Archive | May 2014

२५ हजार राशीको गजल पुरस्कारको स्थापना

२५ हजार राशीको गजल पुरस्कारको स्थापना
________________________________

अष्ट्रेलियामा रहेर नेपाली कला तथा साहित्यको जगेर्नामा लागिपरेका युवा साहित्यकार प्रदिप चापागाईँले स्वर्गीय हजुरआमाको नाममा ‘जोगमाया गजल पुरस्कार’को स्थापना गरेका छन् ।

आगामी डिसेम्बरमा काठमाडौंमा आफ्नो एकल गजल एल्बम ुगुमनामु तथा तेस्रो कृति कवितासङ्रह ुफूलहरुको युद्दु को विमोचन कार्यक्रममा ुजोगमाया चापागाईँ प्रतिष्ठानु को विधिवत स्थापनाको घोषणा हुनेछ । सोही प्रतिष्ठान मार्फत नै उक्त पुरस्कार प्रदान गरिने जानकारी दिइएको छ ।

२०७१ सालको वैशाख १ देखि चैत्र मसान्तसम्म प्रकाशित भएका गजल संग्रहहरु मध्येबाट एक जना स्रष्टालाई नगद २५,००० रूपैयाँ तथा ताम्रपत्र प्रदान गरिने चापागाईँले अनलाइनखबरलाई जानकारी दिए । तिन जना वरिष्ठ गजलकारहरुको समितीले गरेको सिफारिस अनुसार जोगमाया चापागाईँ प्रतिष्ठानले हरेक वर्षको साउन ३२ गते उक्त पुरस्कार प्रदान गर्नेछ। Continue reading