Archive | June 2013

मलेसियाबाट रास्कोटीको शव नेपाल पठाउन पहल

प्रकाश ‘पुष्पक’ राई Prakash Rai
३० जुन
मलेसिया । गत जुन २१ तारिक मलेसियामा मृत्यू भएका उदयपुर भुट्टार रानीटारका ४३ वर्षिय बिनोद रास्कोटीको शव नेपाल पठाउनको लागी पहल शुरु गरिएकोे छ ।
रोजगारको लागी ८ वर्ष अगाडी बाट मलेसियामा कार्यरत रास्कोटीको सुतेकै अवस्थामा ज्यान गएको थियो । अबैधानिक भएर कम्पनि परिवर्तन गर्दै सेक्यूरिटी कम्पनीमा कार्यरत मृतक रास्कोटीको शवलाई नेपाल पठाउन समस्या भएकोले उदयपुरका डिल्लीशेर राई लगायत अन्य नेपालीहरु जुटिरहेकाछन् । Continue reading

मेरो लेख्ने कलमलाई धारिलो धार बनाउँछु

गजल
— प्रकाश ‘पुष्पक’ राई (खोटाङ्गे)Prakash Rai
मेरो लेख्ने कलमलाई धारिलो धार बनाउँछु
गजललाई मुटु छेड्ने हतियार बनाउँछु

म बाट निष्ठूरी बनी टाढा तर्केर नजाऊ
मायालाई थुन्ने मुटुभित्र कारागार बनाउँछु

बैगुनी र स्वार्थी सारा यो दुनिया समाजमा
सुनले सजाएको बस्तिमा घरबार बनाउँछु Continue reading

बैगुनीको मायाले नै आज गर्नु सम्म ग¥यो

गजल
— प्रदिप राई “अभि”Pardip Rai
बैगुनीको मायाले नै आज गर्नु सम्म ग¥यो ।
हिजो सम्म जीउने रहर आज त्यसै म¥यो ।।

हृदयमा सजाई राखे हृदयनै जलाई दियौ ।
पोल्छ मुटु वेदनाले सहनलाई गा¥हो प¥यो ।। Continue reading

मलेसियामा उदयपुरे यूवाको ज्यान गयो

प्रकाश ‘पुष्पक’ राईPk
२२ जुन
मलेसिया । गत शुक्रबार (हिजो)े मलेसियामा एक नेपाली यूवाको सुतेकै अवस्थामा ज्यान गएको छ ।
मलेसियाको राजधानी क्वालालम्पूर नजिकै रहेको एक सेक्यूरिटि कम्पनीमा कार्यरत बिनोद रास्कोटीको मृत्यू भएको हो । रोजगारका लागी नौ वर्ष अगाडी बाट मलेसियामा कार्यरत उदयपुर भुट्टार ९ रानीटारका ४३ वर्षिय बिनोद रास्कोटीको ज्यान गएको हो । Continue reading

काम भन्दा अगाडी नै दाम चाहिन्छ मलेसियामा

प्रदिप राईPardip Rai
क्वालालम्पूर । नेपाली यूवाहरुकोे प्रमुख आर्कषकको रोजगारमुलुक मलेसियामा नेपालीहरुलाई नेपालीले नै ठग्ने क्रम दिनदिनै बढिरहेको छ ।
नेपालबाट मलेसिया आउँदा नेपालमा गरेको मेनपावर कम्पनि सङ्को सम्झौता अनुसारको सेवा र सुविधा मलेसियामा पुगेर कम्पनीले नदिएपछी कम्पनी छोडेर बाहिर अबैधानिक भएर बसेका नेपाली यूवाहरुलाई दिना नु दिन ठगिने क्रम बढिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पूर, पेनाङ्, जोहोर, लगायत अन्य प्रमुख राज्यहरुमा अवैधानीक भएर बस्ने नेपालीहरुको बाक्लो बसोबासो पाइन्छ । Continue reading

विदेशी लगानीकर्तालाई ५ वर्षे भिषा

प्रकाश ‘पुष्पक’ राईPrakash Rai
मलेसिया । मलेसिया सरकारले विदेशी लगानीकर्ता र उच्च दक्ष व्यावस्थापकहरुलाई ५ वर्षको मल्टीपल इन्ट्री भिषा दिने भएको छ ।
मलेसियामा लगानी गरेर बसेका नेपालीहरुलाई ५ वर्षको मल्टीपल इन्ट्री भिषाले सहज र सजिलो तरिका हुने अनुमान गरिएको छ । मलेसियाली प्रधानमन्त्रि नाजिव रजाकले हालै यस्तो घोषणागर्दै यस्ले विदेशि लगानीकर्तालाई मलेसियामा लगानीका प्रोत्साहन मिल्ने बताउनुभयो । यस अगाडी मलेसियामा एक प्रकारको अस्थाइ व्यावस्था त थियो तर व्यावस्थित हुन सकेको थिएन । Continue reading

एसएलसीको परीक्षाफल सार्वजनिक: ४१.५७ प्रतिशत उतीर्ण

11 June 2013
समाचार-

काठमाडौं, २८ जेष्ठ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले मंगलबार यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ। परीक्षा समितिका सदस्य दीवाकर ढुंगेलले जनाएअनुसार ४१.५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

उत्तीर्ण प्रतिशत र अरु थप जानकारी भने अहिले साढे तीन बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भैरहेको छ ।

एसएलसीको रिजल्ट प्राप्त गर्न
– परीक्षाफल SLC एक स्पेस दिएर अल्फाबेट सहितको सिम्बोल symbol number टाइप गरी ५५६६ मा SMS गरी प्राप्त गर्न सक्नेछन्।
– शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np
– शिक्षा विभागको www.doe.gov.np
– परीक्षा नियन्त्रण कार्यालयको www.soce.gov.np
– नेपाल टेलिकम slc.ntc.np
– यसैगरी, नेपाल टेलिकमको १४०० मा डायल गरे पनि नतिजा थाहा पाउन सकिने छ।
डाउन लोड गर्नुहोस

result