Archive | March 2015

कालो चस्मा लगाएछौ आखा छोप्न हो कि

कालो चस्मा लगाएछौ आखा छोप्न हो कि
भेट हुदा कतैकतै पाइलातिम्रा मोड्न हो कि

नजर त ढाक्यौढाक्यौ ढाकिछौ नाकमुखपनि
कसकोलागि ढाक्यौ तिमीले दुर्गन्धले हो कि

अकस्मातै भेटभए केवल त्यो संयोग सम्झनुहै
मलाई पनि लाग्छ डर बिगत सम्झेरपो हो कि

हासी खुसि रहु तिमि जोजससंग रमाई रा छौ
हुन्नडाहा मलाई अब पराइ तिमि भ र हो कि!!

~~~~कविता दिवसको सबै सबै कवि/कवयत्रीहरुलाई हार्दिक शुभ कामना!~~~~लामिछाने कमल

कलमको यहाँ कुनै दरबार हुन्दैन

कलमको यहाँ कुनै दरबार हुन्दैन
कपिको यहाँ कुनै भण्डार हुन्दैन

भन्डारिन्छ त केवल किताब यहाँ
बिना धारको यहाँ तलवार हुन्दैन

त्यही भएर भनेको होला निर्जीव
यहि नभए यहाँ कबिसार हुन्दैन

घोच्छ कलम सहि रहन्छ कपि
यिनीहरु बीच मनमुटाब हुन्दैन
~~~~शुभ शप्ताहन्त मित्रहरु~~~~~कमल लामिछाने!

उत्श्रुङ्खल भन्छन यहाँ सिधा कुरा गरे पछि

उत्श्रुङ्खल भन्छन यहाँ सिधा कुरा गरे पछि
जन्म जातै यस्तै परियो बांगो कुरा नजानेसी

भए भरको शब्द वान हानी सके मैले उसलाई
अनि बल्ल भन्छे उसले लाज छैन तिमीलाई

अरे म पनि के कम थिए भनि दिए छैन छैन
तिमीलाई जिस्क्याएको म मुर्खले हुदै होइन

मैले भने उनलाई होलि खेल्न आउछेउत
उसले भनि सिधाकुरा साचो प्रेम लाउछौत्!!!

कमल लामिछाने!