Archive | August 2014

चोखो माया दे’कै होनी टाढा भयौ किन कालु!

गजल

chandri
यात्रा सँगै दोबाटोमा छोडी गयौ किन कालु!
खुशी थियो जीवनमा तिमि बिना पनि हिजो,
साथ दिन नसक्ने भए तिमि आयौ किन कालु!
आँशुमा रम्ने मन्छेलाई दुई दिन हाँसाएरा
यो जीवनमा झुटो संसार छायौ किन कालु!
सुकेको खोटलाई कोट्याएर नुनचुक छर्नलाई,
सज्जन बनि स्वार्थी पिराती लायौ किन कालु!
-चन्द्री मोक्तान (खुशी) सिन्धुपाल्चोक!

थाहा भाकै कुरो न हो कुरो जाल साजी न हो

थाहा भाकै कुरो न हो कुरो जाल साजी न हो
खेल हारी भाग्ने तिम्रो उही पुरानो बानी न हो
मलाई भने भिरै भिर उसलाई खिरै खिर न हो
मेरै काधमा टेकी टेकी उठ्य तिम्रो सिर न हो
फुलपनी फुल्छ ठाउमा जरा जरा नापी न हो
डाठ माली गैचे कुली चडदिन त्यो सुली न हो
जस्तो खोज्यौ उस्तै पायौ मन तिम्रो पापी न हो
मलाई लाग्छ जिन्दगीमा तिम्रो लागि फापी न हो
……………लामिछाने कमल