देखाई रोदन लुकाउँदैछु म पनि
औशीको रात जस्तो अन्धार जीवन थियो
ज्योती दिने ‘प्रकाश’लाई पाउँदैछु म पनि
बेल्टार, उदयपुरक्
हाल मलेसिया +६०१६३०१४७४३
सङ्गीत बिहिन गीतमा पनि बाध्यताले नाँच्नु पर्ने
गजल
–प्रदिप राई ‘अभि’
सङ्गीत बिहिन गीतमा पनि बाध्यताले नाँच्नु पर्ने
पलायका आशाहरुलाई टुक्रापारी अव बाँच्नु पर्ने
अल्झिएछ दोबाटोमा अन्तै पाइल मोडे पनि
घात माथी प्रतिघात छाति भित्र टाँस्नु पर्ने
टेकेका यी पाइला पनि धर्ति सङ्गै भासिन्दैछ
देखावटी रुन्चेहाँसो सवकोसामु हाँस्नु पर्ने
फर्किएर नआए सम्म चौतारीमा कुर्छु भन्थी
बाध्यातामा परिन की त नाता अन्तै गाँस्नु पर्ने
बतासे–१, दिनुवा खोटाङ्
हाल मलेसिया +६०१६३०१४७४३
प्रतिक्षामा
कविता
–लेविकला राई
मन भित्रको जन्जीरमा
म आँफै आज बन्दी छु
छताछुल्ल बेहाल छ आत्मा
शायद म बिवशतामा छु
किनकी,
निरन्तर जीवनको उडान र मैदानमा
वेचैन परिस्थितीको लुकामारी सङ्गै
म आँपूm आँफै
बन्द कोठामा चिच्याइरहेको छु
कर्मको खेल सङ्गै कराइरहेको छु
चित्कार मेरो वरिपरि मात्र छ
न त सुन्ने कोही छ, न त बेदना बुभ्mने नै
विडम्बना,
हताश छ मेरो आत्मा र मन
दुख्छ मुटु हराउँछ धड्कन
रोकिन्दैन मेरो कहानीको कथा
निरन्तर बगिरहेछ मेरो जीवन
सत्य, तथ्य र निष्पक्ष छ मेरो आत्मा
वेचैन मेरो कहानी
वश बाध्यता छ
कसैको प्रतिक्षामा
निरन्तर उनकै यादमा
देविस्थान–१, खोटाङ्
हाल काठमाण्डौ
आउँछ हाम्लाई
गीत
-माइनस पुमा राई
गोर्खाली हौँ जातै मूर्ख, मान्छे कुट्नु आउँछ हाम्लाई,
इमान्दार छौँ, चतुर बनी अरुलाई लुट्न आउँछ हाम्लाई
नेतै नेता भयौँ हामी, कुन्चैँ भन्दा को कम यहाँ,
काम नगरे नि गुटुङ्टुङ गफ चुट्न आउछ हाम्लाई
जातै सच्चा बाँदरको हामी, सारा लुतो कन्याइ कन्याइ,
अरु केही नजाने नि भाई भाई फुट्न आउँछ हाम्लाई
बाउले भन्या त टेर्दैनौँ हामी अरु कस्लाई टेर्ने खै,
मिलीजुली बसीखाव भन्दै बिदेशी धाउँछ हाम्लाई
लिच्चड सोँच भ’का हामी, दाउ हेरी मुख फेरी,
भाई फुटे गवाँर लुटे, गज्जब डलर आउँछ हाम्लाई Continue reading