Archive | May 2013

मलेसियामा संंचय कोष समितिको गठन

प्रकाश ‘पुष्पक’ राई
मलेसिया । रोजगारको शिलसिलामा नेपालबाट मलेसिया आएका श्रमिकहरु एक भएर सङ्गठित हुँनेक्रम निरन्तर भइरहेको बेला गत शनिवार (हिजो) सेलेङ्गोरको बेरनाङ् स्थित ‘मजदुर सँचय कोष’ समितिको गठन गरिएको छ ।
तपेन्द्र स्वरको अध्यक्षतामा ३५ सदस्य गठन गरिएको छ । मलेसियामा प्रवाशी जीवन बिताइरहेको बेला कसैलाइृ आप्mनो घर परिवारमा अप्ठ्यारो समस्या आइपरेको बेला सहयोग गर्ने उद्देश्य रहेको छ । प्रत्येक सदस्यबाट प्रति महिना कोषमा रकम जम्मा गरेर सँचय गर्ने निर्णय पारित गरिएको छ । Continue reading

शर्मा र बम्जन मलेसियामा लुटिए

मे १९ तारिक,
मलेसिया । नेपालीलाई मलेसियामा बृहत लुटपाटको घटना भइरहेकोबेला आज पुन बिहान (१९ तारिक आइतवार) करिव ९ बजे धनुषाका रामनरेश शर्मा र पर्साका तेजबहादुर बम्जनलाई लुटेराहरुले लुटेका छन् ।

रोजगारको लागी २० महिना अगाडी काठमाण्डौको यूनाइटेड एचआर सुलेसन मेनपावरबाट मलेसियाको सेलेङ्गोर राज्यको बेरनाङ स्थित स्वीट ड्रिम कम्पनीमा आएका शर्मा र बम्जनलाई लुटेका हुन् ।

सार्वजानीको विदा आइतवार भएको कारण वजार गएर आवश्यक खाद्य तथा तरकारी किन्नको लागी होस्टेलबाट बाहिर निस्केर एउटा निजी कारमा चढेर जादा उक्त कारको ड्राइभरले दुवैलाई एकान्तको जङ्गलमा भएको एउटा घरमा लगेर ६ जनाको समुहले साथमा भएको नगद तथा दुवै जनाको बैङ्क एटिएम कार्ड लगायत मोवायल नोकिया २ थान समेत लुटेका पीडितहरुले बताउछन् । Continue reading

योजना बडा बडा सोचिरहेछु

गजल
-गजेन्द्र टुहुरेgjenda
योजना बडा बडा सोचिरहेछु
सड्घारमा जोडघडा सोचिरहेछु

कुन कुन कारणले हुन सक्छ ?
हर घरमा झगडा सोचिरहेछु
Continue reading