Archive | March 2013

मलेसियामा भएको नेपाली माथीको आक्रमणमा कसैको मृत्यू नभएको पुष्टी

प्रकाश ‘पुष्पक’ राई
२५, मार्चPrakash Rai
मलेसिया÷मलेसियाको जोहोर राज्य पसिगुराङ् स्थित तामान चिन्ताना क्षेत्रमा भएको नेपाली र स्थानिय मलेसियन विच भएको झगडामा दुइजना गम्भीर घाइते भएको छ भने ६ जना नेपाली कामदारको मृत्यू भएको हल्ला पुष्टि नभएको नेपाली राजदुतावास क्वालालम्पूरले आज अपराहन विज्ञप्ति जारी गरेको छ ।
कार्यबाहक राजदुत लेखनाथ भट्टराइले भन्नुभयो ‘दूतावासका कर्मचारी अस्पताल पुगेर घाइतेहरुलाई भेट्नु भयो, अस्पतालमा नेपालीको शव पनि भेटिएन र प्रहरीले पनि नेपालीको मृत्यू भएको पुष्टि गरेन ।’ नेपाली राजदुतावास क्वालालम्पूरले आज अपराहन विज्ञप्ति जारी गरेर घटनामा नेपाली नागरिकको मृत्यू नभएको बताएको छ । Continue reading

आन्दोलमा उत्रिएका १९ नेपालीलाई फौजदारी मुद्दा

प्रकाश ‘पुष्पक’ राईPrakash Rai
मलेसिया÷ मुआरको टेपहेङ् कम्पनीमा पारिश्रमीक तलव सम्बन्धी आन्दोल र तोडफोडमा उत्रेका १९ नेपाली कामदारहरुलाई मलेसिया स्थित प्रहरीले फौजदारी मुद्दा दायर गरेको छ ।
नयाँ तलवमान माग गर्दै भएको आन्दोलमा लेभी काटेको, होस्टेलभाडा काटेको, बिजुली र पानीको पैसा समेत कम्पनिले काटेको भन्दै नेपाली कामदारहरु आन्दोलमा उत्रेका थिए । सो क्रममा नेपाली कामदारहरुले कम्पनीको गाडी तोडफोड गर्नुका साथै कम्पनी सुपरभाइजर र म्यानेजरलाई हातपात गरेको भन्दै प्रहरीले २३ जना नेपाली कामदारलाई पक्राउ गरेको थियो । Continue reading

मेरै सामु अर्कै लाई नै छान्यौ र त मन दुख्यो !

~~~~ गजल ~~~~
-“पल्लि” मगर481072_503708952998088_1098718371_n
मेरै सामु अर्कै लाई नै छान्यौ र त मन दुख्यो !
नजर मात्र केवल मलाई हान्यौ र त मन दुख्यो !!

तिम्रै मुहार कल्पिएर गगनको जुन हेर्दा ……
खुस्किएको अर्ध पागल ठान्यौ र त मन दुख्यो !!

हाम्रो सुन्दर नाता तोड्न चाहने ती शत्रुको …..
मिथ्य कुरा सुन्यौ अनी मान्यौ र त मन दुख्यो !!

दिवा सपना देखाएर भुलैयामा पार्यौ मलाई …..
आकाशबेली बोटले जस्तै बान्यौ र त मन दुख्यो !! Continue reading

बुद्ध फेरी जन्मिनेछन

_____ कबिता ______

-मिना पुमा राई Mina
हे बिर नेपालि
हासौ अनि हसाउ
आफु बाचौ अनि
अरुलाई पनि बचाउ
निस्पक्षे बनौ हटाउ
त्यो आत्मको क्रोदहरुलाई
अनि जाग हामि बालि
शान्तिको दियो
बुद्ध फेरी जन्मिनेछन

गौरब गरौ नेपालको
त्यही माटोले रंग भरौ
नझुकाउ शिर हाम्रो
नतोडी बाटो पाईला सारौ
अघि अघि बिश्वासको
मूल भरौ Continue reading

मलेसियामा नेपाली कामदार आन्दोलित जताततै कम्पनीमा हडताल

प्रकाश ‘पुष्पक’ राईPrakash Rai

मलेसिया÷ रोजगारीको आकर्षक गन्तव्यको प्रमुख देश मलेसियामा गत

जनवरीदेखि नयाँ पारिश्रमीक तलव र लेवीको निती लागू गरे लगतै विभिन्न

कम्पनीका कामदारहरु आन्दोलित भएका छन् भने कम्पनी पक्ष र कामदार

बीच झडप सृजना भएर कैयौ कम्पनीका कामदारहरुले काम ठप्प पारेका

छन् ।

नयाँ तलवमान माग गर्दै भएको आन्दोलकै क्रममा गत शुक्रबार

मुआर स्थित एक फर्निचर कम्पनीमा कम्पनीको व्यावस्थापन र कामदारविच

झडप भएको छ । आन्दोलित कामदार र व्यावस्थापन वीच साधारण भनाभन

भइरहँदा दुइजनालाई कम्पनिका सुरक्षागार्ड द्धारा नियन्त्रण लीन खोजे

पछी झगडाले उग्ररुप लिएको थियो । Continue reading

तिम्ले भन्छौ,विदेश ठुलो जानु ठुलो होइन सानु !

~~~~~ ” गजल ” ~~~~~

-मिलन “मुस्कान” राईmilan
तिम्ले भन्छौ,विदेश ठुलो जानु ठुलो होइन सानु !
विदेश जाने भए म अब, राम्रो सित पढ ल, बाबु !!

तिम्रो लागि ठुलो रहेछ,माया भन्दा नि ठुलो धन !
जान्छु विदेश ठिकैछ,समाजको आडमा बस नानु !

२४सै घण्टा काम गरि, धेरै पैशा कमाइ ल्याउला !
बाचे संगै मिलि खाउला नत्र, आफै खाऊ ल नानु ! Continue reading

दशवर्ष यता मलेसियामा दुइहजार भन्दा बढी नेपालीको मृत्यू

प्रकाश ‘पुष्पक’ राईkl
मलेसिया÷ वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको प्रमुख देश मलेसियालाई मानिन्छ । त्यही देशमा आएका अर्को तितो यर्थात जहा दैनिकी कम्तिमा एकजना नेपालीको बिभिन्न कारण मृत्यू भइरहेको छ ।
मलेसियाबाट प्रकाशित पत्रिका ‘द सन’ ले जनाएअनुसार पछिल्लो तथ्याङ्क अनुसार विगत १० वर्षयता मलेसियामा २ हजार ४५ नेपाली यूवाहरुले ज्यान गुमाइसकेको छ । पत्रिकाले जनाए अनुसार सन् २००३ वाट गत वर्ष २०१२ सम्ममा नेपालीको मृत्यू तथयाङ्क प्रकाशित गरेको हो । Continue reading