Archive | January 2013

टाउको दुखेको निहुँमा श्रेष्ठको निधन

प्रकाश ‘पुष्पक’ राईPk
जनवरी २७ तारिक
मलेसिया÷ मुहार स्थित एक फर्निचर कम्पनिमा कार्यरत राजकुमार श्रेष्ठको टाउको दुखेको निहुँमानै मृत्यू भएको छ ।
गत शुक्रवार बेलुका मलेसियाको समय अनुसार साढे नौ बजे बेलुका टाउको दुख्यो भनेर छट्पटी भएपछि साथिहरुको सहयोगमा तुरुन्त मुहारको पाकार सुन्ताल अस्पताल लगिएको थियो । Continue reading

सडक दुर्घटनामा एक नेपालीको मृत्यू

प्रकाश ‘पुष्पक’ राईPk
जनवरी २७ तारिक
मलेसिया÷ मलेसियाको जोहोर राज्यको पासिर गुडाङ्मा एक नेपाली यूवकको सडक दुर्घटनामा मृत्युक भएको छ ।
राजापनी ७ डेराखानी खोटाङ् घर भएका अन्दाजी ३५ वर्षिय कमलकुमार राईको गत बिहिवार विपरित दिशाबाट आइरहेको बसले ठककर दिदा घटना स्थलमानै मृत्यू भएको राईका साथी राजु शर्माले फोन मार्पmत जानकारी दिएका छन् । Continue reading

मृतक डम्बर नेयोङ को परिवारलाई आर्थिक सहयोग

प्रदिप राई/ कोलालम्पुर /Pardip Rai
मलेसिया आएको १० महिना नबित्दै मृत्‍यु हुनु भएका ताप्लेजुङ् फाकुम्बा – ९ घर भएका डम्बर नेयोङ को परिवारलाई ताप्लेजुङ् प्रवाश समिती साथै ताप्लेजुङ् बासिहरुको सकृयतामा रु, ८०००० ( असिहजार )रकम मृतकको परीवारलाई आर्थिक रकम सहयोग गरेका छन। युनिभरसिटी हस्पिटलमा कोलालम्पुर मलेसियामा उपचारको क्रममा २०१२ अगस्ट २८ तारिक निधन भएको डम्बर नेयोङ जलान – १९ लिमाउ वङ्सार नेयोई अवेई कम्पनिमा कार्यरत हुनुहुन्थ्यो। Continue reading

आदिवाशीहरु मलेसियामा जुटदै

प्रकाश ‘पुष्पक’ राईPrakash Rai
जनवरी २१ तारिक
मलेसिया÷ आदिवाशी जनजाती महासँघ शाखा मलेसियाको हिजो आइतबार मलेसियाको राजधानी क्वालालम्पूरमा रहेको कार्यलय कक्षमा मासिक बैठक सम्पन्न भएको छ ।
महासँघका अध्यक्ष बिष्णु राईको सभापतित्वमा समपन्न उक्त कार्यक्रममा मलेसियामा प्रवाशी जीवन बिताइरहेका सम्पूर्ण जनजातीहरुलाई महासँघमा आवद्ध हुनकोलागी अपील गर्नुभएको थियो । सभापती राईले समस्त जनजातीहरुलाई कार्यालयमा समपर्क गरेर महासँघको सदस्यता पत्र लिनको लागी समेत आग्रह गर्नुभएको छ । Continue reading

ताप्लेजुङ प्रवाश समिती मलेसियाको पहिलो बैठक सम्पन्न

प्रदिप राई /यही जनवरी १३ तारिक
आईतबारका दिन मलेसियाको राजाधनी कोललाम्पुरको मितेरी रेस्टुरेन्टको सभा हलमा ताप्लेजुङ् प्रवाश समितीको चौथो अधिबेसन पस्चात नयाँ कार्य समिती चयन भएका केन्द्रिय समितीका पादाधीकारीहरुले सफत ग्रहन खाएका थिए। ताप्लेजुङ प्रवाश समितिका प्रमुख सल्लाकार प्रेम मादेन ज्यु ले समाजका अध्यक्ष बाल मेङयाङबो लाई सफत खुवानु भएको थियो। यसै गरी अध्यक्ष बाल मेङ्याङ्बो ज्युले अन्ने समितिका पदाधिकारीहरुलाई सफत ग्रहन खुवानु भएको थियो। Continue reading

मलेसियामा रिमिक्स धमका ५ हुने

प्रकाश ‘पुष्पक’ राई
जनवरी १२ तारिकPk
मलेसिया÷ समुन्द्रपारीको देश मलेसियामा हरेक बर्षहरु झै यो चाइजिन नववर्षमा पनि जिरोमाइलले रिमिक्स धमका ५ गर्ने भएको छ ।
मलेसियको छुट्टा छुट्टै राज्यहरुमा विशेषगरी राजधानी क्वालालम्पूर, मलका, जोहोर र पेनाङ्मा क्रमश आउँदो फ्रेबुवरी १०, ११, १२, र १३ मा नेपालका ख्याती प्राप्त कलाकारहरुबाट यो कार्यक्रम गर्ने भएको जीरोमाइलका प्रवन्ध निर्देशक राजेश श्रेष्ठले जानकारी गरेका छन् । मलेसिया इस्लामीक राज्य भएपनि याँहा चाइनीजहरुको बसोवासो धेरै भएको हुनाले याँहा चाइनीज नयाँ वर्ष धुमधाम मनाइन्छ । हरेक वर्ष चाइनिज नयाँवर्षको उपलक्ष्यमा यस्ता कार्यक्रम नेपालीहरुले मलेसियामा गर्दै आएको हुँदा यो वर्ष पनि यो धमका कार्यक्रम हुने भएको छ । Continue reading

अब हेरौ यो घरबार के हुने हो।

गजल

– नमन राई “अनु” ww

अब हेरौ यो घरबार के हुने हो।
देश टुक्राउने तरवार के हुने हो।।

म सोची रहन्छु दिनका दिन आजकाल।
अव को यो सरकार के हुने हो।।

मान्छेले मान्छेको मासु खान थाले।
लोउ सबै जना होसियार के हुने हो।। Continue reading