Archive | September 2014

स्वार्थी दुनियाँमा चोखो प्रेमको सार छैन!

chandri
स्वार्थी दुनियाँमा चोखो प्रेमको सार छैन!
माया पिरातीको नीति नियम धार छैन!
गजल झर्छ आँखाबाट आँशु अतित बल्झिएर,
जीत जीवनमा होला नहोला हार छैन!
सुखी बन्नुपर्छ दुःख लुकाई मन भित्र,
मरि जाने चोला मेरो पक्कैनि भार छैन!
म हूँ मरूभुमी पानी बिनाको जीव खै त,
कुनै जडिबुटी दबै रूपि त्यो झार छैन!

चन्द्री मोक्तान (खुशी) सिन्धुपाल्चोक

एकोहोरो मेरोमन

गजल प्रकाश ‘पुष्पक’ राई पुमा
४+४, ४+२+३ = १७ अक्षरPk

जलेकोछ तिम्रै नाममा ।
चारैतिर चियोचर्चा,
चलेकोछ तिम्रै नाममा ।
पर्खिरहे दोवाटोमा,
बितिसक्यो अव समय ।
चौतारीको एक्लेवर,
ढलेकोछ तिम्रै नाममा ।।
वर्षौवर्ष बितिगयो,
जिन्दगीले कोल्टे फेरेछ । Continue reading