Archive | July 2013

घामपानिले सुक्छ भनि पानी हाली पालेउ सानु।

-प्रदिप राई ” अभि “Pardip Rai
घामपानिले सुक्छ भनि पानी हाली पालेउ सानु।
हुर्केपछि त्यहि बिरुवा आफ्नै हातले ढालेउ सानु।।

उसलाई सधैं घ्रिणा गर्छु मेरैसामु भन्ने तिमी।
हिजोआज उसै सँग नाता गास्न थालेउ सानु।।

औशिको त्यो रात दियौ सँगसंगै जिउछु भन्दा।
तिमीलाई हेर्ने मेरो नजर बचनैले टालेउ सानु।। Continue reading

सम्झना मात्र, बसेको बसेकै छ जीवनमा

–प्रकाश ‘पुष्पक’ राईPrakash Rai
सम्झना मात्र, बसेको बसेकै छ जीवनमा
उनको दिलले, डसेको डसेकै छ जीवनमा

मुना–मदन जस्तै, माया गर्छु म उनीलाई
उनैको याद, खसेको खसेकै छ जीवनमा

मृग नयनी आँखा, निश्चल छ पवित्र प्रेम
मनमा तस्वीर, पसेको पसेकै छ जीवनमा Continue reading

दुःखै दुःखको भारी लिएर, बाँचेको म मान्छे

–प्रकाश ‘पुष्पक’ राईPrakash Rai
दुःखै दुःखको भारी लिएर, बाँचेको म मान्छे
कसैलाइ मुटु सापटी दिएर, बाँचेको म मान्छे

प्रतिक्षामा समयहरु, धेरै नै धेरै बितिसके
उनकै यादमा तड्पिएर, बाँचेको म मान्छे

जीवनमा मायाको, त्याग र तपस्या हुन्छ अरे
मनमा प्रेमको ज्वाला दन्किएर, बाँचेको म मान्छे Continue reading

मलेसियामा फेरिपनि शर्मा र महिन्द्र लुटिए

प्रकाश ‘पुष्पक’ राईPPPPP_001
मलेसिया । सेलेङ्गोर राज्यको बेरनाङ् स्थित स्वीट ड्रिम कमपनीमा कार्यरत दुई नेपाली यूवाहरुलाई छुट्टा छुट्टै स्थानमा गत आइतवार लुटेराहरुले फेरि लुटेकाछन् ।
गत मे महिनाको २१ तारिक लुटेराहरुबाट लुटिएका धनुषाका रामनरेश शर्मालाई फेरि पनि गत आइतवार सेरेम्वानको वस पार्कमा लुटेराहरुले लुटेका हुन् । Continue reading

मलेसियामा अलपत्र अवस्थामा नेपाली यूवाको शव

प्रकाश ‘पुष्पक’ राईPrakash Rai
मलेसिया । एक महिना अगाडी उपचारको क्रममा मृत्यू भएका एक नेपाली यूवाको शव मलेसियको क्वालालम्पूर अस्पतालमा अलपत्र परेको छ ।
उपचारको क्रममा मृत्यू भएका छायाक्षेत्र–८, सल्यानका बिष्णुबहादुर खड्काको शव रकम अभावको कारण नेपाल पठाउन नसकेपछि क्वालालम्पूर अस्पतालमा अलपत्र अवस्थामा रहेको छ । गत मे १४ तारिक सेलेङ्गोर राज्यको तामान मेलावली भन्ने स्थानको सडकमा अचेत अवस्थामा भेटेपछि एक नेपालीले अस्पताल ल्याएर उपचार गराएका थिए । Continue reading