Archive | April 2013

आदिवासी जनजाती महाँसङ्घ मलेसियाको जिम्मेवारी बाडफाड

प्रकाश ‘पुष्पक’ राईPrakash Rai
मलेसिया । नेपाल आदिवासी जनजाती महासङ्घ मलेसियाले कार्यसमितिका पदाधिकारीहरुको जिम्मेवारी बाडफाड गरेको छ ।
राजधानी क्वालालम्पूरमा गत आइतवार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले अमृत थाङ्देन र रुपेश लेप्चन सदस्य रहनेगरी जीवन देवाद गाउँलेलाइृ सूचना तथा सन्चार विभागको जिममेवारी दिएको छ । आगी तमु, लोक राई र जङ्बु शेर्पालाई कार्यालय ब्यावस्थापन, सङ्गठन तथा प्रशिक्षण् विभाग राम अस्लामी सँयोजक रहने गरी हेमराज लिम्बू र भिम तामाङ् साथै केश तमू, बिन्दु दर्लामी निमा शेर्पा सदस्य रहने गरि राजेश लामछाले लाई मगर सँस्कृतिक बिभागको जिम्मेवारी दिएको महासँघका अध्यक्ष सुन्दर आलेले बताउनु भएको छ । Continue reading

सङ्घिय समाजबादी पाटी शखा मलेसियाको साधारण भेला सम्पन्न।

प्रदिप राईPardip Rai
सनिवारका दिन सङ्घिय समाजवादी पार्टि,मलेसिया शाखा नेपाली सङ्घिय समाज,मलेसियाको प्रथम साधारण भेला भब्यताका साथ सम्पन्न भएको थियो।

समाजका अध्यक्ष छबिन्द्र मगरको अध्यक्षतामा शुरु भएको कार्यक्रममा बिबिध राजनैतिक बिषयमा छलफल र बहस भएको थियो । राजधानी भन्दा धेरै टाढा-टाढा बाट उपस्थित उर्जाशिल जोशिला युवाहरुको सहभागिताले भेलामा थप रौनक एबम बर्तमान राजनैतिक अवस्था र हामी आप्रवासिएका युवाहरुको भूमिका बारेमा गहन बिचार-बिमर्श गरिएको थियो । Continue reading

मलेसियामा एक यूवकको सुतेकै अवस्थामा मृत्यू

प्रकाश ‘पुष्पक’ राईPk
मलेसिया । सेलेङ्गोर राज्यको सिमोनीया सुगाइलेलामा सुतेकै अवस्थामा एक नेपाली यूवकको ज्यान गएको छ ।
सिन्दप फर्निचर कम्पनीमा कार्यरत भन्सापुर ८ सप्तरीका ३८ बर्षिय शम्भूकुमार मण्डलको सुतेकै अवस्थामा ज्यान गएको हो । प्राप्त समाचार अनुसार गत सोमबार बिहानै साथीहरु सँग पैसा सापटी लिएर मोवायलमा रिर्चाज कार्ड लोड गरी नेपालमा आप्mनो परिवार सङ्ग फोन गरेर कोठामा सुतेको थियो । Continue reading