Archive | February 2013

दाग लाग्ला इज्जतमा बचाएर राख काली !

गजल
-रबिन प्रधान “प्रतिक”ww
दाग लाग्ला इज्जतमा बचाएर राख काली !
दुष्ट हुन्छ पराई त्यो भगाएर राख काली !!

छैन कोहि आफ्नो यहाँ विश्वासमा घात होला !
जसले दिन्छ खुसि धेरै फकाएर राख काली !!

साँचो माया पिरती यो मर्ने छैन कहिल्यै नि !
अलिकति ठाउँ दिई अटाएर राख काली !! Continue reading

अन्दोलित कामदारको माग पूरा कम्पनिले न्यूनतम तलव दिने

प्रकाश ‘पुष्पक’ राई
फ्रेब्रवरी २४ तारिकPk
मलेसिया÷ मलेसियाकोे डिजिटल फर्निचर कम्पनी मुहारमा गत शुक्रवारबाट आन्दोलनमा उत्रेका श्रमीकहरुले न्यूनतम पारिश्रमीक तलव पाउने भएका छन् ।
गत साता देखि लगातार काम वन्द गरि आन्दोलनरत काममदारहरुको माग पूराहुने भएपछी पुनः गत शुक्रवार बाट आप्mनो काममा फर्केकाछन् । मलेसिया सरकारले पारिश्रमीक रकम बढाए पनि आपूmहरुले कामगर्ने कम्पनीले शो शूल्क रकम नबढाएको भन्दै कम्पनीको काम रोकेको थिए । Continue reading

आएको दुई हप्तामा खुट्टा भाँचियो

प्रकाश ‘पुष्पक’ राई
फ्रेब्रवरी २४ तारिकPk
मलेसिया÷ पेनाङ्को जलान अवादी पलाष्टिक कम्पनीमा मात्र गत दुईहप्ता अगाडी मलेसिया आएका सरोज पौडेलको मेसिनमा परेर देब्रे खुट्टा भाँचिएको छ ।
काठमाण्डौको लिग ओभरसिज मेनपावरबाट मलेसिया आएका गोठगाँउ सुन्दरपूर १ मोरङ्का पौडेल कम्पनिमा रहेको मेसिन सफा गरिरहँदा मेसिनले खुट्टा चेपिएर भाचिएको हो । अर्को मेसिन चलाउने तिर्थ धमलाले मान्छे कराएको आवाज सुनेपछी हतार हतार मेसिन बन्द गरेर हेर्दा पौडेलको खुट्टा मेसिनले पेलीसकेको रहेछ । Continue reading

मलेसियामा अलपत्र परेकालाई दुई हप्ताभित्र नेपाल फर्काइने

प्रकाश ‘पुष्पक’ राई
फ्रेब्रवरी १७ तारिकPrakash Rai
मलेसिया÷ मलेसियामा दुई महिना अगाडी देखि अलपत्र परेका एघारसय भन्दा बढी नेपाली कामदारलाई दुइ हप्ता भित्रमा स्वदेश पठाउने भएको छ ।
रोजगारको शिलसिलामा मलेसियाको शाहआलाम स्थित भिष्टा पोइन्ट टेक्नोलोजी इलेक्ट्रोनिक्स कम्पनिमा आएका नेपालीहरुको कम्पनि बन्दहुने अवस्था भएपछि रोजीरोटी गुमेको थियो । उनिहरुलाई तिन महिना बरावरको तलव रकम दिएर नेपाल फर्काउन लागिएको र नेपाल फर्कन लाग्ने सम्पूर्ण खर्च कम्पनिले नै दिने भएको छ । Continue reading

मलेसियामा हजार भन्दाबढी कामदार अलपत्र, नेपाल फर्कने निश्चित

प्रकाश ‘पुष्पक’ राई
फ्रेब्रवरी ०९ तारिकmalaya KLCC_n
मलेसिया÷ प्रमुख रोजगारिको गन्तव्य देश मलेसियामा गत ४ महिना अगाडी रोजगारकालागी आएका १ हजार ३ सय ७१ नेपालीको रोजगारी गुमेको छ ।
रोजगारको शिलसिलामा गत ४ महिना अगाडी मलेसियाको शाहआलाम स्थित भिष्टा पोइन्ट टेक्नोलोजी इलेक्ट्रोनिक्स कम्पनिमा आएका नेपालीहरुको कम्पनि बन्दहुने अवस्था भएपछि रोजीरोटी गुमेको छ । काम दिन नसक्ने भन्दै गत जनवरी ११ तारिक देखि त्याहा कार्यरत १ हजार ३ सय ७१ नेपाली कामदारलाइृ घर पठाउने भनेपछि अहिले अलपत्र अवस्था छन् । उक्त कम्पनिका व्यावस्थापन ‘फिलेक्ट्रोनिक्स म्यानफेक्चुरीङ्’ ले कामदारहरुलाई रजिनामा दिन लगाएको पीडितहरु मध्य काकडभिट्टा ११ झापाका समिर अधिकारीले वताएका छन् । Continue reading

मलेसियामा सहयोगको अपिल

प्रकाश ‘पुष्पक’ राईganesh-hospital1
मलेसिया÷ मलेसियाको पुचोङ् स्थित एसकेएस कम्पनीमा काम गरिरहँदा गत डिसेम्बर १२ तारिकका दिन बङ्लादेशी नागरिकले चलाएको फोक्ली (सानो सामान ओसार पोसार गर्ने गाडी) ले ठक्कर दिदा दुवै खुट्टा गुमाएका गणेश फुयल खत्रीले सहयोगको अपील गरिरहेका छन् ।
चेमा ४ दोलखा निवासी गणेश खत्री फुयलको हालै कम्पनीको मातहतमा मलेसिया पुत्राजय अपतालमा उपचार गराइरहेको भए पनि उपचार खर्च धेरै नै लाग्ने भएकोले मलेसियामा रहेका समस्त सँघ सस्था लगायत प्रवाशी नेपाली दाजुभाइ तथा दिदी बहिनहिरु सँग सहगोगको अपिल गरेका छन् । Continue reading

मलेसियामा अव कामदारले लेभी तिर्नुपर्ने

प्रकाश ‘पुष्पक’ राईPk
फ्रेब्रवरी ०३ तारिक
मलेसिया÷ मलेसिया सरकारको विगत २००९ देखी कम्पनीले नै तिर्दै आइरहेको लेभी रकम अवदेखी मलेसियामा कार्यरत स्वयम् विदेशी कामदारले नै तिर्नुपर्ने निर्णय गरेको छ ।
अव मलेसिया आउने हरेक विदेशी कामदारले आप्mनो तलव बाट कट्टी गरेर लेभी रकम तिर्नुपर्ने भएको छ । न्यूनतम मासिक तलव बृद्धि भएर ९ सय रिङ्गरेट अथवा नेपाली रुपैया २६ हजारको हाराहारीमा पुग्यो भनेर खुशी भएका नेपाली कामदारहरु पहिलो महिनाको तलव नपाउँदै गत जनवरी ३० तारिक बुधवारका दिन बसेको मन्त्री परिषदको बैठकले उक्त निर्णय गरेको छ । Continue reading